७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

डेंगु महामारीले पूवाञ्चल क्याम्पसमा पठनपाठन स्थगित

दुई सातायता सो क्याम्पसमा अध्ययनरत विद्यार्थीमा डेंगु ज्वरो देखिन थालेको थियो। डेंगु ज्वरोका बिरामी विद्यार्थीको संख्या बढ्दै गएपछि उनीहरूमा मनोवैज्ञानिक त्रास फैलिएको छ।

हावाहुरीले छानो उडाँदा पठनपाठन प्रभावित

ओखलढुंगाको एक विद्यालयको छानो हावाले उडाउदा पठन पाठन प्रभावित भएको छ। जिल्लाको मोलुङ्ग गाउँपालिका–७ पात्लेमा रहेको पात्ले माध्यमिक बिद्यालयको छानो हावाहुरीले उडाउदाँ पठनपाठन प्रभावित भएको हो।

हचुवाको भरमा विद्यालय सुधार योजना

विद्यालयको शैक्षिक, भौतिक लगायतका क्षेत्रमा सुधार गर्न वार्षिक सुधार योजनाहरु आवश्यक पर्छ। तर, हिमाली जिल्ला डोल्पाका विद्यालयहरुले भने हचुवाको भरमा योजनाहरु बनाउदा उपलब्धी हाँसिल हुन नसकेको गुनासाहरु आउन थालेका छन्।

नयाँ भवन बनेपछि पठनपाठन सहज

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१, याम्खास्थित महेन्द्रोदय माविको नयाँ भवन निर्माण भएको छ। राष्ट्रिय पुनर्निमाण प्राधिकरणमार्फत प्राप्त ६१ लाख ४६ हजार रुपैयाँ लागतमा उक्त विद्यालयका लागि दुई तले चारकोठे भवन बनाइएको हो।

ओखलढुंगामा हिमपात, पठनपाठनमा समस्या

ओखलढुंगामा हिमपात भएको छ। बुधबार बिहानैदेखि जिल्लाको माथिल्लो भेगमा हिमपात भएको हो। सिद्धिचरण नगरपालिका–६ जन्तरखानीको ठाँडेडाँडा, खिजिदेम्बा गाउँपालिकाको खिजिफलाटे, पात्ले, काती, रावादोलु, भुसिंगा लगायतका माथिल्लो क्षेत्रमा हिमपात भएको छ।

टहरामा पठनपाठन, त्रासमा विद्यार्थी

अरुणा तामाङ रानीपोखरीस्थित भानु मावि (दरबार हाइस्कुल) मा कक्षा ८ मा पढ्छिन्। उनी विद्यालयकी नियमित विद्यार्थी हुन्।

विप्लवनिकट अखिल क्रान्तिकारीले गरेको शैक्षिक हड्तालले पठनपाठन प्रभावित

आफ्ना कार्यकर्ता पिक्राउको विरोधमा विप्लवनिकट अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल गर्दा पठनपाठन प्रभावित भएको छ।

विद्यार्थी यार्सा टिप्न लेकतिर, पठनपाठन ठप्प

जिल्लाको पातारासी गाउँपालिकास्थित विद्यालयमा अध्ययनरत विद्यार्थी यार्सा टिप्न लेकतिर गएपछि विद्यालय सुनसान छन्।

हावाहुरीले विद्यालय भवन भत्कायो, पठनपाठनमा समस्या

सामान्य वर्षासँगै आएको हावाहुरीले यहाँको एक विद्यालय भवन पूर्ण रुपमा क्षतिग्रस्त बनेको छ। गत चैत १६ गते राती आएको आँधी भवनको छाना मात्रै नभएर गाह्रो समेत लडाएको विद्यालयले जनाएको छ।

चिसोका कारण कक्षाकोठा बाहिरै पठनपाठन

उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिर पठनपाठन गराउँदै आएका छन् । हिमालसँग रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैं बाहिर पठनपाठन गर्दै आएको जानकारी अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुलीले गराए ।

भूकम्प गएको दुई वर्षपछि पनि टहरामै पठनपाठन

विनाशकारी भूकम्पले क्षति पुर्याएकाे राजधानीका अधिकांश विद्यालय पुनःनिर्माण नहुँदा बालबालिका अझै टहराभित्रै आफ्नो पढाइलाई निरन्तरता दिन बाध्य छन् ।

मनोपरामर्शपछि पठनपाठन

मनोकामना माविका प्रिन्सिपल भवानी पौडेलले मंगलबारको बम आतंकका कारण नानीहरुमा मनोत्रास कायमै रहेकाले बुधबार बिहानै अन्तर्त्रि्कया गरिएको बताए। उनले बुधबार विद्यार्थीलाई कक्षा शिक्षकले मनोपरामर्श दिँदै कक्षा सुरु गरेको समेत जनाए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्