९ आश्विन २०८१ बुधबार
image/svg+xml

ऊर्जामन्त्री पुनद्वारा रोल्पाका सबै पालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री प्रदान

ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुन (अनन्त)ले काठमाडौंबाट गृह जिल्ला रोल्पामा कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन्। मन्त्री पुनले सोमबार चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका हुन्।

जाजरकोटमा गरिब तथा विपन्न परिवारलाई खाद्य सामग्री वितरण

नेपाली कांग्रेस जाजरकोटका कोषाध्यक्ष तेजविक्रम शाहले यहाँका  अति विपन्न ७२ परिवारलाई खाद्य सामग्री सहयोग गरेका छन्। सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक ज्यालादारीमा जीविको पार्जन  परिवारहरुलाई दाल, चामल, नून, तेल लगायतका सामग्रीहरु वितरण गरेका हुन्।

रसुवामा कोरोना रोकथाम तथा न्यूनीकरणका लागि आवश्यक भन्दा न्यून सामग्री

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रण तथा रोकथामका लागि रसुवामा आवश्यक पर्ने भन्दा न्यून सामग्री रहेको देखिएको छ। वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार जिल्लामा न्यून सामग्री मौज्दात रहेको छ।

चीनको कुन्शान शहरबाट स्पेनलाई स्वास्थ्य सामग्री सहयोग

चीनको जियाङ्सु प्रान्तको कुन्शान शहरले कोरोना भाइरस रोग विरुद्ध संघर्षरत स्पेनका लागि स्वास्थ्य सामग्री प्रदान गरेको स्थानीय नगर सरकारले जनाएको छ।

भारतबाट भित्रिए खाद्य र ग्यास बोकेका गाडी

लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ।

अनधिकृत स्वास्थ्य सामग्री खरिद तयारी

स्वास्थ्य सेवा विभागले अनधिकृत रुपमा मेडिकल सामग्री खरिद गर्ने प्रक्रिया अघि बढाएको पाइएको छ। ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिसँग करिब एक अर्ब २५ करोडको मेडिकल सामग्री खरिद गर्ने निर्णयबाट पछि हटेको विभागले खरिदका लागि पुनः प्रक्रिया अघि बढाउन लागेको हो।

भोका डोल्पालीलाई  सांसदको राहत

डोल्पाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य धनबहादुर बुढाले काठमाडौँमा भोकभोकै बसेका डोल्पालीलाई खाद्य सामग्री वितरण गरेका छन्।

जोखिममा स्वास्थ्यकर्मी : तल्लो तहका कर्मचारीले पाउदैनन् स्वास्थ्य सामग्री

दश दिनअघि कोरोनाको आशंकामा एक जना बिरामीलाई बुटवलको प्रादेशिक अस्पतालले भर्ना लिन नमानेको घटना बाहिरीएपछि त्यहीका स्वास्थ्यकर्मीले भनेका थिए ‘बिरामीको उचीत उपचार गर्ने होे भने पहिले स्वास्थ्यकर्मी र अस्पताललाई सुरक्षित बनाउ।’

मैतिदेवी वडा कार्यालयबाट राहत सामग्री लिँदै सर्वसाधारण (फोटोसहित)

सरकारले कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तथा जोखिमलाई नियन्त्रण गर्न राष्ट्रव्यापी आपतकालीन लकडाउन गरेको ११ औं दिन पुगेको छ।

रसुवामा अत्याश्यक सामग्री आयातका लागि ढुवानी कार्ड जारी गरिने

रसुवामा अत्याश्यक सामग्री आयातका लागि ढुवानी कार्ड जारी गरिने भएको छ। जिल्लामा खाद्यान्न, औषधि, इन्धन, कुखुरा, कुखुराको चल्ला, दाना, फलपूmल, तरकारी, दुध लगायतका अत्यावश्यक वस्तु आयात गर्ने सवारीलाई ढुवानी कार्ड प्रदान गर्न लागिएको हो।

निकटबाटै चिढिए ओली

विपद्का बेला सरकारले गरेका काम आफू निकट केही मन्त्री र आफ्नो सचिवालयका सदस्यलाई जोडेर विवादमा आएपछि प्रधानमन्त्री ओली रिसाएका छन्।

स्वास्थ्य सामग्री ल्याउने जिम्मा सेनालाई

सरकारले कोभिड १९ रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक औषधि, उपकरण रक्षा मन्त्रालयसँग समन्वय गरी नेपाली सेनामार्फत जी टु जी प्रक्रियाबाट खरिद गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरिसकेको छ।

ओम्नी समूहसँगको स्वास्थ्य सामग्री खरिद सम्झौता रद्ध

सरकारले मेडिकल सामग्री खरिदका लागि ओम्नी समूहसंग गरेको सम्झौता रद्द गरेको छ। विश्वभर कोरोना भाइरसको संक्रमण फैलिदै गएको र नेपालमा पनि कोरोनाका पोजेटिभ विरामी देखिएपछि सरकारले कोरोना परीक्षण र उपचार सम्बन्धी मेडिकल सामग्री खरिदका लागि ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनलसंग सम्झौता गरेको थियो।

सांसद र सिडिओले बुझे राहत सामग्री

स्थानीय सुरेश पन्थले उपलब्ध गराएको राहात सामग्री (मास्क, सेनिटाइजर र पन्जा) सांसद र सिडिओले बुझेका छन्।

चीनको जिलोङ काउन्टीद्वारा समितिलाई स्वास्थ्य सामग्री प्रदान

चीनको स्वशासित क्षेत्र तिब्बतको जिलोङ काउन्टी प्रशासनले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई स्वास्थ्य सामग्री प्रदान गरेको छ। काउन्टीले सोमबार १५ प्रकारका सामग्री सहयोग स्वरूप उपलब्ध गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्