काठमाडौं उपत्यकामा १८ सय ८८ जनालाई कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ८ सय ८८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १५०८, ललितपुरमा २४९ र भक्तपुरमा १३१ जनामा संक्रमण पुष्टि भएको छ।