८ वैशाख २०८१ शनिबार
राजनीति

नेकपा (एस)ले बोलायो केन्द्रीय कमिटी बैठक

नेकपा (एकीकृत समाजवादी)ले आगामी २७ र २८ कात्तिकमा पार्टी केन्द्रीय कमिटी बैठक बोलाएको छ।  

ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा बस्ने बैठकले संगठन विस्तार, सरकारको कामको समीक्षा, प्रदेश सरकारमा पार्टीको सहभागिता र भूमिका, न्यायालयमा देखिएको समस्यालगायतका विषयमा छलफल गर्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकले यसअघि पार्टी सचिवालयलगायतले गरेका निर्णयको समेत अनुमोदन गर्ने बताइएको छ।

प्रकाशित: २२ कार्तिक २०७८ १३:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App