९ आश्विन २०८१ बुधबार
image/svg+xml

मनै लोभ्याउने सैपाल हिमाल (फोटो फिचर)

अछामको मेल्लेख गाउँपालिकाबाट देखिएको प्रदेश नम्बर ७ (सुन्दर पश्चिम) को बझाङ्ग जिल्लामा पर्ने सैपाल हिमालको मनोरम हिमदृष्य ।

राजमार्गमा लोभलाग्दो केरा व्यापार

सम्भावना पहिल्याउँदै दृढ इच्छाशक्तिका साथ परिश्रम गर्ने हो भने थोरै लगानीबाट पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् राजेश र जुना श्रेष्ठ दम्पत्ती । श्रेष्ठ दम्पत्ती विगत नौ वर्षदेखि धादिङको गजुरी गाउँपालिकाको चाम्बासमा केरा व्यापार गर्दै आएका छन्।

युवालाई लोभ्याउँदै डेटिङ एप्स

कोटेश्वरकी आरजु शर्मा (नाम परिवर्तन) विद्यार्थी हुन् । उनी सात महिनायता टिन्डर डेटिङ एप्स प्रयोग गर्दै आएकी छिन् । एप्सबारे बहिनीले जानकारी दिएपछि प्रयोग गर्न थालेको उनी बताउँछिन् । मनपर्ने मान्छे खोज्न सकिने जानकारी पाएपछि एप्स प्रयोग गर्न थालेको उनले बताइन् ।

‘पैसाको लोभ छैन, छोरा देख्नपाए हुन्छ’

परिवारको जेठो सन्तान । घरको आर्थिक अवस्था कमजोर । साँझ बिहानको गर्जो टार्न मुस्किल भएपछि नलाङका समिर सिलवाल मलेसिया पुगे । मलेसियामा काम गर्दै सुरुसुरुमा घरमा फोन गर्ने र पैसा पठाउने पनि गरेका थिए । मलेसिया गएको चार वर्षसम्म उनी परिवारको सम्पर्कमै थिए । तर सोचेजस्तो आम्दानी हुन नसकेपछि समिर एकाएक परिवारको सम्पर्कबाट टाढिए । जे जस्तो भएपनि दसैं मान्न नेपाल चाँडै फर्कन्छु भनेर ०६० असारमा उनले बुबालाई फोन गरेकाथिए । अहिले उनीकहाँ, के गर्दै छन्, अत्तोपत्तो छैन । न फोन आउँछ, न कुनै खबर नै । समिरले पछिल्लो फोनमा बुबासँग ‘मलाई कम्पनीले फसायो, सोचेजस्तो आम्दानी छैन, खान–बस्नपनि समस्या भएको छ’ भनेकाथिए । समिर मलेसियामा बेपत्ता भएको १४ वर्ष भइसकेको छ ।

अविश्वसनीय प्रस्तावमा लोभिँदा फन्दामा

सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफू ‘अमेरिकी आर्मी’ भनेर नक्कली परिचय दिएका थिए ।

प्रलोभनमा नपरी मतदान गर्न अपिल

नेपाल मतदाता अधिकार मञ्चले मतदाताको मतलाई कुनै पनि मूल्यमा प्रभावित नभई भयरहित वातावरणमा मतदान गर्ने वातावरण बनाउन सरकारसँग आग्रह गरेको छ।

लोभ्यायो लो–मन्थाङले

स्वदेश चिन्ने उद्धेश्यले हामी पनि निस्कियौं लो–मन्थाङ यात्रामा । कृष्णराम देउपाला, प्रविण नगरकोटी र म सहितको सानो टोली आफ्नै सवारी साधनमा हुँइकियौं।   पहिलो दिन हामी पोखरा पुग्यौं । बास पोखरामा बसे पनि मन लो–मन्थाङ पुगिहाल्यो । दिउँंसो काठमाडौंबाट हिँडेका हामीले मुस्ताङको कल्पनामा रात वितायौं।

चाहियो लोभ–भ्रममुक्त मतदाता

निर्वाचन नजिकिएसँगै राजनीतिक पूर्वाग्रह छुताछुल्ल बनेको छ । समय नै रंगिएपछि रंगहीन पात्र व्यर्थको कल्पना बन्दो रहेछ । वाम र लोकतान्त्रिक गठबन्धनदेखि साना राजनीतिक दलहरूप्रतिको प्रशंसा र आलोचनाले कोरेको किनाराले पात्रहरूको पक्षधरता परिभाषित गरेकै छ । छिपाउने प्रयत्न छिपेको छैन । राजनीतिक अधिकारयुक्त नागरिक जुनसुकै भूमिकामा रहे तापनि उसले एउटा किनारा रोज्दो नै रहेछ (अपवादबाहेक) । विशेषगरी महत्वपूर्ण राजनीतिक मोडहरूमा । यो आलेखले पनि पूर्वाग्रह लिएकै छ ।

‘लोभ देखाएर भोट लिन्छ, फर्केर आउँदैन’

भगवानपुर गाउँपालिका ३ नरहास्थित हुलाकी सडकको उत्तरपट्टि सात परिवार मलिक (डोम) को बस्ती छ । धुलाम्य सडकको छेउमा लहरै फुसका छाप्रामा कष्टपूर्ण जिन्दगी बिताउँदै आएको मलिक बस्तीमा आसन्न चुनावको रौनक छैन ।

वेस्ट ह्यामको लोभलाग्दो पुनरागमन

चेल्सीले एभर्टनको चुनौती पाखा लगाएको दिन बुधबार वेस्ट ह्यामले सुरुमा दुई गोल खानाका बावजुद टोटेनह्यामलाई निराश पार्दै इङ्लिस लिग कपको क्वार्टरफाइनलमा स्थान पक्का गरेको छ।

टिकट लोभले दलबदल तीव्र

प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव तिथि नजिकिँदै जाँदा दलबदल तीव्र बनेको छ । पार्टी फेर्नेमा धेरैजसो दोस्रो चरणको निर्वाचनमा टिकटको आकांक्षा राख्ने छन्। एउटा पार्टीबाट अर्को पार्टीमा प्रवेश गर्ने क्रम २ नम्बर प्रदेशमा बढी देखिएको छ । केही दिनअघि मात्र राजपाबाट फोरम लोकतान्त्रिकमा प्रवेश गरेका विमल श्रीवास्तव आगामी शुक्रबार संघीय फोरममा प्रवेश गर्ने भएका छन् । बुधबार उनले आफू संघीय फोरममा प्रवेश गर्ने जनाए।

लोभले हैन निर्वाचन सफल पार्न सरकारमा गएको हुँ: कमल थापा

उपप्रधान तथा उर्जामन्त्री कमल थापाले हेटौँडामा भएको एक कार्यक्रममा बोल्दै आफ्नो पार्टी आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सफल पार्न सरकारमा गएको दाबी गरेका छन्।

पदीय लोभमा मर्यादाकै धज्जी

चाहे राजदूतको कार्यकाल बाँकी छँदै छाडेर निर्वाचन प्रतिस्पर्धा गर्ने कार्य होस् वा पुनर्निर्माण नेतृत्वको जिम्मेवारी बीचमै छाडेर सांसद बन्न लालयित हुने कार्य होस्, यो जिम्मेवारीबाट पन्छिने प्रवृत्ति हो । यसरी जुनसुकै जिम्मेवारीमा पनि लोभ गर्ने प्रवृत्ति र सुरक्षा फौजमा रहेका अधिकृत राजीनामा स्वीकृत नहुँदै पार्टी प्रवेश गर्नु अवसरवादको चरम नमुना हो ।

‘यहाँका दरबार क्षेत्रले मलाई लोभ्याउँछ’

भक्तपुर, पाटन र वसन्तपुर दरबार क्षेत्रमा फुर्सद हुँदा प्रायः घुम्न जाने गरेकी छु । यहाँका मठ–मन्दिर, दरबार क्षेत्र, नेवारी संस्कृति मलाई सबैभन्दा बढी मनपर्छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्