७ वैशाख २०८१ शुक्रबार

अब परीक्षा केन्द्र निर्धारण स्वचालित विधिद्वारा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण स्वचालित (¥यान्डम) प्रक्रियाबाट गर्ने भएको छ।

सिंजाका चार विद्यालयको नतिजा शून्य

जुम्लाको सिंजा गाउँपालिकाले लिएको कक्षा ८ को वार्षिक परीक्षामा यहाँका चार विद्यालयबाट एकजना पनि विद्यार्थी उत्तीर्ण हुन सकेनन्।

समयमै पाठ्यपुस्तक पाउँदा नतीजा सुधारोन्मुख

“विगतका कक्षामा किताब पाउन त मुस्किल हुन्थ्यो । सरहरूले पनि किताब नआएको भन्दै पढाउन हेलचेक्रयाइँ गर्नुहुन्थ्यो।”

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो वार्षिक परीक्षाको तालिका

नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले लिने वार्षिक परीक्षाको कार्यतालिका सार्वजनिक गरेको छ।

वैशाख र जेठका लागि तय लिखित परीक्षा स्थगित

प्रदेश लोक सेवा आयोग मधेश प्रदेशले वैशाखदेखि जेठसम्मका लागि तय गरेको लिखित परीक्षा स्थगित गरेको छ।

‘एसइई केन्द्र’मा अधिकृत साह नेतृत्वको अनधिकृत टोली, केन्द्राध्यक्ष र विद्यार्थीहरू त्रसित

जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणिभूषण साहको जम्बो टोलीले एसइई परीक्षा केन्द्रमा परीक्षा निर्देशिका विपरीतका गतिविधि गरेको पाइएको छ।

हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल

उनले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसकेकी छिन्। बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लागेकी छिन्।

प्राथमिक तह र द्वितीय श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक

शिक्षक सेवा आयोगले विभिन्न तह र श्रेणीको अन्तर्वार्ताको नतिजा सार्वजनिक गरेको छ।

जिल्लाभरिका एसइई परीक्षार्थी एउटै कोठामा परीक्षा दिंदै

देशकै थोरै परीक्षार्थी रहेको मनाङ जिल्लामा यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि एउटा मात्रै परीक्षा केन्द्र तोकिएको छ।

गल्ती त्रिविको,हैरानी विद्यार्थीलाई

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले विद्यार्थीको उत्तरपुस्तिका हराएर गरेको गल्तीको हैरानी भने विद्यार्थीलाई भोग्नुपर्ने भएको छ।

एसइईको अस्थिरता

विभिन्न विद्यालयले यो परीक्षामा सहभागी हुने आफ्ना विद्यार्थी फूलमाला पहि¥याएर बिदाइ गरेका छन्। यी सबै घटना प्रसंगले पुष्टि गर्छन् कि एसइइ ठूलै घटना हो।

एसइईमा ५ लाख ४ हजार ४१४ परीक्षार्थी

परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यस पटक एसइई दिने छात्राको संख्या दुई लाख ५० हजार ७७२ र छात्रको संख्या दुई लाख ५३ हजार ६२७ छ। त्यस्तै ‘अन्य समूह’बाट पनि १५ जना परीक्षार्थी छन्।

एसइईमा राम्रो अंक ल्याउने ‘शिक्षामन्त्री सूत्र’

माध्यमिक शिक्षा परीक्षा (कक्षा १० एसइई) यही चैत १५ गते सुरु हुँदैछ। परीक्षा आउन एक साता मात्र बाँकी रहेको बेला शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले परीक्षामा राम्रो अंक ल्याउने सूत्रसहित विद्यार्थीलाई शुभकामना दिएकी छन्।

एसईईमा देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्