५ वैशाख २०८१ बुधबार
खेल

टोटेनह्यामको प्रयास पनि असफल

लन्डन – इटालियन सिरी ‘ए’ विजेता युभेन्ट्सले बुधबार अर्जेन्टिनी स्ट्राइकर पाउलो डिबालालाई नबेच्ने बताएसँगै इङ्लिस प्रिमियर लिग क्लब टोटेनह्यामको उनलाई भिœयाउने प्रयास असफल भएको छ।

गत साता अर्को प्रिंमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले पनि २५ वर्षे स्ट्राइकर डिबालाले चर्को मूल्य माग गरेको भन्दै अनुबन्धन प्रक्रिया रद्द गरेको थियो।

टोटेनह्यामले फुलह्यामबाट इङ्ल्यान्ड यु–२१ टोलीका रक्षक रायन सिसेगोनाई अनुबन्धित गरेको छ। टोटेनह्यामले यसअघि स्पोर्टिङ लिस्बनका ब्रुनो फर्नान्डेजले पनि चर्को मूल्य मागेको भन्दै सम्झौता प्रयास रोकेको थियो।

२०१५ मा पालेर्माेबाट युभेन्ट्समा अनुबन्धित डिबालाले गत सिजन सिरी ‘ए’ च्याम्पियनका लागि १० गोल गरेका थिए।

 

प्रकाशित: २४ श्रावण २०७६ ०२:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App