५ आश्विन २०८१ शनिबार
image/svg+xml

ठगिएको स्वर्गद्वारी आश्रम, वर्षौंदेखि उठेन कुत

विवादित गुठी विधेयकको चर्चा चुलिएका बेला स्वर्गद्वारी आश्रममाथि ‘ठगी र शोषण’ गरेको ठूलै आरोप लाग्यो । मोही किसानहरूमाथि शोषण गरेर आश्रम र आश्रमका अगुवाहरूले यथेष्ट आर्थिक लाभ उठाएको आरोप लगाउँदै सत्तारुढ दल नेकपाका केही सांसदहरू खुलेरै बोले । आश्रमको खुलेरै चर्को आलोचना गर्नेमध्येका एक थिए, नेकपा सांसद मेटमणि चौधरी । उनले आश्रमबाट किसानहरू निकै प्रताडित बनेको दाबी गर्दै कुतका रूपमा धान कोदो, दाल जति उत्पादन हुन्छ, त्योभन्दा बढी आश्रमलाई बुझाउँदै आएको दाबी गरे ।

नक्कली सुन र डलरलाई सक्कली भन्दै ठगी गर्ने बाह्रबिसेका दुई पक्राउ

प्रहरीले भक्तपुरको साँगाबाट लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ।

लिविया लगेर १५ जना भन्दा बढीलाई बन्धक बनाउने दुई पक्राउ

लिवियामा रोजगारी दिलाई दिन्छु भन्दै १५ जना भन्दा बढीलाई ठगी गर्ने दुइ जना पक्राउ परेका छन्। प्रहरीले लोकमान राई र राहुल गहतराजलाई पक्राउ गरेको हो। लिवियाको त्रिपोली र मिश्राता भन्ने स्थानहरुमा तथा लिबिया हुँदै इटालीमा लगी आकर्षक रोजगारीको प्रलोभनमा पारी ठगी गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

करोडौं ठगी गर्ने गुरुङ समातिए सात जना अझै फरार

थाइल्याण्डमा बसेर मानव बेचविखन तथा ओसारपसारको आरोपमा गत चैतमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। आरोपित सात जना भने अझै फरार रहेका छन्।

बैंककमा पक्राउ परेका गुरुङलाई नेपाल ल्याइयो

करोडौँ ठगी गरेको आरोपमा बैंककमा पक्राउ परेका परशुराम गुरुङलाई नेपाल ल्याइएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता तथा एसपी सुदिप गिरीले अमेरिका, क्यानडा, अस्ट्रेलियालगायत विकसित मुलुकमा रोजगारीको प्रलोभन देखाई ठगी गरेको आरोपमा गुरुङलाई बैंककमा पक्राउ गरी नेपाल ल्याएइको पुष्टि गरे।

ठगी आरोपमा औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव पक्राउ

दमक औद्योगिक क्षेत्र संघर्ष समितिका सचिव करणसिंह बस्नेत पक्राउ परेका छन्। दमक पत्रकार मञ्चमा पत्रकार सम्मेलन सक्नना साथ उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइवी) टोलीले पक्राउ परेको हो ।

उजुरी पर्छन्, न्याय पाउँदैनन् पीडित

महोत्तरी, बर्दिबास–८ का भक्तबहादुर मोक्तानले कतारमा काम गर्दा पारिश्रमिक नपाएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिएको चार महिना भयो। यो चार महिनामा विभागका कर्मचारीले मोक्तानलाई कानुन अनुसार क्षतिपूर्ति दिलाउन त सकेनन् नै, विभागका कर्मचारीले गम्भीरतापूर्वक कुरा नै नसुनेपछि मोक्तान निराश छन्। ‘कतारमा चार महिनासम्म काम गर्दा पूरै पारिश्रमिक नपाएपछि स्वदेश फर्केर न्यायका लागि हारगुहार गरिरहेको छु,’ बुधबार मोक्तानले नागरिकसँग भने, ‘न्याय पाइएला भन्ने आस लागेको बेला उल्टै विभागका कर्मचारी म्यानपावरको कुरा सुनेर हप्कीदप्की गर्छन्।’

१ सय ७६ जनालाई ठगी गरेको आरोपमा एक जना पक्राउ

बचत तथा ऋणको कारोबार गर्ने बहानामा १७६ जनालाई ठगी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–४, बबरगन्ज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीबाट फर्केका महिलालाई कानुनी शिक्षा

बढ्दो वैदेशिक रोजगारीको क्रममा हुने ठगी रोक्न विदेशबाट फर्केका महिलालाई कानुनी शिक्षा दिइएको छ।

ठगी आरोपमा सिंह पक्राउ

बचत तथा ऋणको कारोबार गर्ने बहानामा १७६ जनालाई ठगी गरेको आरोपमा चन्द्रनगर गाउँपालिका–४, बबरगन्ज निवासी ३८ वर्षीय नागेन्द्रप्रसाद सिंहलाई इलाका प्रहरी कार्यालय लालबन्दीले पक्राउ गरेको छ।

३३ लाख ठगी आरोपमा पक्राउ

जग्गा बेच्ने भन्दै विभिन्न व्यक्तिबाट रकम ठगी गरेको आरोपमा पुतलीबजार नगरपालिका बस्ने सुनिता थापालाई प्रहरीले पक्राउ गरेको छ।

वन कार्यालय र कन्सल्टेन्सीबाटै ठगिए सामुदायिक वन

गोरखा - डिभिजन वन कार्यालय गोरखा र ग्रिन पिस सर्भिस प्राली नामको कन्सल्टेन्सीले कार्ययोजना बनाउन भन्दै यहाँका सामुदायिक बन उपभोक्ता समितिबाट लाखौँ पैसा असुलेका छन्। वैज्ञानिक वन ब्यवस्थापन कार्ययोजना निर्माण गर्न सामुदायिक वन उपभोक्ता समितिले पनि ५० प्रतिशत लगानी गर्नुपर्ने नियम बनाएर कार्ययोजना बनाउने जिम्मा गैरकानूनी तरिकाले वन कार्यालयले कन्सल्टेन्सीलाई दिएको खुलेको हो।

महासचिव नै ठगिने देशमा...

पत्रकार सम्मेलनमा पनि उनको नामलाई जोडेर विशेष चासो राखिएको थियो। यो चासोमा सञ्चारमन्त्रीको भनाई जग्गा खरिद गर्दा विष्णु पौडेल ठगिएको भन्ने आयो। ‘नेकपाका महासचिव जग्गा खरिदमा ठगिनु भएको छ। उहाँ अपराधी हैन। जग्गा नै नक्कली परेछ त के गर्ने?,’ उनले भने, ‘उहाँलाई झुक्याइएछ। त्यस्ता झुक्किने मान्छे अरु पनि होलान्।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्