२० आश्विन २०८१ आइतबार
image/svg+xml

अण्डाको मूल्यले खर्च नधानेपछि कृषक मारमा

विगत दुई वर्ष यता फुल (अण्डा)को मूल्यले खर्च धान्न नसकेपछि व्यवसायी विस्थापित हुने अवस्थामा पुगेका छन्। कतिपय साना किसानका खोर खाली हुन थालेका छन् भने बैंकमा ऋण थप्दै कुखुरा पाल्नुपर्ने बाध्यता कृषक सामु देखापरेको छ।

अण्डामा मासिक २१ करोड घाटा

उत्पादन लागतको आधारमा मूल्य नपाएकाले करोडौं रुपैयाँ क्षति बेहोर्नु परेको कुखुरापालक किसानले गुनासो गरेका छन्। प्रतिअण्डा उत्पादन लागत साढे १० रुपैयाँ पुगे पनि आठ रुपैयाँमा अण्डा बेच्नु पर्दा किसानले घाटा बेहोरेको अण्डा उत्पादक संघले जनाएको छ।

अण्डाको मूल्य बढ्यो, किसानको लागत अझैं पुगेन

नेपाल अण्डा उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष त्रिलोचन कँडेलका अनुसार कृषकको लागत मूल्य प्रतिगोटा १० रुपैयाँ पर्दछ।

अण्डामा आत्मनिर्भर झापा, बिचौलियाका कारण न्यून मूल्य

मागभन्दा बढी अण्डा उत्पादन हुन थालेपछि झापाका कुखुरा पालक किसानले न्यून मूल्यमा अण्डा बिक्री गर्नुपर्ने बाध्यता छ। झापामा रहेका साना ठूला ५ हजार लियर्स कुखुरा फार्म छन्। तीनले दैनिक अढाइ लाख अण्डा उत्पादन गर्ने गरेको झापा जिल्ला अण्डा उत्पादक संघको आँकलन छ।

थाहा पाउनै गाह्रो अण्डाशयको क्यान्सर

सुटुक्कै मार्ने क्यान्सरमा पर्छ अण्डाशयको क्यान्सर पनि। यो क्यान्सर भएको सुरुमै कसरी थाहा पाउने ? हुन नदिन के गर्ने ? लगायत विषयमा प्रस्तुत छ नागरिककर्मी पवित्रा सुनारले प्रसूतिगृहका स्त्रिरोग तथा क्यान्सरविशेषज्ञ डा. कीर्तिपाल सुवेदीसँग गरेको कुराकानीको अंश ः

अण्डाको मूल्य बढ्यो

कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन्। विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ।

अण्डाको मूल्य घट्दा दैनिक दुई करोड घाटा

रत्ननगर नगरपालिका–१२ का ५४ वर्षीय रघुनाथ भट्ट २० वर्षदेखि कुखुरापालन व्यवसायमा छन्। १० हजार कुखुरापालन गर्ने क्षमताका खोर भए पनि पछिल्लो एक वर्षदेखि उनले चल्ला राखेका छैनन्। यसअघि उनले खोर खाली राखेका थिएनन्। पछिल्लोपटक गरेको कुखुरापालनबाट भएको अण्डा उत्पादनको दर लागत मूल्यभन्दा कम पर्न थालेपछि खोर खाली राखेको उनी बताउँछन्।

यसरी बनाउनुस् घरमै बडी स्क्रब

गर्मीमा पसिना तथा प्रदूषणले अनुहार मात्र होइन, शरीरलाई पनि नोक्सान पु¥याउँछ। बडी स्क्रब्सको प्रयोग गरे यसलाई हटाएर फ्रेस लुक दिन मद्दत गर्छ। सुन्दर देखिनका लागि अनुहारको फेसियल गरेर मात्र हुँदैन, बडी स्क्रबिङ गर्न पनि जरुरी हुन्छ।

चीनमा दुई हजार पाँच सय वर्ष पुरानो अण्डा भेटियो

नानजिङ म्युजियम इन्स्टिच्यूट अफ आर्कियोलोजीका अनुसन्धाताहरुले लियाङ शहरको शाङसिङस्थित एउटा विशाल चिहानमा उत्खनन गर्दा ढक्कन लगाइएको माटोको भाँडोमा ती अण्डा फेला परेको बताएका छन्। मानिसको हातले छुँदा अण्डा फुट्ने त्रासका कारण अण्डा गणना गर्न एक्सरेको प्रयोग गरिएको एक जना पुरातत्वविद् झाओ हेङमिङले बताए।

बर्ड फ्लूबाट डराउनु पर्दैन (भिडियाे)

बर्ड फ्लूको संक्रमण बढेसंगै यसले मानिसमा मनोवैज्ञानिक ढंगबाट त्रसित बनाएको छ। बर्ड फ्लू संक्रमण बढ्दैमा यसबाट डराउनु नपर्ने तर सचेत रहन चिकित्सहरुले सुझाव दिएका छन्। विशेषगरी बर्ड फ्लू संक्रमण बढ्दैमा मासु अण्डा प्रयोग गर्न हुँदैन भन्ने बुझाई छ। तर चिकित्सकले भने राम्रोसँग मासु पकाएर, अण्डा उमालेर खाँदा असर नपर्ने भन्दै सुझाएका छन्।

किसानलाई अण्डामा दुई रुपैयाँ घाटा

खैरहनी नगरपालिका–१ ज्यामिरेका अर्जुन अर्यालले कुखुरापालन गर्न थालेको १८ वर्ष भयो। अहिले उनको खोरमा अण्डा दिने लेयर्स प्रजातिका ८० हजार कुखुरा छन्। पाँच हजार कुखुरा राखेर कुखुरा पाल्न सुरु गरेका उनीसँग एक लाख कुखुरापालन गर्ने क्षमताको खोर छ। वार्षिक २० प्रतिशत लगानी बढाउँदै व्यवसाय विस्तार गर्दै लगेको उनको भनाइ छ।

मकैमा परनिर्भरता चुलिँदो

कुखुराको मासु र अण्डामा मुलुक आत्मनिर्भर भनिए पनि कुखुरा दानाको मुख्य कच्चा पदार्थ मकैमा भने बर्सेनि परनिर्भरता चुलिँदो छ। यसबाट नेपाली पैसामात्रै विदेशिएको मात्रै नभई फस्टाउँदो कुखुरापालन व्यवसायमाथि नै चुनौती थपिएको छ।

मुल्य घटाउनु परे अण्डा नष्ट गरिने

अण्डाको मुल्य घटेपछि देशभरका लेयर्स कुखुरा पालक कृषकको भेलाले नेपाल अण्डा उत्पादक संघले तोकेको मूल्यभन्दा कममा अण्डा बिक्री नगर्ने निर्णय गरेको छ। भेलाले मूल्य अझै घट्दै गएमा अण्डा नष्ट गर्ने तर बिक्री नगर्ने निर्णय गरेको संघद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ।

अण्डाको मूल्य निर्धारण गर्ने निकाय नहुँदा समस्या

उद्यमी व्यवसायीले विश्व अण्डा दिवस चितवनमा पनि मनाएका छन् । मुलुकमा कुुखुरापालनमा ७० अर्ब रुपैयाँभन्दा बढी लगानी छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्