६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्तर्राष्ट्रिय

साढे ६ करोड वर्ष पुराना डायनोसरका अण्डा चोरी

फाइल तस्बिर/रोयटर्स

करिब साढे ६ करोड वर्ष पुराना डायनोसरका अण्डा चोरी भएका छन्। भारत मध्य प्रदेशको धार जिल्लामा ९० हेक्टर क्षेत्रफलमा बनीरहेको 'राष्ट्रिय डायनोसर जीवाश्म उद्यान'बाट बालबालिकाले विश्वबाट लोप भइसकेको डायनोसरका अण्डाको अवशेष चोरी गरेकाे द वायर हिन्दीले जनाएकाे छ।

आरटीआइका अनुसार ती अवशेष करिब साढे ६ करोड पुराना थिए। आरटीआइले सार्वजनिक गरेको विवरणअनुसार डायनासरको अण्डाको जीवाष्म चोरी भएको उल्लेख छ। १६ सेप्टेम्बर २०१८ मा उक्त अण्डाको अवशेष अज्ञात केटाकेटीको समूहले चारेको उद्यानबाट डिएफओलाई लेखि पठाएको विवरणमा उल्लेख छ।  अण्डा चोरी भएको बारे प्रहरीलाई जानकारी दिइएको र प्रहरीले खोजी कार्य सुरु गरेको समाचारमा जनाइएकाे छ।  

 

 

प्रकाशित: २३ जेष्ठ २०७६ ०६:३३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App