१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
समाज

महात्मा मन्दिरभित्रै मृत फेला

बाजुरा – श्री ८ महात्माको नामले परिचित देव गिरीले मन्दिरभित्र आत्म हत्या गरेका छन्। आफैले निर्माण गरेको त्रिवेणी नगरपालिका कैलाशमाडौंको डाँडामा रहेको शिवको मिन्दरभित्रै आत्महत्या गरेका हुन्।

६० वर्ष पुगेका गिरीले गोठछानामा आगजनी गरि मन्दिरमा गई आत्महत्या गरेका हुन्। लामो समयदेखि धर्मकर्ममा लागेका गिरी शिव भक्तको रुपमा परिचित थिए। गिरी पछिल्लो बुढीगंगा नगरपालिका–६ बार्जुगाडमा बसोबास गर्दै आएका थिए।

राजपरिवारसँग नजिक रहेको र राजाको शासन आउनु पर्नेमा वकालत गर्दै आएका गिरीले आत्महत्या गर्नु अघि गोठमा बाँधिएका गाईगोरु, भैसी र घोडालाई एकै ठाउँमा बाँधेर आगो लगाएको बताईएको छ।

उनी कैलाश देवताको मन्दिर नजिकै आफैले बनाएको शिव मन्दिर बाहिर चप्पल राखेर भित्र डोरीमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरी नायव उपरीक्षक हरिबहादुर ओलीले बताएका छन्।

शन्की र रिसाह प्रवृतीमा गिरी हातमा त्रिशुल बोकेर हिँडेर र राजतन्त्रको गुणगान सहितको राजनीतिक प्रचार गर्दै आएका थिए। २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेका गिरीको आत्महत्याको कारणबारे अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

विहान १० बजे पछि प्रहरी टोली पुगेर घटनास्थल प्रतिवेदन तयार गरी पोष्टमाटमाका लागि जिल्ला अस्पताल ल्याईएको छ। पोष्टमार्टमपछि गिरीको शबलाई परिवारको जिम्मा लगाइने भएको छ।

प्रकाशित: ९ माघ २०७४ १५:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App