महात्मा मन्दिरभित्रै मृत फेला
श्री ८ महात्माको नामले परिचित देव गिरीले मन्दिरभित्र आत्म हत्या गरेका छन्। आफैले निर्माण गरेको त्रिवेणी नगरपालिका कैलाशमाडौंको डाँडामा रहेको शिवको मिन्दरभित्रै आत्महत्या गरेका हुन्।
श्री ८ महात्माको नामले परिचित देव गिरीले मन्दिरभित्र आत्म हत्या गरेका छन्। आफैले निर्माण गरेको त्रिवेणी नगरपालिका कैलाशमाडौंको डाँडामा रहेको शिवको मिन्दरभित्रै आत्महत्या गरेका हुन्।
स्याङजाको वालिङ नगरपालिका–६ थापाडाँडामा पर्ने ग्रामीण सडकमा बम फेला परेको छ। ग्रामीण सडकको बीच बाटोमा माटोसँगै गडेको अवस्थामा ३६ ह्याण्डको ग्रिनेट बम फेला परेको वडा प्रहरी कार्यालय वालिङका मुद्दा फाँटका प्रमुख सई नवराज केसीले जानकारी दिए।
चितवनको भरतपुर महानगरपालिका–१३ स्थित उजेलीनगरमा विहिबार बेलुकी सुतिरहेको अवस्थामा एक व्यक्ति मृत फेला परेका छन् ।
कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ।
खोटाङमा माईत हिँडेकी महिला खोलामा मृत फेला परेकी छन्। पुस २५ गते माईती घर हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका ५२ वर्षीय निम्दु तामाङ मृत फेला परेकी हुन्।
कार्यसम्पादन फारम किर्तेमा जोडिएका पूर्वडिआइजी नवराज सिलवाललाई फेला पार्न नसकिएको जानकारी ललितपुर प्रहरीले महानगरीय प्रहरी परिसर, काठमाडौंलाई गराएको छ । महानगरीय प्रहरी परिसर, काठमाडौंले कार्यसम्पादन फाराम किर्तेमा जोडिएका सिलवाललाई उपस्थित गराउनू भन्दै ललितपुर प्रहरीलाई एक साताअघि पत्र पठाएको थियो । बुधबार सोही पत्रको जबाफ दिँदै महानगरीय प्रहरी परिसर, ललितपुरले सिलवाललाई फेला पार्न नसकिएको जानकारी गराएको हो ।
व्यास २ बाघबजारस्थित बुल्दी खोला किनारमा मंगलबार बिहान एक युवककाे शव फेला परेका छन् । गोरखा पालुङटार नगरपालिका वडा नम्बर–७ च्याङ्ली घर भई हाल व्यास नगरपालिका–४ बस्दै आएका २५ वर्षीय ओमबहादुर विकको शव भेटिएको जानकारी जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको छ ।
निर्वाचन सकिएलगत्तै इलाममा तीन थान बेवारिसे पेस्तोल फेला परेको छ।
मंसिर १३ गते बिहान इच्छाकामना गाउँपालिका– ३ फिस्लिङस्थित पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा खसेको बसमा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार उनीहरुको शव त्रिशूलीका विभिन्न स्थानमा विभिन्न मितिमा फेला परेका हुन्। प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालका अनुसार बेपत्ता भएका सन्धिखर्क– ९ का दुर्गाबहादुर कार्की, अर्घाखाँची, खन नगरपालिकाकी मनिषा थापा र गैँंडाकोट नगरपालिका–३ का विकास रेग्मीको शव फेला परेको हो।
दोलखा सदरमुकाम चरिकोटस्थित घ्यावापानीमा सकेट बम फेला परेको छ। भिमेश्वर-६ को वडाकार्यालय अगाडि बम फेला परेको प्रहरीले जनाएको छ। बम कांग्रेसको चुनाबी सभालाई लक्षित गरेर राखेको हुनसक्ने बताइएको छ।
मुद्दा दायर भएको डेढ महिना बितिसक्दा पनि काठमाडौं जिल्ला अदालतले नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्काको घर फेलापार्न सकेको छैन।
सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–५ योगिनियाँ गाउँ स्थित कोशी पश्चिमी तटबन्धको छेउमा हात खुट्टा तथा शरिरका अन्य भागहरु टुक्रा टुक्रा पारिएको अवस्थामा एक महिलाको शव फेला परेको छ।
तेह्रथुमको लालीगुरास नगरपालिका १ टुटेमा सोमबार बिहान शंकास्पद वस्तु फेला परेको छ। संखुवासभाको धर्मदेवी नगरपालिका ३ र तेह्रथुमको लालीगुराँस नगरपालिका १ को सिमा टुटेमा अज्ञात समुहले राखेको शङकास्पद वस्तु फेला परेको हो ।
जिल्ला निर्वाचन कार्यालय धादिङमा सकेट बम फेला परेको छ । बम निर्वाचन कार्यालयको गेटमा झोलामा राखिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिएको छ ।