असार १० गतेभित्र गाउँ/नगरसभा सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान लत्याउँदै सप्तरीका १३ वटा स्थानीय तहले बजेट नीति तथा कार्यक्रम तय गर्ने सभा नै आयोजना गर्न सकेका छैनन्। असारे विकासको चटारोका कारण १८ मध्ये यहाँका १३ स्थानीय तहले आफ्नो बजेट नीति तथा कार्यक्रम ल्याउन नसकेका हुन्।
झन्डै दुईतिहाइ बहुमतसहित प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले पहिलो कार्यकालभन्दा दोस्रो कार्यकाल निकै फरक ढंगबाट अगाडि बढाइरहेका छन्। आन्तरिक मात्र होइन, बाह्य राजनीतिमा समेत उनले आफूलाई अलग तरिकाले प्रस्तुत गरिरहेका छन्। बाह्य राजनीतिमा आफ्नो राष्ट्रिय स्वार्थको प्रभाव कसरी पार्ने भन्ने विषय कुनै पनि राष्ट्रले अवलम्बन गर्ने विदेश नीतिमा भरपर्छ। नेपालजस्तो अविकसित मुलुकले आफ्नो राष्ट्रिय स्वार्थलाई कसरी सम्बोधन गराउने भन्ने विषयमा बडो संवेदनशील भएर ध्यान दिनुपर्छ। तर वर्तमान अवस्थामा नेपालका प्रधानमन्त्री बाह्य मुलुक भ्रमणमा निस्कँदा कुनै विकसित या व्यवस्थित देशका कार्यकारी प्रमुखको जस्तो भूमिकामा आफूलाई प्रस्तुत गर्ने गर्छन् जुन किमार्थ शोभनीय हुँदैन, कूटनीतिमा।
जारी विश्वकपमा इङ्ल्यान्डले राम्रो नजिता आत्मसात् गरिरहँदा जो रुटको प्रदर्शन सफलताको आधारस्तम्भमध्ये एक हो। इङ्ल्यान्ड जारी विश्वकपमा पाँच खेलमध्ये ४ जित र एक हार बेहोरेको छ। घरेलु टोलीले उत्कृष्ट ब्याटिङका बावजुद पाकिस्तानविरुद्धको खेल भने गुमाएको थियो। यद्यपि, अन्य खेलाडीसँगै रुटको प्रदर्शन भने तारिफयोग्य छ। उनले जारी विश्वकपमा दुई शतक र दुई अर्धशतकसमेत प्रहार गरिसकेका छन्। जारी विश्वकपमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा चौथो नम्बरमा रहेका रुटले ३ सय ६७ रन जोडिसकेका छन्।
कांग्रेसका नेता प्रकाशमान सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार संघीयता असफल बानाउन लागेको आरोप लगाएका छन्। पार्टीले सञ्चालन गरेको राष्ट्रिय जागरण अभियान कार्यक्रमअन्र्तगत आइतबार काठमाडौं क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले प्रधानमन्त्री ओलीका सम्पूर्ण गतिविधि संघीयता र संविधानविपरीत रहेको दाबी गरेका हुन्।
अघिल्लो फिल्म ‘जय भोले’को सफलतापछि निर्माता तथा निर्देशक अशोक शर्माले नयाँ फिल्म ‘रातो टिका निधारमा’को निर्माण घोषणा गरेका छन्। आफ्नै लेखन र निर्देशन रहने यो फिल्ममार्फत छोरा अंकित शर्मालाई नायकका रूपमा ‘डेब्यू’ गराएका छन्।
यही वैशाख ११ गते सुरु राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमण १८ गते बुधबार सम्पन्न भएको छ। नियमित कार्यतालिकामा बिहीबारमात्र नेपाल फर्कने कार्यक्रम रहे पनि राष्ट्रपति भण्डारीको स्वास्थ्यमा असहजता देखिएपछि भ्रमण एक दिन छोट्याइएको हो। चीन भ्रमणका दुई उद्देश्य थिए। पहिलोः चीनले आयोजना गरेको दोस्रो बेल्ट एन्ड रोड इनिसिएटिभ अर्थात् बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा भाग लिनु। बैठक बहुपक्षीय भए पनि सबै पक्षले प्रत्यक्ष तथा परोक्ष रूपमा चिनियाँ लगानी आफ्नो देशमा लैजाने र लगिरहेकाले अझै प्रभावकारी बनाउने विषयमा छलफल केन्द्रित भएकाले औपचारिक रूपमा विदेशी नेताहरूबीच खासै छलफल भएन।
एक चर्चमा पादरीले साना नानीहरूलाई प्रकृति र प्रेमबारे बुझाइरहेका थिए। प्रसंगवश प्रश्न आयो– भगवान्ले के–के बनाए ? जवाफ दिँदै जाने क्रममा पादरीले भने– ‘अरू त अरू घिस्रिने जीवसमेत भगवान्ले नै बनाएका हुन्।’ त्यसपछि नानीहरूले सोधे– ‘घिस्रिने जीव भनेको कस्तो ?’ पादरीले उदाहरण दिए– जस्तैः सर्प। तर नानीहरूले सर्प देखेका रहेनछन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशभित्र र बाहिर रहेका प्रतिक्रियावादी शक्तिले सरकारलाई असफल बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले एक पछि अर्को सफलता हात पार्दै आएका छन्। यसै क्रममा उनले टी टेन क्रिकेट पनि खेल्ने भएका छन्।
प्रदेश ५ का सभामुख पूर्ण बहादुर घर्तीले तीन तहको संरचना बलियो हुँदा मात्रै संघियता सफल हुने बताएका छन। ‘स्थानीय, प्रदेश र संघ गरि तिन तह टेम्पोको तीन पाङग्रा जस्तै हुन’ संसदीय मामिला पत्रकार समाजले बुटवलमा गरेको संसदीय रिर्पोटिङ अभिमुखिकरणको बुधबार उद्घाटनका अवसरमा बोल्दै सभामुख घर्तीले भने।