७ वैशाख २०८१ शुक्रबार

माइबेनीमा लाग्यो धार्मिक मेला

कोरोना संक्रमणको जोखिम भए पनि धार्मिकस्थल माइबेनीमा माघे संक्रान्तिका अवसरमा मेला लागेको छ। स्थानीय प्रशासनले २५ जनाभन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरे पनि स्वतस्फुर्त रूपमा धार्मिक मेला लागेको हो।

ओमिक्रोनबाट जोगिन तयार रहन आग्रह

गत साता मात्र दक्षिण अफ्रिकामा देखिएको यो भाइरसको विश्वव्यापी प्रसारण हुन सक्ने बताउदै संगठनले आफ्ना १९४ सदस्य राष्ट्रलाई खोप अभियानलाई तीव्रता दिन र स्वास्थ्य सेवा प्रणालीलाई चुस्त राख्न अनुरोध गरेकोछ।

उपत्यकामा हट्यो निषेधाज्ञा व्यवसाय चलाउन पाइने

काठमाडौं उपत्यकामा तीनवटै जिल्ला प्रशासन कार्यालयले झन्डै पाँच महिनादेखि जारी निषेधाज्ञा हटाउँदै फिल्म हल पनि खोल्ने आदेश जारी गरेका छन्। बुधबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको स्वरूप परिवर्तन गर्दै भदौ १७ गतेदेखि लागू हुने गरी उपत्यकाका फिल्म हल पुनः सञ्चालन गर्न दिने निर्णय गरेको थियो।

संक्रमणको जोखिम उस्तै, लापरबाही बढ्दै

रोल्पामा पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमित थपिएका छन्। यो संगै जिल्लामा सकृय संक्रमितको संख्या ६६ पुगेको छ। जिल्लामा ५ हजार ३ सय ९३ जनामा कोरोना परीक्षण गर्दा २ हजार ३ सय ३८ जनामा संक्रमण भेटिएको हो। पछिल्लो समय जिल्लामा कोरोना परीक्षण पनि घटाईएको छ।

खोप लगाउनेहरुको भीड घटेन, खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम

अव्यवस्थित रुपले खोप कार्यक्रम सञ्चालन गरिदा खोपकेन्द्रबाटै कोभिड संक्रमणको जोखिम पनि बढेको छ। काठमाडौंमा विभिन्न खोप केन्द्रहरुबाट खोप निरन्तर लगाइएको छ, जहाँ लक्षित समुहका मानिसहरुको खोप लगाउन भीड लागेको छ।

संक्रमणको जोखिम गाउँमा बढ्यो

गाउँमा गत वर्षको तुलनामा यो वर्ष क्वारेन्टिनको उचित व्यवस्था नहुनु, जनस्वास्थ्य मापदण्ड पालनामा बेवास्ता, निषेधाज्ञाकै बीचमा हिँडडुल, होम आइसोलेसनमा बसेका संक्रमितका परिवारका सदस्यले मास्क प्रयोग नगर्नु र साबुनपानीले राम्रोसँग हात सफा नगर्नु जस्ता कारणले संक्रमण बढेको देखिन्छ।

सीमावर्ती क्षेत्रमा संक्रमणको जोखिम बढ्दै

भारतसँगको मुख्य नाकाहरूमा सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहे पनि अन्य सहायक नाकाहरूबाट सजिलै मानिसहरू आवतजावत गरिरहेका छन् । खुला सीमानाका कारण भारतबाट नेपाल भित्रन सजिलो हुने गरेको छ । आवतजावत बढेसँगै सहायक नाकाहरूबाट चोरी तस्करी मौलाएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्