गर्भ बसेपछि प्रेमी फरार, युवती भन्छिन्: ‘कुनै पनि हालतमा बच्चा जन्माएर हुर्काउँछु’
गएको विवाह पञ्चमीमा दुबै जनाले राम सीताजस्तै धुमधामका साथ विवाह गर्ने बाचा मात्र गरेनन्, जुनी जुनीसँगै बिताउने कसम समेत खाए। प्रेमको सागरमा डुबेका दुबैजनालाई न जातपातको मतलब थियो न घरपरिवार र समाजकै। प्रेम संसारमा रमाइरहेका दुबैजना अनेकन सपना बुनिरहेका थिए। तर यो खुसीको धेरै टिकेन।