९ वैशाख २०८२ मंगलबार
image/svg+xml ११:२९ पूर्वाह्न

विकल र सुनिललाई थप २१ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

विशेष अदालतले गैरकानुनी सम्पत्तिआर्जनको आरोपमा पक्राउ परेका दुई व्यक्तिलाई थप अनुसन्धानका लागि २१ दिन थुनामा राख्न अनुमति दिएको छ।

निलम्बनकै बेला विकलले अमेरिकामा किने सात करोडको घर

‘करिब साढे दुई वर्षअगाडि सुरक्षण मुद्रण केन्द्रको कार्यकारी भएकै बेला विकलले अमेरिकामा पत्नीको नाममा घरजग्गा खरिद गरेका हुन्,’ स्रोतले भन्यो।

चौधरी ग्रुपमाथि ठगी आरोपमा प्रहरी अनुसन्धान

अर्बपति व्यापारिक घराना चौधरी ग्रुपका एक सदस्य अरूण चौधरीलाई पक्राउ गरेर प्रहरीले उनको व्यावसायिक गतिविधिमाथि अनुसन्धान थालेको छ।

सरकारले गरेको मलेसिया रोजगारसम्बन्धी ‘गोप्य’ सम्झौता विवादमा

सम्झौताअनुसार, मलेसियाली कम्पनीले प्रतिनेपाली कामदार ४५ अमेरिकी डलर (करिब छ हजार रुपैयाँ) उठाउन पाउनेछ। यसरी रकम उठाउनु श्रम सम्झौता विपरीत भएको दावी संघको छ।

श्रम स्वीकृति दिएपछि पनि ठगी गर्छन् म्यानपावर

वैदेशिक रोजगारीको चक्करमा रकम फसाउनेको दिनचर्या फेरि त्यसलाई कसरी उठाउने भन्नेमा व्यतित हुन्छ।

अवैध दोहनस्थलमा प्राकृतिक स्रोत तथा वातावरण समिति

चुरे क्षेत्रमा भएको दोहनबारे अनुगमन गर्न मधेस प्रदेश सभाको प्राकृतिक स्रोत तथा वातावरण समितिले चासो देखाएको छ।

गैरकानुनी गतिविधि नगर्न आग्रह

बैंक तथा वित्तीय संस्था परिसंघले संस्था, संस्थाको सम्पत्ति, साख एवम् कर्मचारीहरूको विरुद्धमा भइरहेको गैरकानुनी गतिविधिहरू नगर्न आग्रह गरेको छ। संघले विज्ञप्ति जारी गर्दै विभिन्न व्यक्ति, संस्था तथा समूहहरूबाट विगत केही समयदेखि निरन्तर भइरहेका गैरकानूनी गतिविधिहरू नर्गन सचेत गराएको हो।

‘मनोमानी’ले एक्लिँदै मेयर साह

राजधानीभन्दा बाहिरबाट आएर वाग्मतीकिनारमा बसेका सुकुम्बासीलाई हटाउन ‘कोरसिटी’ का स्थानीयको साथ पाएका मेयर साहले उनीहरूको निजी जमिनमा समेत गैरकानुनी ढंगले डोजर चलाउँदा असन्तुष्टि बढेको छ।

रिजालले भ्रष्टाचार गरेको ठहर

विशेष अदालत काठमाडौंले राजस्व अनुसन्धान विभाग ललितपुरका तत्कालीन शाखा अधिकृत रामजी रिजाललाई ४६ लाख ४८ हजार बिगोसहित ६ महिना कैद ठहर गरेको छ।

गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद

नेपालीले गैरकानुनी तवरले विदेशमा सम्पत्ति खरिद गर्ने गरेको आशंका भैरहेका बेला नेपालीलाई लक्षित गरी काठमाडौंमा ‘दुबई घरजग्गा मेला’ सञ्चालन गरिएको छ।

सयौ बिघा जमिन अवैध रुपमा वितरण: अख्तियारद्वारा विस्तृत छानबिन सुरु

कंचनपुरको भीमदत्त नगरपालिकामा सयौ बिघा जमिन गैरकानुनी रुपमा बिक्री वितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विस्तृत रुपमा छानबिन सुरु गरेको छ।

क्रसर उद्योगीसामु सरकार लाचार

‘प्राकृतिक स्रोतको दोहन रोकिएको छैन। त्यो रोक्नेलाई टिपरले किचेर मारिन्छ। हामी मूकदर्शक हुन्छौं।’ यस्तो वास्तविकता व्यक्त गर्दै क्रसर उद्योगको मनपरीबारे प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत कड्किएको र त्यस्तो परिस्थितिलाई सुधार्ने आश्वासन दिएको प्रदेशवासीले भुलेका छैनन्। तर पछिल्लो समय क्रसरको मनपरी रोकिनुको सट्टा झन्झन् बढ्दै गइरहेको छ।

गैरकानुनी रुपमा मिर्गौला प्रत्यारोपण प्रकरण : चितवनबाट ६ जना पक्राउ, अस्पतालको आपत्ति

मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भरतपुरस्थित कलेज अफ मेडिकल साइन्सेस् शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा गैरकानुनीरुपमा मिर्गौला प्रत्यारोपण गराइएको आरोपमा त्यहाँ कार्यरत चार जना चिकित्सकसहित ६ जनालाई पक्राउ गरेको छ । एक जना कानुन व्यवसायी र एक जना निजामति कर्मचारीसमेत पक्राउ परेका हुन् ।

सुन पसलमा वित्तीय कारोबार रोकिएन

सुनचाँदी पसलहरुमा गैरकानुनीरुपमा हुने आर्थिक एवं वित्तीय कारोबार अझै रोकिएको छैन। सर्वसाधारणले बढी ब्याज पाउने लोभमा सुन पसलमा गैरकानुनी कारोबार गरिरहेका छन्।

नबिल बैंकद्वारा बैंकिङ सफ्टवेयरमा गैरकानुनी हेरफेर, केन्द्रीय बैंकले अनुसन्धान गर्ने

नबिल बैंकले ऋणीबाट रकम असुली गर्दा ‘गैरकानुनी अभ्यास‘ गर्दै आएको तथ्य फेला परेको छ। वाणिज्य बैंकका रुपमा रहेको नबिलले ऋणीबाट ऋण असुल गर्दा अपनाउनुपर्ने नेपाल राष्ट्रबैंकका नियम र मापदण्डसमेत उल्लंघन गर्दै आएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्