नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले वैधानिकता दिएपछि सभापति शेरबहादुर देउवा पक्षले असन्तुष्टि व्यक्त गरेको छ। देउवा पक्षीय कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगको निर्णय परम्परा विपरीत आएकाले उक्त निर्णय अमान्य भएको प्रतिक्रिया दिएका छन्।
‘यो निर्णय आयोगका पुराना नजिक, कांग्रेसको विधान र राजनीतिक दल सम्बन्धी ऐन विपरीत आएको छ,’ खड्काले भने,‘त्यसैले यो निर्णय अमान्य छ। यस विरुद्ध राजनीतिक, वैधानिक सबै तवरले लडाइँ लड्छौँ।’
कसैको दबाबमा परेर आयोगले निर्णय गरेको आरोप लगाउँदै उनले योभन्दा अगाडिका दल विभाजनको निर्णयभन्दा पनि विपरित आयागले निर्णय गरेको दाबी गरे ।
प्रकाशित: २ माघ २०८२ २०:०५ शुक्रबार





