३१ वैशाख २०८१ सोमबार
image/svg+xml

जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ

सर्वोच्च अदालतको सरकारी छाप तथा दस्तखत किर्ते तथा सार्वजनिक जग्गा हिनामिना प्रकारणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ भने अर्को एक जनालाई पक्राउ पुर्जी जारी गरेको छ।

सार्वजनिक जग्गा हिनामिना गर्ने थप एक पक्राउ, अर्का एकलाई पक्राउ पूर्जी जारी

सर्वोच्च अदालतको सरकारी छाप दस्तखत किर्ते गरेर सार्वजनिक जग्गा हिनामिना गर्ने प्रकारणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ भने अर्को एक जनालाई पक्राउ पूर्जी जारी गरेको जनाएको छ। पक्राउ पर्नेमा भक्तपुर निवासी सुरेश तिमिल्सिना रहेका छन् भने प्रद्युम्नराज पाण्डेलाई पक्राउ पूर्जी जारी गरिएको इलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक गोबिन्द पुरीले बताएका छन्।

गच्छदारसहित १७५ विरुद्ध आरोपत्र दायर

सार्वजनिक जग्गा हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित १७५ विरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।

छानबिनमा मन्त्रालयकै असहयोग

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास बालुवाटारको जग्गा व्यक्तिको नाममा जानेगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको निर्णय फाइल अहिलेसम्म दिन सकेको छैन।

ऐतिहासिक संरचनामा रिसोर्ट बनाउन चलखेल

नेपाल ट्रस्टका कार्यकारी सचिव गजेन्द्रकुमार ठाकुरले दियालो बंगला, हिमागृहलगायतका संरचना रिसोर्ट सञ्चालन गर्न निजी क्षेत्रलाई दिन सकिनेबारे अध्ययन भएको पुष्टि गरेका छन्।

नक्कली बिल भर्पाइ बनाई १७ लाख बढीको हिनामिना

गौरीगंगा नगरपालिका–१, चौमालास्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहले गत जेठमा आएको हावाहुरीले जंगलमा ढलेका रुखहरु कटानीका लागि आदेश माग्नका लागि ९ लाख रुपैयाँ खर्च भएको बताएको छ।

सबै समान तर केही खास असमान : राधेश्याम अधिकारी

मैले एक वर्षअघि विधेयक पारित भइरहँदा सचेत गराएको थिएँ कि यो विधेयकका कारण नीतिगतरुपमा भ्रष्टाचार मौलाउँछ। र, त्यति बेला यो कुरा चर्को भयो भन्ने साथीहरू आज नेपाल ट्रस्टको जग्गाको हिनामिनासम्बन्धमा के दृष्टिकोण राख्नुहुन्छ ?

साढे ११ करोड हिनामिना गर्ने कार्यालय सहायक पक्राउ

बैक सरह काम गर्ने कपिलस्तुको तौलिहवास्थित कपिलवस्तु बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा साढे ११ करोडको हिनामिनाको घटना बाहिर आएको छ। सहकारीका कर्मचारी र बचत संकलनकर्ताबाट बचत र कर्जामा कुल ११ करोड ४९ लाख ६ हजार रकम अपचलन भएको हो।

मन्त्रालयबाट निर्णय फाइल नै गायब

नक्कली मोही खडा गरी बालुवाटार जग्गा हिनामिनामा अग्र भूमिका खेल्ने तत्कालीन भूमिसुधार सचिव छविराज पन्त मुख्य जिम्मेवार रहेको सिआइबीको निष्कर्ष छ।

करोडौंका अनुदान सहकारीद्वारा झ्वाम

उद्देश्य अनुसार काम भइदिएको भए मालकोट अहिले अर्गानिक तरकारीको नमूना गाउँ हुन्थ्यो। होम–स्टेमा पाहुना भरिएका हुन्थे। ‘न होम–स्टे सञ्चालनमा आयो, न नमूना सहकारी गाउँ बन्यो,’ वडा अध्यक्ष तुलाराज विकले भने, ‘एक करोड रुपैयाँ के काममा खर्च भयो, हामीलाई जानकारी छैन्।’

सहकारीको रकम हिनामिना गर्ने चारजना कारागार चलान

४३ करोड रुपैयाँ अपचलन गरेको अभियोगमा नेपालगञ्जस्थित सहकारी वित्तीय विकास संस्था लिमिटेडका चार जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागारमा राख्न आदेश दिएको छ।

अधिग्रहण गरिएको सरकारी जग्गा हिनामिना

आयोगका पदाधिकारीहरू अहिले हिनामिना भएको यस्ता जग्गाको रेकर्ड खोज्न सुरु गरेका छन्। ती पदाधिकारीका अनुसार अधिग्रहण गरिएको सरकारी जग्गा हिनामिना गर्ने क्रम देशभर देखिएको छ।

५६ जनाको जम्बो टोली अपचलनमा संलग्न

नारायणपुरस्थित देवः विकास बैंकको १८ करोड रकम हिहिनामिना प्रकरणमा बैंक सञ्चालक तथा सिइओकै मुख्य हात रहेको खुलेको छ।

बैंकको रकम हिनामिना गरेको आरोपमा थप दुई कर्मचारी पक्राउ

दाङको घोराही–१० नाराणपुरस्थित देवः विकास बैंकको झन्डै १८ करोड रुपैयाँ हिनामिना गरेको आशङ्कामा जिल्ला प्रहरीले थप दुई जना कर्मचारीलाई आज पक्राउ गरेको छ।

नक्कली ऋणी बनाएर १८ करोड हिनामिना

देवः विकास बैंक नारायणपुर शाखाका म्यानेजर समिर बुढाथोकीले नक्कली ऋणी बनाएर १८ करोड रकम हिनामिना गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्