संखुवासभा – प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न भएर नतिजा प्रकाशित भइसक्दापनि विभिन्न राजनैतिक दलले भने प्रचार प्रसारमा प्रयोग गरिएको निर्वाचन सामग्री हटाउन सकेका छैनन् । कांग्रेसबाहेक अन्य राजनैतिक दलका कार्यकताहरुले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअघि प्रचार प्रसारको लागि विभिन्न स्थानमा टाँसेका पोस्टर र झण्डा लगायतका सामग्री नहटाउँदा जिल्ला कुरुप देखिएको छ ।
कांग्रेसले भने मतगणना अगाडि प्रचार सामग्री हटाइसकेको थियो । जिल्ला निर्वाचन कार्यालयले राजनैतिक दललाई बारम्बार प्रचार प्रसारका सामग्री हटाउन निर्देशन दिइसकेको छ । निर्वाचन सकिएको दुई साता भइसक्दा उम्मेदवार र राजनीतिक दलहरुले यस विषयमा गम्भिर नदिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रकाशित: ९ पुस २०७४ ०९:३६ आइतबार