११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

विस्फोटक सामग्रीसहित दुई भारतीय नागरिक पक्राउ

काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट दुई भारतीय नागरिकलाई प्रहरीले विस्फोटक सामग्रीसहित आज पक्राउ गरेको छ ।

आचारसंहिता विपरीतका सामग्री हटाउन निर्देशन

निर्वाचन आयुक्त सुधीरकुमार शाहले यही मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सिलसिलामा आज ललितपुर जिल्लाको आकस्मिक अनुगमन गरेका छन्। अनुगमनका क्रममा उहाँले ललितपुरको समग्र सुरक्षा अवस्था, निर्वाचनको तयारी, कर्मचारी खटनपटन, निर्वाचन व्यवस्थापन, अनुगमन, आचारसंहिताको पालनालगायतबारेमा जानकारी लिएका थिए।

विद्रोही नियन्त्रित क्षेत्रमा राहत सामग्री पुग्दै

संयुक्त राष्ट्रसंघले यमनको उत्तरी विद्रोही नियन्त्रित क्षेत्रमा राहत सामग्री पुर्‍याएको छ। साउदी अरब नेतृत्वमा यमनमाथि लगाइएको नाकाबन्दी केही खुकुलो बनाइएपछि पानी जहाजमा राहत सामग्री यमन पुर्‍याएको हो। उत्तरी यमन लाखौ मानिसहरुलाई लक्षित गरी मुख्यतया खाद्य सामग्री संयुक्त राष्ट्रसंघले त्यहाँ पुर्‍याएको हो।

चुनावपछि प्रचार सामग्री हटाउँदै उम्मेदवार बजगाई

गोरखा १ प्रदेश ‘ख’ का नेपाली कांग्रेसबाट लोकतान्त्रीक गठबन्धनका उम्मेदवार राजेन्द्र बजगाईले निर्वाचन सकिएको भोलिपल्ट (सोमवार) देखि आफ्नो निर्वाचन क्षेत्रमा प्रचार सामग्री हटाउन थालेका छन्। चुनाव प्रचार प्रसारका क्रममा टाँगिएका आफु सँग संम्बन्धित पर्चा, पम्पलेट, पोस्टर, टाँगिएका झण्डा, चुनाब चिन्ह जस्ता सामग्री उनले हटाउन थालेको बताए।

विष्फोटक सामग्री सहित एक पक्राउ

सर्लाही प्रहरीले विष्फोटक पदार्थ बनाउन प्रयोग हुने सामग्री सहित एकजनालाई पक्राउ गरेको छ। जिल्लाकै बागमती नगरपालिका–९ सुकेखोलाबाट सोही नगरपालिकाको वडा नं. ११ निवासी ५३ वर्षीय मानबहादुर वाईबा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मलंगवा स्रोतले जनायो। जिल्ला प्रहरी कार्यालय मलंगवा तथा ईलाका प्रहरी कार्यालय हरिपुरको विशेष संयुक्त टोलीले वाईबालाई नियन्त्रणमा लिएको बताईएको छ।

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने भएको छ । सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाईजस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ ।

मतदान केन्द्रमा ६४ प्रकारका सामग्री (सूचीसहित)

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अन्तर्गत एउटा मतदान केन्द्रमा विभिन्न ६४ प्रकारका सामग्री प्रयोग गरिने छ। सियो, खापसियो, धागो, खाम, घडी, टर्च लाइट, क्यालकुलेटर, लाहा, फलाटिन कपडा, सलाई जस्ता सामान्य सामग्रीदेखि अति संवेदशील सामान मतदान केन्द्रमा व्यवस्था गरिएको छ।

सिन्धुपाल्चोकका ४ मतदान केन्द्र महिलाको जिम्मामा (फोटो फिचर)

संविधान कार्यान्वयन गर्दै प्रतिनिधि चुन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गराउने जिम्मेवारी पाएका कर्मचारी बुधबारदेखि गाउँ खटिन थालेका छन्। मतदान केन्द्रमा प्रयोग हुने ६४ प्रकारका सामग्री बोकेका उनीहरु बिहीबार साँझसम्म कार्यक्षेत्र पुगिसक्ने छन्।  जिल्लाका चार वटा केन्द्रमा महिला मात्र कर्मचारी खटाइएका छन्।

जुम्लामा मतदाता शिक्षा सामग्री लुटियो

जुम्ला सिंजा गाउँपालिका–२ को रनुखानामा मतदाता शिक्षा सामग्री लुटिएको छ । रोपनी जनजागृति प्रावि मतदान केन्द्रका मतदाताको लागि लिँदै गरेको मतदाता शिक्षा सामग्री अज्ञात समूहले लुटेको हो ।

सेनाको हेलिकोप्टरबाट निर्वाचन सामग्री ढुवानी (फाेटाे फिचर)

आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आवश्यक पर्ने निर्वाचन सामग्री हेलिकोप्टरमार्फत हिमाली र दुर्गम पहाडी जिल्लाहरुमा ढुवानी गरिएको छ । मतपत्र, मतपेटिका, मतदाता शिक्षा सामग्री, स्टामप्याड, मसी, छेकबारलगायत आवश्यक सामग्री नेपाली सेनाको हेलिकोप्टरमार्फत ढुवानी गरिएको हो ।

प्रचार सामग्री बनाउन भ्याइनभ्याई

नजिकिँदै गरेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनलाई आवश्यक प्रचार सामग्री बनाउन कामदारहरूलाई भ्याइ नभ्याइ छ । बागबजारका आर्ट पसल पार्टी कार्यलय नै हुन् कि भन्ने भान पर्छ । माग आउन् या नआउन् उनीहरू माग पूरा गर्ने तयारीमा छन् ।

प्रचार सामग्रीले सिंगारियो बजार

निर्वाचन नजिकिएसँगै खोटाङका अधिकांश व्यापारिक केन्द्र पार्टीको झण्डा, व्यानर, तोरण, पर्चा र पम्प्लेटले रंगिन थालेका छन् । आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको प्रचार–प्रसारकाक्रममा बढी भीडभाड हुने दिक्तेल, हलेसी, बाक्सिला, खोटाङबजार, चिसापानी, ऐसेलुखर्क लगायतका बजार पार्टीका प्रचार प्रसार सामग्रीले रंगिएका छन्।

पूजा सामग्रीको मूल्य बढ्दा उपभोक्ता मारमा

दशमी, दीपावली र छठपर्व सकिएपछि छठपर्वका लागि स्थानीय ताल तलाउ, खोला र नदी सरसफाइ गर्न र पूजाघाट बनाउन थालिएको छ।

राष्ट्रपतिबाट भीमेश्वरमा क्षमापूजाका लागि सामग्री प्रदान

राष्ट्रपति विद्यादेवी भण्डारीले दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजाका लागि आज सामग्री पठाएकी छन्।

रसुवामा बजार अनुगमन, म्याद गुज्रिएका सामग्री छ्याप्छ्याप्ती

उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै रसुवाको प्रमुख बजार केन्द्रहरुमा हरेक वर्ष अनुगमन हुने गर्छ। वर्षमा यति पटक अनुगमन गर्नुपर्ने भन्ने बाध्यात्मक व्यवस्था नभए पनि दशैँ आसपास सधैँ अनुगमन हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्