७ वैशाख २०८१ शुक्रबार
राजनीति

कार्यकर्ता जिम्मेवार बनेमात्रै कांग्रेस बलियो हुन्छः नेता सिंह

काठमाडौं– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेस कार्यकर्तालाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

आज राजधानीमा अयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले कार्यकर्ता जिम्मेवार बने मात्र कांग्रेस बलियो हुने भन्दै यसमा गम्भीर हुन आग्रह गरे। 

फरक प्रसंगमा उनले वर्तमान सरकारले जनताले दिएको जनादेश पूरा गर्न नसकेको टिप्पणी गरे। बजार महंगी, चरम असुरक्षा, नैतिक आचरणमा समेत हरेक दिनका गतिबिधिले दुई तिहाईको हैसियत जनतासामु प्रष्ट भएकाले सरकार असफल भएको उनको दाबी छ। 

सरकारले राम्रो काम गरोस् भन्ने जनचाहनालाई समयमा नै सम्बोधन गर्न अझै पनि सचेत रहन सुझाव दिँदै उनले कांग्रेसले जिम्मेवार प्रतिपक्षीको भूमिका खेल्ने बताए।

प्रकाशित: १६ कार्तिक २०७६ ०५:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App