५ आश्विन २०८१ शनिबार
image/svg+xml

मन्थली विमानस्थल सुचारु

तारा एयरको जहाज अवतरण गर्ने क्रममा चिप्लिएपछि अवरुद्ध रहेको मन्थली विमानस्थल सोमबार अपरान्हबाट संचालनमा आएको छ।

तारा एयरको विमान दुर्घटना, रनवे बन्द

तारा एयरको विमान दुर्घटना भएको छ। रामेछापको मन्थली विमानस्थलमा तारा एयरको ९–एन एकेके कल साइनको ट्विनेटर विमान रनवेबाट चिप्लिएको हो।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलान्यास भदौमा

रामपुरमा निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको शिलन्यास भदौमा गर्ने तयारीका साथ कामलाई तीव्रता दिइएको छ।

आरसिटीलाई चौतारा साँगाचोकगढी कप

रानीपोखरी कर्नर टिम (आरसिटी)ले तोप–२१ दोस्रो चौतारा साँगाचोकगढी मेयरकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।  विभागीय क्लब त्रिभुवन आर्मीविरुद्ध ०–१ गोलको कठिन जित निकाल्दै आरसिटीले उपाधि रक्षा गरेको हो। ट्रफीसँगै आरसिटीले पाँच लाख पाँच हजार रुपैयाँ नगद पुरस्कार हात पा¥यो। उपविजेता आर्मीले दुई लाख पाँच हजार रुपैयाँ नगद पुरस्कारमा चित्त बुझायो।

कारबाही अघि बढाउन महाशाखालाई पत्र

तारागाउँ विकास समिति र हायात होटलको जग्गा विवादबारे छानबिन गर्न सरकारद्वारा गठित समितिले प्रतिवेदन बुझाएको छ। मंलबार समितिका संयोजक भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक समरबहादुर सिंह ठकुरीले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीलाई प्रतिवेदन बुझाएका हुन्।

१५० रोपनी जग्गा फिर्ता गर्न निर्देशन

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तारागाउँ विकास समितिले हक हस्तान्तरण गरी तारागाउँ रिजेन्सी होटल लिमिटेडलाई १५० रोपनी जग्गा गैरकानुनीरूपमा दिएको भन्दै नेपाल सरकाामित्वमा ल्याउन निर्देशन दिएको छ। सो जग्गा अनुचित तबरले मालपोत ऐन, २०३४ को प्रतिकूल हुनेगरी हस्तान्तरण भएकोे ठहर गर्दै त्यसलाई नेपाल सरकारको स्वामित्वमा ल्याउन समितिले निर्देशन दिएको हो। साथै रजिष्ट्रेसन पासका विषयमा छानबिन गर्न पनि समितिले निर्देशन दिएको छ।

आरसिटी उपाधि नजिक

बी डिभिजन विजेता आरसीटीले उपविजेता भगवती क्लब टोखालाई सोमबार ३–१ कोे गोलअन्तरले स्तब्ध पार्दै फाइलन यात्रा तय गरेको हो। चौताराको टुँडिखेलमा भएको पहिलो सेमिफाइलन खेलमा मध्यान्तरअघि एक गोलको अग्रता बनाएको आरसिटीले दोस्रो हाफमा दुई गोल थप्यो। बलमा पकड जमाएको भगवतीले खेलको अन्तिमतिर सान्त्वना गोल फर्काउन सक्यो।

सशस्त्र प्रहरी बल सेमीफाइनलमा

गोलरक्षक रोमन रसाईँलीको म्यान अफ द म्याच प्रदर्शनप्रेरित सशस्त्र प्रहरी बलले तोप–२१ दोस्रो चौतारा साँगाचोकगढी मेयर कपको सेमीफाइलनमा स्थान बनाएको छ। चौताराको टुँडिखेलमा आइतबार भएको अन्तिम क्वाटर फाइनलमा बी डिभिजन क्लब क्षेमादेवी प्लानिङ ब्याइज पेप्सीकोलालाई ०–१ ले स्तब्ध पार्दै सशस्त्र अन्तिम चारमा प्रवेश गरेको हो।

तारागाउँ होटलको जग्गा सरकारको स्वामित्वमा ल्याउन निर्देशन (भिडियो रिपोर्ट)

तारागाउँ रिजेन्सी होटल्स: संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले काठमाडौंको बौद्धस्थित तारागाउँ रिजेन्सी होटल्स लिमिटेडलाई हक हस्तान्तरण  गरिएको १५० रोपनी जमिन नेपाल सरकारको स्वामित्वमा ल्याउन निर्देशन दिएको छ। होटल सञ्चालनका लागि तारागाउँ विकास समितिले गरेको जग्गा हस्तान्तरण प्रक्रिया मालपोत ऐन २०३४ अनुसार प्रतिकुल रहेको र अनुचित तरिकाले हक हस्तान्तरण गरिएको समितिको ठहर छ।

आरसिटी र आर्मी सेमिफाइनलमा

सिन्धुपाल्चोक ए डिभिजन क्लब आरसिटीर विभागीय त्रिभुवन आर्मी दोस्रो चौतारा साँगाचोकगढी मेयरकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेका छन्।

चौतारा साँगाचोकगढी मेयर कप : भगवती क्लब अन्तिम चारमा

श्री भगवती क्लब टोखा सिन्धुपाल्चोकको सर्वाधिक पुरस्कार राशिको दोस्रो चौतारा साँगाचोकगढी मेयरकप फुटबल प्रतियोगिताको अन्तिम चारमा स्थान बनाउन सफल भएको छ।

अब चौतारामा पनि प्याराग्लाइडिङ (फोटोसहित)

सदरमुकाम चौतारा नजिकै साहसिक खेल प्याराग्लाइडिङ सञ्चालनमा आएको छ। चौतारा–साँगाचोकगढी नगरपालिका–९ कदमवासमा जनस्तरबाट शनिबारदेखि प्याराग्लाइडिङ सञ्चालनमा ल्याइएको हो।

अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि साढे पाँच करोड रकम सङ्कलन

रामपुरमा निर्माण गर्न लागिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि अहिलेसम्म रु पाँच करोड ५० लाख सङ्कलन भएको छ। फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल “धुर्मुस” ले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी सो रकम सङ्कलन भएको जानकारी दिएका हुन्।

शुक्रबार यती र ताराको उडान बन्द

यती र तारा एअरलाइन्सका सम्पूर्ण उडान शुक्रबार बन्द हुने भएका छन्। दुवै एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पाको निधनको शोकमा एक दिनको लागि उडान बन्द गर्ने भएको हो।

यती र तारा एयरलाइन्सका उडान शुक्रबार बन्द रहने

यती र तारा एयरलाइन्सका सम्पूर्ण उडानहरु भोली शुक्रबारलाई स्थगित गरिएका छन्। एयरलाइन्सले आफ्ना प्रबन्ध निर्देशकको दुखद मृत्यु भएको शोकमा शुक्रबारका सम्पूर्ण उडानहरु स्थगित गर्ने निर्णय गरेको हो। यसबाट यात्रुहरुमा पर्नजाने असुविधाप्रति कम्पनीले क्षमायाचनासमेत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्