१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

छेलामा बेवारिसे शव फेला

कञ्चनपुर – कञ्चनपुरको वेदकोट नगरपालिका–३, छेलामा बिहीबार बेवारिसे शव फेला परेको छ। 

दुई रुखको जराको बीचमा अन्दाजी ४५ वर्षीय पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक हिक्मत थापाले बताए। शव स्थानीय मेलापात गएका महिलाले देखेपछि प्रहरीलाई खबर गरेका थिए। शव पूरै सडेकाले चिन्न नसकिने अवस्थामा रहेको प्रहरी निरीक्षक थापाले भने, “शव दश दिन अगाडिको जस्तो देखिन्छ।” 

शवको हालसम्म सनाखत हुन सकेको छैन। शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालतर्फ पठाइएको छ। शव परीक्षण पछि मृत्युको कारण खुल्ने भएकाले त्यसकै आधारमा अनुसन्धानको कार्य अगाडि बढाइने प्रहरीले बताएको छ। 

प्रकाशित: ५ माघ २०७४ ०३:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App