४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

अमेरिकादेखि घुम्न आएका दुई छोरीसँगै बुबाआमा पनि हवाई दुर्घटनामा परे

पोखराबाट जोमसोमका लागि उडान भर्ने क्रममा भएको जहाज दुर्घटनामा गोरखाका एकै परिवारका चारजना परेका छन। अध्ययनका लागि अमेरिका गएका छोरीहरु छुट्टी मनाउन नेपाल आएका बेला मुस्ताङ घुम्न जाने क्रममा भएको हवाई दुर्घटनामा श्रेष्ठ परिवारका चारजना सदस्य परेका हुन्।

तारा एयर दुर्घटनाः अहिलेसम्म १५ जनाको शव फेला

पोखराबाट जोमसोमका लागि उडानको क्रममा दुर्घटनामा परेको तारा एयरको जहाजका १५ जना यात्रुको शव फेला परेको उद्धारकर्ताले बताएका छन् ।

वायुयान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी गराउनु पर्दा स्तब्ध छौँः तारा एयर

उक्त कम्पनीले आज एक विज्ञप्ति जारी गरी जेठ १५ गते बिहान पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एन–एइटी–डिएचसी–६ ट्वीनवटर वायुयान मुस्ताङ जिल्लाको थासाङ गाउँपालिका वडा नं २ स्थित सानसुरे भिरमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको सुनाउनुपर्दा दुःख लागेको बताएको हो।

दुर्घटनागस्त तारा एयरमा थिए धनुषाका सातजनाको परिवार

एकै परिवारको अवकाश प्राप्त शिक्षक मकरबहादुर तामाङ्ग उनकी श्रीमती सुकुमाया तामाङ्ग, राजन कुमार गोले , राजनका बुवा इन्द्रबहादुर गोले, आमा राममाया तामाङ्ग, काका पुरुषोत्तम गोले, काकी तुल्सादेवी तामाङ्ग रहेको मकरबहादुरका कान्छा छोरा सुरेश तामाङ्गले जानकारी दिए।

पोखरा–जोमसोम रुटमा हरायो तारा एयरः जहाजको अत्तोपत्तो छैन

जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमान्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेतेमाथिको आकाशबाट अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गतिको विवरण मागेका थिए।

जहाजबारे कुनै संकेत छैन (अपडेट)

पोखराबाट जोमसोम जाने क्रममा बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको हवाईजहाजबारे आइतबार बेलुकीसम्म कुनै संकेत फेला नपरेको मुस्ताङ प्रशासनले बताएको छ। मौसम खराबी हुँदा हेलिकप्टरबाट खोजी सम्भव नभएको र स्थलमार्गबाट खोज्न जानुपर्दा थप समस्या भएको मुस्ताङ प्रशासनले बताएको छ।

हराईरहेको हवाईजहाज बारे अहिलेसम्म यकिन जानकारी छैनः मुस्ताङ प्रजिअ (अपडेट)

पोखराबाट जोमसोम जाने क्रममा बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको हवाईजहाजको खोजीमा अप्ठेरो आएको छ। मौसम खराबी हुँदा हेलिकप्टरबाट खोजी सम्भव नभएको र स्थलमार्गबाट खोज्न जानुपर्दा थप समस्या भएको मुस्ताङ प्रशासनले बताएको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रशाद शर्माका अनुसार अहिलेसम्म हवाई जहाजबारे कतैपनि आधिकारिक सुचना आएको छैन।

मौसम यकिन गरेपछि मात्र घिमिरेले जहाज उडाएका थिए (अपडेट)

सम्पर्कविहीन भएको तारा एयरको जहाजका क्याप्टेन प्रभाकर घिमिरेले मौसम ठिक रहेको यकिन गरेर मात्र आइतबारको उडान भरेका थिए। आइतबार ताराको यो जहाजको जोमसोमका लागि पहिलो उडान थियो।

जहाज अलमलिएको जस्तो आवाज सुनिएको थियोः स्थानीय (अपडेट)

पोखरा–जोमसोम रुटमा आइतबार विहान सम्पर्कविहीन भएको तारा एयरको जहाज अझै भेटिएको छैन । मुस्ताङको थासाङ गाउँपालिका–२ लार्जुङको आकाशमा जहाज अलमलमा परेको स्थानीयले बताएका छन् ।

ताराको यो जहाजको आइतबारको पहिलो उडान थियो (अपडेट)

पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइतबारको यो रुटमा पहिलो उडान थियो । पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले बताएको छ ।

यात्रु अर्काे उडानको पर्खाइमा थिए (फोटोफिचर)

पोखराबाट जोमसोम उडानको क्रममा सम्पर्कविहीन भएको तारा एयरलाईन्सको यो जहाजको आइबारको यो रुटमा पहिलो उडान थियो। पाँचवटा उडान तालिका रहेकोमा पहिलो उडान गर्दैगर्दा जहाज सम्पर्कविहीन भएको पोखरा विमानस्थलले बताएको छ।

क्याप्टेन घिमिरेले जोमसोम टावरसँग हावाको गति सोधे लगत्तै सम्पर्कविहीन (अपडेट)

जोमसोम विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर पुष्कल शर्माका अनुसार जहाज कमाण्ड गरेका क्याप्टेन प्रभाकर घिमिरेसँग लेते माथिको आकाशबाट अन्तिमपटक कुरा भएको थियो। त्यो बेला घिमिरेले जोमसोम क्षेत्रको हावाको गतिको विवरण मागेका थिए।

तारा एयरः तेश्रो उडान भर्दै गर्दा जहाज सम्पर्कविहीन, मौसम खराबीले खोजी प्रभावित (अपडेट)

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाजको खोजीका लागि गएको हेलिकप्टर खराब मौसमका कारण बीचबाटै फर्केको छ। जहाज सम्पर्क विहीन भएपछि जोमसोम विमानस्थलले पोखरालाई जानकारी गराएको थियो। ताराको आइबार यो तेश्रो उडान थियो।

प्रभाकर घिमिरेको कमाण्डमा उडेको थियो जहाज (अपडेट)

पोखराबाट १९ जना यात्रु र तीनजना चालक दलका सदस्य बोकेर जोमसोमका लागि उडेको जहाज सम्पर्कविहीन भएको हो । पोखरा विमानस्थलबाट उडेको ९ एन एइटी कलसाइनको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको हो ।

पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज सम्पर्कविहीन

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भएको छ। पोखराबाट १८ जना यात्रु बोकेर जोमसोमका लागि विहान ९ बजेर ५५ मिनेटमा जहाज उडेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्