१२ मंसिर २०८१ बुधबार
image/svg+xml

अब्बल एसपी साहव : प्रहरीको मेहनतले सुरक्षामा सफलता

‘कति एसपी साहब आए , कति गए । सबैले आफ्नो–आफ्नो तरिकाले सुरक्षा दिनलाई तल्लिन भएर काम गरे’गुलरिया बजारका स्थानीय मैताव ऐराकि भन्छन,‘त्यसैकारण जिल्लामा सुरक्षा फितलो भएको महशुस अहिले सम्म भएको छैन ।’ तर, प्रहरीले अवलम्बन गरेको नितीले अपराध नियन्त्रण देखिएको सुरक्षा छनकले स्थानीयले प्रहरीको मुक्तकन्ठले प्रशंसा गर्न बाध्य भएको उनले सुनाए ।

नेपाललाई ऐतिहासिक सफलता

अपराजित यात्रालाई फाइनलसम्म निरन्तरता दिएको नेपालले बंगलादेशमा सम्पन्न एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपको उपाधि उचाल्दै ऐतिहासिक सफलता प्राप्त गरेको छ।

वर्तमान सरकारलाई असफल हुने छुट छैनः मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईले नेपाल कम्युनिस्ट पार्टी नेकपाको नेतृत्वमा रहेको बर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै नेकपाका जनप्रतिनिधिमार्फत भ्रष्टाचार,सामाजिक बिभेद र लैगिंक असमानताको अन्त्य हुनुपर्ने बताएका छन्।

कार्यकर्ता जिम्मेवार बनेमात्रै कांग्रेस बलियो हुन्छः नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

सगरमाथा आरोहण असफल अन्य हिमालमा भने आरोही गन्तव्यतर्फ

यस वर्षको शरद ऋतुमा हिमाल आरोहणका लागि १४३ समूहका एक हजार ७४ आरोहीले आरोहण अनुमति लिएका छन्। गत वर्षको यही याममा १७३ समूहका एक हजार ३९८ आरोहीले आरोहण अनुमति लिएका थिए।

भिटामिन ए कार्यक्रम सफलता पूर्वक सञ्चालन

राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत बालबालिकालाई भिटामिन ए, जुकाको औषधि तथा पाखुराको नाप लिने कार्य एक साथ सम्पन्न भएका छन्।

मातृभाषा शिक्षा कार्यक्रम असफल

बहुभाषिक शिक्षा १० वर्षअघि एक वर्ष सञ्चालन गरिए पनि विद्यार्थीले बुझ्न नसकेपछि विषय हटाइएको रसुवा माविका प्रधानाध्यापक तेम्पा रिसाङ घलेले बताए।

लाम्पार्डलाई पहिलो सफलता

टमी अब्राहमको दुई गोलप्रेरित चेल्सीले फ्रान्क लाम्पार्डको नेतृत्वमा पहिलो सफलता निकाल्दा शनिबार नर्विच सिटीलाई ३–२ ले पराजित गरेको छ। लाम्पार्डको नेतृत्वमा लगातार तीन खेलमा जितविहीन चेल्सीले चौथो खेलमा भने सफलता प्राप्त गर्दा नर्विचलाई स्तब्ध बनाएको हो। २१ वर्षे युवा खेलाडी अब्राहमले चेल्सीमा पहिलो गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। अब्राहमको गोलबाट चेल्सीले तेस्रो मिनेटमै अग्रता लिए पनि त्यसको तीन मिनेटपछि नै नर्विचले बराबरी गोल फर्कायो। नर्विचका लागि टोड कान्टवेल बराबरी गोल फर्काए।

टोटेनह्यामको प्रयास पनि असफल

इटालियन सिरी ‘ए’ विजेता युभेन्ट्सले बुधबार अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालालाई नबेच्ने बताएसँगै इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामको उनलाई भिœयाउने प्रयास असफल भएको छ।

पेनाल्टी सुटआउटमा इन्टरलाई सफलता

पोर्चुगलका मिडफिल्डर जाओ मारिओको निर्णायक गोलको मद्दतमा शनिबार इन्टर मिलानले नेइमारविहीन पेरिस सेन्ट जर्मेन (पिएसजी) लाई पेनाल्टी सुटआउटमा ६–५ ले हराएको छ।

कांग्रेसले भन्यो: सरकार निर्मलालाई न्याय दिन लज्जास्पद ढंगले असफल

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार निर्मला पन्तलाई न्याय दिन असफल भएको निष्कर्ष निकालेको छ। निर्मलाको बलात्कारपछि हत्या भएको घटनाको एक वर्ष पुग्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसकेको भन्दै कांग्रेसले गैह्र जिम्मेवार अभिव्यक्ति दिएर कर्तव्यबाट नभाग्न सचेत गराएको छ।

सफल जीवनका चार अध्याय

एप्पल कम्पनी उत्कृष्ट ब्राण्ड मध्य एक हो। यसमा कुनै संदेह छैन। यस कम्पनीप्रति आकर्षित नहुने सायदै होलान्। विश्वभरका करोडौं उपभोक्ताहरुको लागि यस कम्पनीको हरेक उत्पादनहरू बहुप्रतिक्षित रहन्छन्। चाहे त्यो जति नै महङ्गो किन नहोस्। उनीहरु यस कम्पनीले दिने सेवा र सुविधा प्रति भावनात्मक रुपमा जोडिएका हुन्छन्।

पेट्रोलियम पाइप सफल

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइप लाइनको परीक्षण सफल भएको छ। औपचारिक उद्घाटनपछि पाइपबाट इन्धन आपूर्ति सुरु हुने बताइएको छ।

पाइपबाटै आयो डिजेल भारतबाट नेपाल

भारतको मोतिहारीदेखि अमलेखगन्जसम्म निर्माण गरिएको पेट्रोलियम पाइपलाइनको शुक्रबार सफल परीक्षण गरिएको छ। निर्माण गरिएको पाइपबाट भारतको बरौनीबाट पाटना हुँदै डिजेल आपूर्ति गरिएको छ।

सफलताका तीन सूत्र

संसारकै धनी टेलिभिजन प्रस्तोता ओप्रा बिन्फ्रे १३ वर्षको उमेरमा बलात्कृत भएकी थिइन्, बिजुलीबत्ती आविष्कार गर्ने क्रममा थोमस अल्भा एडिसन हजारपटक विफल भएका थिए अनि अहिलेसम्मकै सबैभन्दा बढी बिक्री भएको पुस्तक ‘ह्यारी पोटर’की लेखक जेके रोलिङलाई प्रकाशकले १२ पटक ‘रिजेक्ट’ गरेका थिए। यी सबै सफल व्यक्तिका जीवनमा दुइटा कुरा समान छन् ः पहिलो– हार र दोस्रो– हारलाई हराउने आत्मबल। ओप्राले आफू बलात्कृत भएपछि जीवन नै सकियो भन्ने सोचेकी भए सायदै हामीले टेलिभिजनमा उनको उत्कृष्ट प्रस्तुति हेर्न पाउने थियौँ, एडिसनले २÷४ पटककै प्रयासमा हरेस खाएका भए सायद हामीले अन्धकारमै बाँच्नुपर्ने थियो, अनि जेके रोलिङ ‘रिजेक्सन’सँग डराएका भए सायदै हामीले संसारकै उत्कृष्ट पुस्तक पढ्न पाउने थियौँ !

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्