९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

चिनियाँ ह्याकरसहित ९ जना थुनामा

उच्च अदालत पाटनले राष्ट्रिय वाणिज्य बैंकको एटिएम बुथको स्विच ह्याक गर्ने छजना चिनियाँ ह्याकरलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको छ।

महरा पुर्पक्षका लागि थुनामा

पुर्पक्षका लागि थुना आदेश भएका अभियुक्तहरुमध्ये कृष्णबहादुर महरा अहिलेसम्मकै सबैभन्दा उच्चपदस्त व्यक्ति हुन्।

ठगी मुद्दामा चिन्तन पुर्पक्षको लागि थुनामा

तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। यसअघि अदालतमा बयान दिन इन्कार गरेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ अधिकारीको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो। सिवाकोटी सहित अर्का अभियुक्त बद्री थापालाई पनि थुनामा पठाइएको हो।

वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

सुनसहित पक्राउ परेका लहान नगरपालिका–१९ का वडाध्यक्ष हकिम मियाँसहित ६ जना जेल चलान भएका छन्। एक किलो सात सय ५७ ग्राम सुनसहित पक्राउ परेका उनीहरूलाई शुक्रबार अदालतको आदेशपछि पुर्पक्षका लागि सिरहा कारागारमा राखिएको हो। राजस्व चुहावट र विदेशी विनिमय अपचलनको मुद्दामा जिल्ला अदालत सिरहाका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले वडाध्यक्ष मियाँसँगै मोहम्मद रहमान, मोहम्मद अफरोज, मोहम्मद अमिरुल, मोहम्मद कैयुम र मोहम्मद रियाजलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको से्रस्तेदार(रजिस्ट्रार) नरेन्द्र श्रेष्ठले जानकारी दिए।

समीक्षा मृत्यु प्रकरण : बाबु, हजुरआमा र फुपु पुर्पक्षका लागि थुनामा

जिल्ला अदालत रुपन्देहीले समीक्षा ठकुरीको हत्या अभियोग लागेका तीन जनालाई पुर्पक्षकालागि थुनामा पठाएको छ।

फुजेल काण्डका अभियुक्त छविलाल पौडेल पुर्पक्षका लागि थुनामा

गोरखाको फुजेलकाण्डका अभियुक्त छविलाल पौडेल सर्वोच्चमा हाँजिर भएर मुद्दा पुर्वपक्षका लागि निवेदन दिएका छन्। अदालतमा हाँजिर भएका उनलाई डिल्लिबजार कारागार चलान गरिएको छ।

मरिच तस्करीको आरोपमा चार जना थुनामा

राजश्व अनुसन्धान विभाग काठमाडौँले मरिच तस्करीमा संलग्न रहेको आरोपमा चारजनालाई थुनामा राखेको छ। अन्य एक व्यापारीलाई काठमाडौँ लगिएको छ।

मृगौला प्रत्यारोपण मुद्दामा बस्नेत थुनामा

भक्तपुर जिल्ला अदालतले मानसिक अवस्था ठिक नभएका व्यक्तिलाई लोभलालचमा पारी उनको मृगौला आफूमा प्रत्यारोपण गराएको अभियोगमा मुद्दा चलाइएका थर्कबहादुर बस्नेतलाई अनुसन्धानका लागि थुनामा राख्न आदेश दिएको छ।

मनोज पुनका मुख्य सहयोगी पुर्पक्षका लागि थुनामा

रुपन्देही जिल्ला अदालतले प्रहरी मुडभेठमा मारिएका मनोज पुनको मुख्य सहयोगीका रुपमा भूमिका निर्वाह गरेको आरोपमा पक्राउ परेका आठ जनालाई आज पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ।

१७ किलो सुन ओसारपसारमा संलग्न तामाङ पुर्पक्षको लागि थुनामा

अवैध सुन ओसार पसारमा संलग्न रहेका कार्साङ दावा तामाङलाई जिल्ला अदालत रसुवाले पुर्पक्षका लागि थुनामा पठाएको छ । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–५ पाजुङ्का ३१ वर्षीय तामाङलाई रसुवा कारागार चलान गरिएको हो।

एसएसपी खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बिहीबार न्यायधीश नारायण शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

सुन तस्करी प्रकरण : गोरे पुर्पक्षका लागि थुनामा

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ लाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठाएको छ।

साढे ३३ किलो सुन तस्करी प्रकरण : २ जना छुटे, २८ जना पुर्पक्षका लागि थुनामा

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका मध्ये २८ जनालाई जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा पठाएको छ। थुनछेकको बहसमा मंगलबार अदालतले पक्राउ मध्ये विष्णुबहादुर खड्कालाई १५ हजार धरौटी र अम्बर बहादुर थापालाई साधारण तारेखामा छोड्न आदेश समेत दिएको छ।

युवती हत्या आरोपित युवा थुनामा

आफ्नै प्रेमिकालाई हत्या गरेर कालीगण्डकी नदीमा बगाएको आरोपमा पक्राउ गरेका एक युवा पुर्पक्षका लागि थुनामा परेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्