६ आश्विन २०८१ आइतबार
image/svg+xml

कफी पिउँदा लामो उमेर !

प्रायः पश्चिमेलीहरु जे कुरामा पनि शोध गर्न रुचाउँछन् । पछिल्लो समय गरिएको एउटा शोधमा दिनमा तीन पटक कफी पिउँदा मानिसको आयु लामो हुन सक्ने सम्भावना शोधकर्ताले व्यक्त गरेका छन् । यो शोध युरोपका दस देशका करिब पाँच लाख मानिसहरुमाथि गरिएको थियो । ३५ वर्ष उमेर समूहभन्दा माथिका व्यक्ति यस शोधमा संलग्न गरिएका थिए ।

९७ वर्षको उमेरमा नागरिकता

यहाँकी एक वृद्ध महिलाले ९७ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेकी छिन् । बाँफिकोट गाउँपालिका वडा नं. ८ की सर्केनी बुढाले ९७ वर्षको उमेरमा नागरिकता प्राप्त गरेकी हुन् ।

सर्वाेच्चमा ‘कम उमेर’ का कानुन व्यवसायीको खोजी

सर्वाेच्चमा लैजान मिल्ने अनुभवसमेत भएका कम उमेरका कानुन व्यवसायी छान्न प्रायः सबै राजनीतिक समूहका कानुन व्यवसायी छलफल र गृहकार्यमा जुटेका छन् ।

युवा उमेरमा नगरको जिम्मेवारी

भर्खरै ग्रामीण विकासमा स्नात्तकोतर गरेकी । साथै कानुनकी विद्यार्थी । अनुहारले प्रस्ट संकेत गर्छ, उनी कलिलै छिन् । उनी अर्थात् जानुका पराजुली, वर्ष ३० । समयले कलिलै उमेरमा बोझिलो जिम्मेवारी दिएको छ उनलाई ।

पाको उमेरमा व्यायाम

स्वस्थ शरीरका लागि सबै उमेरका मानिसले व्यायाम गर्न जरुरी छ । बढ्दो उमेरसँगै आउन सक्ने विविध समस्याबाट बच्न पनि शारीरिक व्यायाम अत्यावश्यक छ । हामीकहाँ अधबैँसेहरू मात्रै फिटनेस सेन्टर र क्लब धाउने गर्छन् । पाका उमेरका मानिस फिटनेस सेन्टर जाने चलन नै छैन ।

फ्रान्सको राष्ट्रपतिमा सबैभन्दा कम उमेरका मार्को विजयी

फ्रान्समा भर्खरै भएको राष्ट्रपतिको निर्वाचनमा अहिलेसम्म कै सबैभन्दा कम उमेर भएका एमानुयल मार्को विजयी भएका छन् । उनले नयाँ राजनीतिक दल खोलेको एक वर्षमा मै फ्रान्सको राष्ट्रपति पदमा विजयी भएर नयाँ इतिहास रचेका छन् ।

७९ बर्षीय ‘डोको बाजे’लाई उमेरले छेकेन

उमेरले ७९ वर्ष टेके पनि जैमिनी नगरपालिका–७ जैदीका डम्बरबहादुर रानाले सीप चलाउन छोड्नुभएको छैन। पन्ध्र वर्षको हुँदादेखि डोको बुन्न थालेका रानाको आयआर्जनको माध्यम नै त्यही परम्परागत सीप हो। समय बित्दै जाँदा रानाको नाम नै ‘डोको बाजे’ मा परिणत भयो। सीप र क्षमताले दिलाएको त्यही नामले उनलाई गाउँभरि चिन्छन्। डोको, थुन्से, भकारी, कोठी, मान्द्रो, सेँगुजस्ता बाँसको चोयाबाट बन्ने घरेलु सामग्री बुनेर, बेचेर रानाको जीवन बितेको छ।

कामको उमेर हुँदैन

तन्नेरीले झैँ सक्रिय जीवन बाँचिरहेका ज्येष्ठ नागरिक धेरैका आदर्श हुन् । अर्कातिर, पेट पाल्नका लागि बुढेसकालमा हड्डी घोट्ने पनि छन् । ‘म कहिल्यै बुढो हुनेछैन । मेरा लागि वृद्धावस्था १५ वर्षको किशोरवयजस्तै हो’– बेलायती लेखक फ्रान्सिस बेकनको घतलाग्दो टिप्पणी हो यो ।

किताबको उमेर

पुस्तकको दर्शन थियो, ‘जुन कुरा तपाईं सोच्न सक्नुहुन्छ र त्यसमाथि विश्वास गर्नुहुन्छ, त्यो चिज तपाईंले अवश्य हासिल गर्न सक्नुहुन्छ।' यस सिद्धान्तमा यसपछि लाखौँ पुस्तक लेखिइसकेका छन्। करोडौँ सर्वसाधारणमा यसको अद्भूत असर परिसकेको छ। यस पुस्तकबाट नेपोलियनले खोजेजस्तो सफलता हात पारे।

उमेर मापदण्डले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या

मन्त्रालयले खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष र इजरायलको केयर गिभरलाई २५ वर्ष तोकेको छ। जबकि अन्य जुनसुकै देशमा जान उमेरको मापदण्ड छैन।

उमेरहदले नेवि संघमा किचलो

स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनमा २८ वर्षे उमेरहद तोकिएको विषयमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघभित्र विवाद चर्केको छ। कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूले स्ववियु निर्वाचनसम्बन्धी कानुनी व्यवस्थाअनुसार जुट्न संघका नेता तथा कार्यकर्तालाई निर्देशन दिए पनि असन्तुष्ट विद्यार्थी नेताहरूले २८ वर्षे उमेरहद स्वीकारेर निर्वाचनमा जान नसकिने अडान दोहोर्‍याएका छन्।

उमेरहद तत्काल नबढ्ने

निजामती कर्मचारीको सेवा उमेरहद तत्काल नबढ्ने भएको छ। कर्मचारीको उमेरहद ५८ बाट बढाएर ६० वर्ष बनाउन सामान्य प्रशासन मन्त्रालयले अघि बढाएको निजामती सेवा ऐन संशोधन प्रस्तावमा लोकसेवा आयोगले असहमति जनाएपछि तत्काल उमेरहद नबढ्ने भएको हो।

कर्मचारीको अवकास उमेर ६० वर्ष पुर्‍याउन लोकसेवा असहमत

निजामती कर्मचारीको अवकास उमेर हद दुई वर्ष थप गर्ने सामान्य प्रशासन मन्त्रालयको तयारीमा लोकसेवा आयोगले असहमति जनाएको छ। केही उच्च पदस्थ कर्मचारीको चलखेलमा सामान्यले कर्मचारी उमेर हद ५८ बाट बढाएर ६० वर्ष पुर्‍याउन प्रक्रिया अघि बढाइरहँदा आयोगले निजामती ऐन संशोधनमा असहमति जनाएको हो।

निजामतीको अवकाश उमेर

अनुभवबाट खारिएका व्यक्तिलाई नीति निर्माणको उच्च तहमा पुगेर सेवा गर्न नपाउँदै अवकाश दिनुपर्ने र तिनको नै सेवा लिन फेरि परामर्शदाता बनाउनुपर्ने विडम्बनायुक्त अवस्था न्यूनीकरण गर्न पनि उमेर हद बढाउनु उपयुक्त हुन्छ।

त्रिविले ताेकेकाे २८ वर्षे उमेरहदविरुद्ध विद्यार्थी नेताहरुको प्रदर्शन

त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्याथर्थी युनियन (स्ववियु) निर्वाचनमा उम्मेदवारको उमेरमा तोकेको हदबन्दीको विरोधमा बिहीबार साँझ वीरगन्जस्थित ठाकरराम बहुमुखी क्याम्पस अगाडी नेपाल विद्यार्थी संघआबद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका छन्। बुधवार बसेको त्रिविको ४२ औं त्रिवि सभा(सिनेट)ले स्ववियु निर्वाचनका लागि उम्मेदवारको हदबन्दी २८ वर्ष तोकेको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्