१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

घोरेपानी–पुनहिल बिर्साउने ‘एभरेस्ट दूधकोसी सांस्कृतिक पदमार्ग’

माप्य दुधकोशी गाउँपालिका ५ स्थित सिलगुडी डाँडाबाट बिहान उठ्नेबित्तिकै विश्वको सर्वोच्च शिखर सगरमाथासहित दुई दर्जनभन्दा बढी हिमाल देख्न सकिन्छ।

सहस्राब्दी पदमार्गमा विदेशी पदयात्री बढ्दै

तनहुँको दुलेगौंडाबाट स्याङ्जाको रामबाछा जोड्ने ७२ किलोमिटर दूरीको नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)मा विदेशी पदयात्री बढ्न थालेका छन्।

गिडीदहमा पदमार्ग निर्माण सुरु

जुम्लाको तातोपानी–४ मा रहेको गिडीदह पुग्ने पर्यटकीय पदमार्ग निर्माण सुरु भएको छ । गिडीदहलाई आकर्षक पर्यटकीय गन्तव्य बनाउन पदमार्ग निर्माणदेखि दहको सौन्दर्य र महत्त्वबारे पनि स्थानीयले विशेष पहल थालेका छन् ।

मनाङमा छ महिनामा भित्रिए नौ हजार सात सय बढी पर्यटक

हिमाली जिल्ला मनाङ घुम्नका लागि अहिलेको मौसम अनुकूल मानिन्छ। भ्रमणको अनुकूल वातावरण हुनासाथ पर्यटकको आगमन वृद्धि हुन थालेको छ।

माछापुच्छ्रेको पदमार्ग व्यवस्थापन गर्न पर्यटन शुल्क

कास्कीको माछापुच्छ्रे गाउँपालिकाभित्रका पदमार्गमा जाने पर्यटकले शुल्क तिर्नुपर्ने भएको छ। माछापुच्छ्रे गाउँपालिकाले पदमार्गमा पूर्वाधार निर्माण र व्यवस्थापनका लागि पर्यटकसँग शुल्क लिने निर्णय गरेको हो। गाउँसभाको निर्णयअनुसार आन्तरिक र बाह्य पर्यटकका लागि छुट्टाछुट्टै शुल्क लिइने प्रमुख प्रशासकीय अधिकृत गोपीकृष्ण अर्यालले जानकारी दिए।

पोखरासँग जोडियो सहश्राब्दी पदमार्ग

पदयात्रा पर्यटनमा चासो र चर्चा कमाउँदै गएको नेपालको मध्यपहाडी क्षेत्रको एक मात्र सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक) पोखरा महानगरपालिकासँग पनि जोडिएको छ।

पर्यटकको पर्खाइमा मिलेनियम ट्रेकका पर्यटन व्यवसायी

प्रकृतिको मनमोहक दृश्यले सजिएको मध्यपहाडी पदमार्ग मिलेनियम ट्रेक(सहश्राव्दी पदमार्ग) क्षेत्रमा पर्यटनको नयाँ याम सुरु भएसँगै यहाँका पर्यटन व्यवसायी पर्यटकको आमगमन बढ्ने आशाले उत्साहित बनेका छन्।

मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना

नेपालको सय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गमा पर्यटन सूचना केन्द्र स्थापना गरिएको छ। यहाँ आउने पयर्टकलाई पदमार्गबारे आवश्यक जानकारी दिन चखेवामा पर्यटन सूचना केन्द्र तयार हुन लागेको हो।

फोक्सुण्डो ताल जाने पदमार्ग अवरुद्ध

अविरल वर्षाका कारण डोल्पाको शे फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने सुलिगाडदेखि फोक्सुण्डो तालसम्मको पदमार्ग अवरुद्ध भएको छ।पदमार्ग अवरुद्ध भएसँगै पालिकाभित्रको छेप्का, रेजीलगायतका ठाउँमा बसोबास गर्ने स्थानीय समस्यमा परेका छन्।

हतुवागढीमा पदमार्ग निर्माण गरिंदै

भोजपुरको हतुवागढी गाउँपालिकाले जोर आहाल, शंखामचुली र दिमालुङमा पदमार्ग निर्माण गरिंदै छ। प्राकृतिक रूपमा मनोरम ऐतिहासिक हतुवा क्षेत्रलाई समेटेर पदमार्ग निर्माण गर्न लागिएको हो।

सहश्राब्दी पदमार्गलाई पर्यटकीय गन्तव्य बनाइने

सहश्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)ले नेपालमा मात्रै पाइने चरा ‘काँडे भ्याकुर’ ठूलो संख्यामा पाइने स्थानका रूपमा चासो र चर्चा कमाएको छ।

पाथीभरा पदमार्गमा झन्डै एक किलोमिटरमा फाइवरको छाहारी पुरा

ताप्लेजुङको पाथीभरा मन्दिरक्षेत्रको पदमार्गमा फाइवरको छाहारी(ट्रस )लगाउने कार्य मन्दिरबाट माथिल्लो फेदीतर्फ करिब एक किलोमिटर पूरा भएको छ। पदमार्गमा फाइवरको छाहारी लगाउने कार्य मन्दिरबाट सुरु गरी माथिल्लो फेदीतर्फ बिस्तार गर्दै लगिएको हो।

अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण

हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर तयार भएको ‘मौरिज हर्जोग पदमार्ग’ मा पर्ने फुतफुते झरना, पञ्च झरना र रातो झरना लगायतका आधा दर्जन बढी मनमोहक झरना छन्।

मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ।

कालिखोला–काँहुकोट अर्ग्यानिक पदमार्ग बनाइँदै

पोखरा महानगरपालिका–११ कालिखोला देखी काँहुकोटसम्म पुग्नेगरि कालिखोला–काँहुकोटअर्ग्यानिक पदमार्ग निर्माण गरिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्