२० आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

चिसोका कारण कक्षाकोठा बाहिरै पठनपाठन

मनाङ, कात्तिक २३ – उच्च हिमाली क्षेत्रमा चिसो बढ्न थालेपछि मनाङका अधिकांश विद्यालयले कक्षाकोठा बाहिर पठनपाठन गराउँदै आएका छन् । हिमालसँग रहेका विद्यालय र शून्य डिग्री तापक्रम वरिपरि हिमपातका कारण कक्षाकोठामा बढी चिसो हुने भएकाले कक्षाकोठामा पठनपाठन गर्न कठिन भएको र चिसो बढेपछि सधैं बाहिर पठनपाठन गर्दै आएको जानकारी अन्नपूर्ण मावि मनाङका शिक्षक चित्रकला पराजुलीले गराए ।

'बिहान १० देखि ३ बजेसम्म घाम लाग्ने र घामको ताप रहुन्जेल सहज हुने भएकाले बालबालिकालाई घाममा राखेर पढाउँदै आएका छाैं । समयमा पठनपाठन सिध्याउनु पर्ने हुँदा सार्वजनिक बिदामा पनि विद्यालयमा पठनपाठन भइरहेकाे छ,'उनले भने । नेपालका अधिकांश सरकारी विद्यालय सार्वजनिक बिदाका दिनमा बन्द भए पनि मनाङको माथिल्लो भेगमा रहेका विद्यालयमा पढाइ हुने गरेको पाइन्छ ।

प्रकाशित: २३ कार्तिक २०७४ ०७:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App