५ आश्विन २०८१ शनिबार
image/svg+xml

डलर साट्ने भन्दै ठगी गर्ने पक्राउ

डलर साट्ने भन्दै ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। डलर साट्ने बाहानामा सर्वसाधारणलाई ठग्दै आएका एकै परिवारका तीन जनालाई महानगरीय प्रहरी परिसरले पक्राउ गरेको हो।

चिन्तन : जो पैसाका लागि मरिहत्ते गर्थे

जीवनको महत्वपूर्ण समय मुद्दाकै पैरवीमा बिताएका चिन्तनको यो देखिने पाटो थियो। यससँग लुकेको रहस्य भने अर्कै थियो – उनी आफूसँग जोडिएकाहरूसँग लामो समय राम्रो सम्बन्ध राख्न सक्दैनथे। अधिकांश सम्बन्ध विवादमा टुंगिन्थे। प्रायः विवादको विषय आर्थिक लेनदेन नै हुन्थ्यो। त्यही आर्थिक लेनदेनले नै उनलाई थुनामा पु-यायो।

नक्कली नोट बनाएर ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँको बागबजार क्षेत्रमा नक्कली नोटलाई सक्कली भनेर ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।  विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसरको कार्यालयको टोलीले खोजतलास गर्दा बागबजारस्थित एक होटलबाट उनीहरुलाई नियन्त्रणमा लिएको हो।

उपभोक्ता अधिकार, मौसमी व्यापार

काठमाडौं घट्टेकुलोकी सपना रेग्मीले प्रतिष्ठित व्यापारिक कम्प्लेक्समा कपडा किन्दा आफू ठगिएको पछिमात्रै थाहा पाइन्। बजारमा प्रतिस्पर्धा भए पनि एक हजार दुई सय रुपैयाँ पर्ने टप्सलाई उनले एक हजार आठ सय रुपैयाँ तिरेर किनिन्। ‘हेर्दा कपडा राम्रो लाग्यो र किनें, पछि कपडा खुइलियो,’ उनले गुनासो गरिन्, ‘यहाँ नुनदेखि सुनसम्म सबै सामानमा किन्दा ठगिनुपर्छ, गुणस्तरको पाटो त अझै फितलो छ, खोइ सरकार कहाँ छ?’ उपभोक्ता हरेक ठाउँमा दिनदहाडै ठगिएका छन्।’

ठगी मुद्दामा चिन्तन पुर्पक्षको लागि थुनामा

तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। यसअघि अदालतमा बयान दिन इन्कार गरेका उनलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश सूर्यनाथ अधिकारीको आदेशले पुर्पक्षका लागि थुनामा पठाएको हो। सिवाकोटी सहित अर्का अभियुक्त बद्री थापालाई पनि थुनामा पठाइएको हो।

चिन्तनले भने– ‘मलाई सञ्चो छैन, बयान दिन सक्दिनँ’

तीन करोड ३५ लाख ठगी मुद्दामा डा. गोपाल शिवाकोटी चिन्तनले अदालतमा बयान दिन इन्कार गरेका छन्। चिन्तनसहित अर्का अभियुक्त बद्री थापालाई प्रहरीले सोमबार अदालतमा हाजिर गराएको थियो।

गोपालको विकासविरोधी धन्दा

ठगी आरोपमा पक्राउ परेका मानवअधिकारकर्मी गोपाल शिवाकोटी चिन्तनको अर्को आयस्रोत थियो –विरोधको खेती।

जसका कर्तुतले सबैलाई छक्क पार्‍यो

‘मसँग अब केही बाँकी छैन। जेलमा बस्नेबाहेक अर्को विकल्प नै छैन।’ अचेल प्रहरीसँग यस्तै भन्ने गर्छन् उनी। पछिल्लो समय प्रहरी हिरासतमा रहेका उनीसँग अहिले पछुतोशिवाय केही छैन। हुन त बुवाले दिएको एक सयका पाँच वटा नोट बोकेर ३०को दशकमा काठमाडौं छिरेका गोपाल शिवाकोटी ‘चिन्तन’ले जीवनको यो प्रहरमा आइपुगेर हिरासतको चिसो छिँडीमा दिन काट्नुपर्ला भनेर सम्भवत सोचेका थिएनन्।

चिठ्ठा पर्‍यो, तपाईं ठगिँदै हुनुहुन्छ !

चार महिनाअघि सरकारी वकिलको कार्यालयकी एक कर्मचारीलाई इमेलमार्फत ४० हजार पाउन्ड चिठ्ठा परेको खबर आयो। सुरुमा उनी छक्क परिन् तर पछि खुसी हुँदै त्यसैमा विश्वास गरेर ‘परेको चिठ्ठा’ पाउने उपाय खोज्न थालिन्।

पढाइका नाममा ठगिए नेपाली

शिक्षा मन्त्रालय, अस्ट्रेलिया सरकार र नेपाली शैक्षिक परामर्शदाताको लापरबाहीका कारण एक हजार २ सय नेपाली विद्यार्थीको भविष्य बर्वाद भएको छ।

सडकको पैसा लिएर फरार भीमबहादुर बागबजारबाट पक्राउ

जुम्लाको तातोपानी गाउँपालिका ७ स्थित पातरसाँघु बारागाउँ सडक आयोजनाको रकम झिकेर फरार रहेका तातोपानी ७ का भिमबहादुर रावतलाई प्रहरीले नियन्त्रणमा लिइएको छ। जुम्ला राष्ट्रिय बाणिज्य बैंकको खाता नं.४०३०००७४२८०१ को चेक नं.००२१६१७६०२ बाट गत बैशाख २४ गते रकम झिकेर फरार रावतलाई काठमाण्डौ महानगरपालिका २८ बागबजारबाट प्रहरीले नियन्त्रणमा लिइएको हो।

सहकारीकी व्यवस्थापकले पाइन् सफाइ

खोटाङमा सहकारीको रकम ठगी मुद्दाका आरोपितले अदालतबाट सफाइ पाएका छन्। केपिलासगढी गाउँपालिका–४, बाक्सिलास्थित रावा तावा बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक सरला राईलाई खोटाङ जिल्ला अदालतले उक्त मुद्दामा सफाइ दिएको हो।

नक्कली ब्लुबुक पेश गरी कराेडाैँ ठगी, बैंकका कर्मचारीसहित ८ जना पक्राउ

नक्कली ब्लुबुक बनाई तत्कालीन बैँककै कर्मचारीको मिलेमतोमा करोडौँ ठगी गरेको अभियोगमा ८ जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) द्धारा खटिएको प्रहरी टोलीले देव विकास बैँकका ललितपुरका शाखाका तत्कालीन प्रबन्धकसहित ८ जनालाई पक्राउ गरेको हो।

तेह्र सयलाई टर्की पठाएर ३० करोड ठगी

फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ।

ठगी गर्ने दुई पेट्रोल पम्प बन्द

नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ। विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई साेमवार शिलबन्दी गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्