७ वैशाख २०८१ शुक्रबार

सिन्धुपाल्चोकमा मात्रै दुई महिनामा पहिरोबाट ७४ को मृत्यु, ४१ अझै बेपत्ता

निरन्तर प्राकृतिक विपत्ति खेप्दै आएको सिन्धुपाल्चोकमा बाढीपहिरोले मात्र ठूलो धनजनको क्षति पुर्याएको छ। यो वर्षको दुई महिनायता मात्रै सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ७४ जनाले ज्यान गुमाएका छन् भने हालसम्म ४१ बेपत्ता छन्।

घुम्थाङ पहिरोः पाँच जनाकाे शव फेला, २६ अझै बेपत्ता (अपडेट)

सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–७ घुम्थाङ पहिरोमा परी ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ। पहिरोमा अझै २६ बेपत्ता छन्। पहिरोमा बेपत्ता स्थानीय भिरखर्कका तीन र बिक टोलका दुईको शव फेला परेको प्रहरीले जनाएको छ। मृतकमध्ये दुईको मात्र सनाखत भएको छ। २४ वर्षीय सुकुला बिक र आठ वर्षीय सन्देश बिकको सनाखत भएको हो। उनीहरु बिक टोलका हुन्। भिरखर्कका तीनको पहिचान खुल्न सकेको छैन।

सिन्धुपाल्चोक बाढीपहिरोको उच्च जोखिम : तीन सातामा १८ को मृत्यु, २० बेपत्ता

सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रका छुट्टाछुट्टै दुई स्थानमा पहिरोले घर, टहरो पुर्दा सोमबार एकै दिन १० जनाको मृत्यु भयो। मेलम्ची नगरपालिका–११ को मेलम्ची बजारमा माथिबाट खसेको पहिरोले टहरो पुर्दा त्यहाँ सुतिरहेका आठ जनाको ज्यान गयो। एकलाई घाइते अस्पतालमा जीवितै उद्धार गरियो। भारतीय नागरिक उनको राजधानीको ट्रमा सेन्टरमा गम्भीर अवस्थामा उपचार भइरहेको छ। उनीहरु सबै मजदुर हुन्।

भोटेकोसी र बाढीपहिरोको घेराबन्दीमा छौं: जाङ्मु शेर्पा

बर्खामा भोटेकोसी नदी बर्सेनी बहुलाउँछ। यो साल पनि बहुलाउन थालिसक्यो। भोटेकोसी बढेपछि तीन दिनदेखि सुतेका छैनौं। भोटेकोसी गाउँपालिका–४ बोलेपा हाम्रो गाउँ हो। खासा (तिब्बत÷चीन) नजिकैको हाम्रो गाउँमा त्यस्तै १५–१६ घरपरिवारको बसोबास छ। हाम्रो गाउँको मुखैमा भोटेकासी जलविद्युत् आयोजनाको बाँध छ।

सिन्धुपाल्चोकमा बाढीको वितण्डा, बेपत्ताको खोजी कार्यमा कठिनाइ

भोटेकोसी नदी कोरिडोरको जम्बु र बुल्कुटे बाढीपहिरोमा हराइरहेकाको खोजी कार्यमा कठिनाई उत्पन्न भएको छ। बाढीपहिरोमा अझै २० हराइरहेका छन्। निरन्तरको वर्षा, उच्च बहावमा तीव्र गतिमा उर्लिरहेको भोटेकासीको कटान र ठाडा खोल्सीबाट लेदोमाटो बगिरहेका कारण बेपत्ताको खोजीमा जुट्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए।

सिन्धुपाल्चोकमा बाढीको वितण्डा : मध्यभोटेकोसी आयोजनामा अर्बौँको क्षति

सिन्धुपाल्चोकको जम्बुमा आएको बाढीले निर्माणाधीन एक सय दुई मेगावाट क्षमताको मध्यभोटेकोसी जलविद्युत आयोजनामा व्यापक क्षति पुर्‍याएको छ ।

सिन्धुपाल्चोकमा बाढी, पहिरोको बितण्डा : यी हुन् मृतक, घाइते र बेपत्ता (नामसहित)

सिन्धुपाल्चोक बाढी, पहिरो घटनाका मृतक, घाइते र बेपत्ताको पहिचान भएको छ । स्थानीय खोला, खोल्सीको बाढी पहिरोले भोटेकोसी नदी करिडोरका तीन बस्तीका ३३ घर बगाउँदा दुईको ज्यान जानुका साथै चार घाइते भएका छन् ।

सिन्धुपाल्चोकमा बाढीको बितन्डा: ३३ घर बगायो, पुलपुलेसा र सवारी साधन पुरिए (अपडेट)

अबिरल बर्खासँगै उर्लिएका खहरे खोलाले बाढी र पहिरोको बितन्डा मच्चाउँदा भोटेकोसी नदी करिडोरका तीन बस्तीमा ठूलो जनधनको क्षतिको भएको छ। खहरेले बस्तीका ३३ घर बगाउँदा २० जना बेपत्ता भएका छन्। दुईको भने मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्