१० मंसिर २०८१ सोमबार
image/svg+xml

सर्लाहीको चक्रघट्टामा ७ सय २५ जनाको निःशुल्क आँखा परीक्षण

सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा स्थानीय जनशक्ति युवा क्लब चक्रघट्टा ५ पडरियाले चक्रघट्टा बजारमा आयोजना गरेको निःशुल्क आँखा शिविरमा ठूलो संख्यामा आँखाका बिरामीको उपस्थिति रहेको थियो।

पालिकाको भवन बनाउन स्थानीयले दिए डेढ करोड बढी पर्ने जग्गा निःशुल्क

पालिकाको प्रमुख प्रशासकीय भवन बनाउने प्रयोजनका लागि ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पाँचजनाले डेढ करोड बढी मूल्यको जग्गा निःशुल्क उपलब्ध गराएका छन्।

शङ्खरापुरमा सात प्रकारका स्वास्थ्य सेवा निःशुल्क

निःशुल्क स्वास्थ्य सेवाका लागि नगरपालिका र शाखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालबीच आज सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सो अस्पतालसँग वडा नं १ देखि ९ सम्मका नगरवासीलाई निःशुल्क तथा विशेष छुटमा स्वास्थ्य सेवा उपलब्ध गराइने सम्झौता पत्रमा उल्लेख गरिएको नगर प्रमुख रमेश नापितले बताए।

प्याड लिन विद्यालयमा मेसिन जडान

कालिकोटमा पहिलोपटक सेनेटरी प्याड (भेन्डिङ्ग) मेसिन जडान गरिएको हो। विद्यालयमा सेनेटरी प्याड मेसिन जडान भएपछि छात्राहरू पनि खुसी भएका छन्।

सनराइजको निःशुल्क क्यान्सर शिविर

सनराइज बैंकले निःशुल्क स्तन क्यान्सर परीक्षण शिविर आयोजना गरेको छ। जनचेतना अभिवृद्धि गर्न बैंकले नेपाल मधुमेही समाजसँगको सहकार्यमा शिविर सञ्चालन गरेको हो।

महानगरको आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा

विराटनगर महानगरपालिकाले आफ्नै आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ।मंगलबारदेखि आधारभूत आयुर्वेद स्वास्थ्य केन्द्र सञ्चालनमा आएको हो।

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता खोल्ने सुविधा

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ।

अन्नपूर्ण केवलकारको निःशुल्क बस सेवा

अन्नपूर्ण केवलकारले निःशुल्क बस सेवा सुरु गरेको छ। सेदीस्थित केवलकारको तल्लो स्टेशनसम्म आउजाउ गर्ने यात्रुलाई सहजताका लागि निःशुल्क सटल बस सुरु गरेको कम्पनीले बताएको छ।

सुत्केरीलाई निःशुल्क ऐम्बुलेन्स सुविधा, ज्येष्ठ नागरिकलाई घरमै उपचार

सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिका धनगढीमा एमालेले १६ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ। सुत्केरी महिलालाई निःशुल्क एम्बुलेन्स सेवा र ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य उपचार उपलब्ध गराउने घोषणा गरेको छ।

महिलालाई निःशुल्क सार्वजनिक यातायात, विवाहमा ५१ हजार सहयोग

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले सबै महिलालाई सार्वजनिक यातायतमा निःशुल्क यात्रा गर्न पाइने व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

ज्योति बैंकका इलाम र कन्चनबारीमा शाखा

ज्योति विकास बैंकले इलामको कन्याम बजार र मोरङको कन्चनबारीमा दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ।

एनआइसी एसिया बैंकबाट आन्तरिक रेमिटेन्स निःशुल्क

एनआइसी एसिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत दुई महिनासम्म निःशुल्क आन्तरिक रेमिटेन्स पठाउन सकिने योजना सार्वजनिक गरेको छ।

ऊर्जामन्त्री भुसालद्वारा सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा

ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले सिँचाईमा खपत हुने विद्युत निःशुल्क बनाउने घोषणा गरेकी छिन्।

टिसिएलको निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प

टिभी ब्रान्ड टिसिएलले निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प सञ्चालन गरेको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्