११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

एसइई परीक्षाका लागि सामग्री जिल्ला पठाउन शुरु

आउदो चैत ८ गतेबाट शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि आवश्यक उत्तरपुिस्तका जिल्ला जिल्लामा पठाउन शुरु गरीएकोे छ।

कृषिजन्य सामग्रीको आयात घट्यो

चीनबाट नेपालमा ल्याइने कृषिजन्य सामग्रीको आयात घटेको छ । आर्थिक वर्षको पहिलो ६ महिनामा ३४.०२ प्रतिशतले आयात घटेको हो ।

बृज सिमेन्टले क्रिकेट सामग्री दियो

बृज सिमेन्ट इन्डस्ट्रिजद्वारा प्रायोजित क्रिकेट सामग्री राइजिङ पोखरा क्रिकेट एकेडेमीलाई हस्तान्तरण गरिएको छ ।

चीनबाट कृषिजन्य सामग्रीको आयात घट्यो

चीनबाट नेपालमा ल्याइने कृषिजन्य सामग्रीको आयात घटेको छ। आर्थिक वर्षको पहिलो ६ महिनामा ३४.०२ प्रतिशतले आयात घटेको हो। चीनको केरुङबाट रसुवागढी नाका हुँदै साउनदेखि पुष मसान्तसम्ममा १३ हजार ३९ मेट्रिक टन सामग्री आयात भएको छ।

चिनियाँ सामग्री नेपाल भित्रिँदै

नेपालको उत्तरी नाका रसुवागढीबाट चिनियाँ सामग्री मंगलबारबाट धमाधम नेपाल भित्रन थालेको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक प्रकाश वाग्लेका अनुसार केरुङमा चिनियाँ सामग्री लिन गत हप्ता गएका नेपाली कन्टेनर धमाधम नेपाल फर्किन थालेका छन्।

निर्माण सामग्रीमा महँगिएपछि जगमै सीमित भूकम्पपिडितका घर

निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि भएपछि गाँउगाँउमा जग राखेका घर अलपत्र भएका छन् । निर्माण सामग्री महँगो भएपछि मच्चाएपछि यतिबेला पुस मसान्तअगाडि नै घरको जग राखिसकेका स्थानीयको समेत घर निर्माण कार्यले गति लिन सकेको छैन।

एक साताको विदापछि चीनबाट सामग्री आयात सुरु

सोनाम ल्होसारको अवसरमा दिइएको एक साता लामो विदा सकिएसँगै चीनबाट सामग्री आयात सुरु भएको छ। ल्होसारको कारण चिनियाँ भन्सार बन्द भएसँगै माघ १ गतेदेखि सामग्री आयात रोकिएको थियो। माघ १ गतेदेखि ७ गतेसम्म सार्वजनिक विदा परेकाले कन्टेनर सञ्चालन रोकिएको थियो।

औषधि र न्यानो सामग्री बोकेर रौतहट पुगे डा. केसी

चौधौँ सत्याग्रहपछि डा. गोविन्द केसी पहिलोपल्ट मधेस झर्दै रौतहटका केही बस्तीका दलित परिवारलाई न्यानो कपडा वितरण गरेका छन्। जिल्लामा शीतलहरले धेरै क्षति पुर्‍याएको र विगत साउनको बाढीले पनि सबैभन्दा बढी क्षति रौतहटमा नै पुर्याएको हुनाले आफ्नो रोजाइमा रौतहटका दलित परिवार परेको डा. केसीले बताए।

चीनबाट एक सातासम्म सामग्री आयात नहुने

चीनसँगको व्यापारीक नाका रसुवागढीमा सोमबारदेखि कन्टेनर सञ्चालन रोकिने भएकोे छ । माघ ४ गते मनाइने ल्होसारलाई मध्यनजर गर्दै चीनले एक साताका लागि माघ १ गतेबाट कन्टेनर सञ्चालनमा रोक लगाउने भएको हो ।

निर्माण सामग्रीमा ‘ब्रम्हलुट’

भूकम्पपछि नयाँ घर बनाइरहेका जिल्लाको उत्तरी बिगु गाउँपालिकास्थित बुलुङ गाउँका बलमान तामाङले घर निर्माण रोकेको १५ दिन भयो । चर्को मूल्यवृद्धिसँगै सिमेन्ट अभाव भएका कारण काम गर्ने मिस्त्री फर्काएर उनले घर निर्माण रोकेका हुन् ।

सामग्री आएको चार वर्षमा पनि निर्माण भएन झोलुंगे पुल

निर्माण सामग्री ल्याइएको चार वर्ष बितिसक्दा पनि सिरहाको गोलबजार नगरपालिका–११ बलकवा र बेतौना जोड्ने मैनाबत्ती खोलामा झोलुंगे पुलको निर्माण कार्य शुरु हुन सकेको छैन।

दलहरुद्वारा प्रचार सामग्री हटाउन अटेर

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर नतिजा प्रकाशित भइसक्दापनि विभिन्न राजनैतिक दलले भने प्रचार प्रसारमा प्रयोग गरिएको निर्वाचन सामग्री हटाउन सकेका छैनन् । कांग्रेसबाहेक अन्य राजनैतिक दलका कार्यकताहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि प्रचार प्रसारको लागि विभिन्न स्थानमा टाँसेका पोस्टर र झण्डा लगायतका सामग्री नहटाउँदा जिल्ला कुरुप देखिएको छ ।

सुरक्षाकर्मी र निर्वाचन सामग्री मतदानस्थल पुग्दै

दुई दिनपछि हुन लागेको दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावका लागि आवश्यक चुनावी सामग्री र सुरक्षा जनशक्ति जिल्लाका सबै मतदानस्थलमा पु¥याइएको छ । जिल्ला निर्वाचन कार्यालयले जिल्लाभरिका ९८ मतदान केन्द्रका २ सय ३३ स्थानमा चुनावका लागि चाहिने सबै सामग्री सम्बन्धित मतदानस्थलमा पठाइसकिएको जनाएको छ ।

निर्वाचन सामग्री मतदान केन्द्र पुर्‍याइँदै [फोटो फिचर]

प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि आउँदो २१ गते हुने निर्वाचनका लागि इलामका मतदान केन्द्रसम्म धमाधम निर्वाचन सामग्री पु¥याइँदैछ । जिल्लाका सवारी साधन चल्ने मतदान केन्द्रमा ल्यान्डरोभर, जीपलगायत सवारी साधनमा र सवारी नचल्ने मतदान केन्द्रमा पिठ्युँमै बोकेर निर्वाचन सामग्री लैजान थालिएको हो ।

आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ । “पत्रपत्रिका, रेडियो, टिभी र अनलाइन गरी १३० वटा आमसञ्चारमाध्यमबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको छ, जसअनुसार ६२ छापाबाट ९८, ३१ वटा रेडियोबाट ५३, १९ वटा टिभीबाट ४९ र १८ अनलाइनबाट ५२ सामग्री सम्प्रेषण भएका छन्”– काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्