२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml

एमाले केन्द्रीय कमिटी बैठक भक्तपुरमा बस्ने

यही मङ्सिर २५ र २६ गते एमालेको केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी गठन, पोलिटब्यूरो गठन, विभिन्न विभाग गठनलगायत एजेन्डा रहेका छन्।

नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।

एमालेमा उमेर हद विवाद

नेकपा एमालेमा ७० वर्षे उमेर हद र पदाधिकारीबारे विवाद उत्पन्न भएको छ। विधान महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी बैठकमा उमेर हद हटाउने कि राख्ने, पदाधिकारीको संख्या बढाउने कि प्रस्तावितलाई नै कायम गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको हो।

एमाले बैठकः टोली नेताद्वारा प्रतिवेदनमाथि सुझाव पेस गर्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन्।

एमाले केन्द्रीय कमिटी बैठकः प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल जारी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ।

एकीकृत समाजवादीले गर्‍यो पदाधिकारी चयन, महासचिवमा बेदुराम भुसाल (सूचीसहित)

नेकपा (एकीकृत समाजवादी)ले पदाधिकारी चयन गरेको छ। आज बस्ने केन्द्रीय कमिटी बैठकमा एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसालकाे नाम चयन गरेकाे समाजवादीका प्रचार विभाग प्रमुख जगननाथ खतिवडाले जानकारी दिए।

एमालेमा १६ पदाधिकारी प्रस्ताव: आलोचना भएपछि पुरानै मोडल

पार्टीमा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको ७० वर्षे उमेर हदको विषय रहेको छ। विधान मस्यौदामा त्यो विषय नवौं महाधिवेशनकै निरन्तरता हो। त्यसो हुँदा आउँदो फागुनमा केपी ओलीको उमेर ७० वर्ष पूरा हुनेछ। मंसिरमै महाधिवेशन भए एक कार्यकालका लागि उनले अध्यक्ष बन्न पाउनेछन्।

विप्लव नेतृत्वको नेकपाको केन्द्रीय कमिटी बैठक बन्दीपुरमा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटी बैठक आजदेखि तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा सुरु भएको छ।

एमाले केन्द्रीय कमिटी बैठक बस्दै

आज नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो।

खनाल–नेपाल समूह केन्द्रीय कमिटी बैठकमा सहभागी नहुने

नेकपा (एमाले) ले बोलाएको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्ष सहभागी नहुने भएको छ।

विरोधी पन्छाएर दल कब्जा गर्ने ओली दाउ

नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा पार्टी कब्जा गर्दै आफ्ना विरोधीलाई पन्छाउने तयारी थालेका छन् । ओलीले केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी पुनर्गठन र विधान संशोधन गरी आफ्नो पक्षमा बहुमत पुर्‍याएर पार्टी कब्जा गर्ने रणनीति लिएका छन् ।

दाहाल–नेपाल केन्द्रीय कमिटी बैठकः नयाँ सरकार गठनमा खुला छलफल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले नयाँ सरकार गठनका लागि सबै पक्षसँग खुला सहकार्य गर्ने निर्णय गरेको छ । समूहको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने सबै दलसँग सहकार्य गर्न सकिने निर्णय गरेको स्थायी कमिटी सदस्य भीम रावलले बताए ।

प्रचण्ड–नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सर्‍यो, महासचिवको टुङ्गो लगाउने तयारी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक सरेको छ।

केन्द्रीय कमिटी बैठकको माग गर्दै अध्यक्षद्धयलाई १५२ जनाको हस्ताक्षर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठकको माग गर्दै हस्ताक्षर बुझाएका छन् ।

नेकपामा संकट गहिरिँदै

विवाद बढ्दै गएपछि सहमति खोज्न स्थायी कमिटी बैठक स्थगित गरेर शीर्ष नेताहरू छलफलमा जुटेका छन्। तर आइतबार साँझसम्म कुनै सहमति जुट्न सकेको छैन। दुई अध्यक्षबीच आइतबार भएको छलफल पनि निकासमा पुग्न सकेन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्