१५ मंसिर २०८१ शनिबार
image/svg+xml

बलात्कारको घटना गुपचुप पार्ने एसपीलाई ‘प्रवल जनसेवा श्री’पदक

प्रेमी र उनका साथी मिलेर इटहरी तरहराकी १६ वर्षीया बालिकालाई जबरजस्ती बलात्कार गरेको घटना ‘गुपचुपुमा मिलापत्र गरेको आरोपमा कारबाहीमा परेका नेपाल प्रहरीका एसपी विद्यानन्द माझीलाई सरकारले ‘प्रवल जनसेवा श्री’ पदक प्रदान गरेको छ।

इसेवा पसलको कारोबार सुरु

इसेवा पसलको औपचारिक रूपमा कारोबार सुरू भएको छ । भाटभटेनी अनलाइन डटकमलाई इसेवा पसल डटकमका रुपमा रि–ब्रान्डिङ गरी एफवान सफ्ट इन्टरनेसनल प्रालिले सुरु गरेको हो।

आज देशभर स्वास्थ्य सेवा बन्द

सरकारले मुलुकी अपराध संहिता संशोधन गर्ने लिखित प्रतिबद्धता पूरा नगरेको विरोधमा नेपाल चिकित्सक संघले आइतबार देशभरका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिक सेवाबाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने भएको छ।

करको दर र दायरा

राज्यलाई कर तिर्नेहरूको गुनासो छ– कर तिरेअनुसार सेवा, सुविधा र सहुलियत पाइएन । नागरिकले तिरेको करको सदुपयोग भएन । कर नतिर्नेहरू भन्छन्— केही सेवा, सुविधा र सहुलियत नदिने राज्यलाई किन कर तिर्ने ? कर तिर्ने र कर नतिर्ने दुवैखाले नागरिकको प्रश्न जायज छ।

कर्मचारी व्यवस्थापन सुस्त

संगठन तथा व्यवस्थापन (ओएनएम) सर्भे रिपोर्टले संघ, प्रदेश र स्थानीय तहका लागि १ लाख २३ हजार कर्मचारी आवश्यक पर्ने जनाएको छ । हाल देशभर कार्यरत १ लाख २ हजारमात्र कर्मचारी रहेको मन्त्रालयले जनाएको छ।

५८ बाट ६० पु-याउने तयारी

निजामती कर्मचारीको उमेरहद ६० वर्षको हुने भएको छ। सरकारले निजामती सेवा ऐनमा भएको ५८ वर्षे उमेरहद बढाएर ६० वर्ष पु-याउने अन्तिम तयारी गरेको छ।

प्रभु इन्स्योरेन्स–ओम हस्पिटल सम्झौता

प्रभु इन्स्योरेन्स लिमिटेड र ओम हस्पिटल एन्ड रिसर्च सेन्टरबीच नगदरहित (क्यासलेस) सेवा सम्झौता भएको छ।

काठमाडाैंमा प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु

गोंगबु–सिनामंगल ‘रुट’मा प्रदूषणमुक्त उच्च प्रविधियुक्त बस सेवा शुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र काठमाडौँस्थित एशियाली विकास बैंकका देशीय निर्देशक मुख्तोर खामुदखानोभले संयुक्तरुपमा साेमबार उक्त सेवाको शुभारम्भ गरेका हुन्।

घामको भरमा चल्छ दार्चुलाको सञ्चार सेवा

नेपाल टेलिकमको सञ्चार सेवा दार्चुलामा घामको भरमा चल्ने गरेका छन। लगातार मौसम खराब भई घाम नलागेपछि नेपाल टेलिकम दार्चुलाको ल्याण्डलाइन, मोबाइल फोन र इन्टरनेट सेवा पटक पटक ठप्प  हुने  गर्दछन्।

अवालेलाई जहाज उडाउन प्रतिबन्ध

विदेशी मुद्रा अपचलन मुद्दामा काठमाडौं जिल्ला अदालतबाट करिब एक करोड रुपैयाँ जरिवानाको फैसला सुनाइएका नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट (क्याप्टेन) सुवर्ण अवालेलाई जहाज उडाउन नदिने निर्णय गरेको छ।

निजामती सेवा ऐन मन्त्रिपरिषद्मा लैजाने तयारी

निजामती सेवा ऐन २०४९ लाई विस्थापित गर्न संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले तयार गरेको संघीय निजामती सेवा ऐन २०७५को मस्यौदालाई समान्यले एक साताभित्रै मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको छ।

सूचना नदिने नेवानिको गम्भीर लापरबाही

नेपाल वायुसेवा निगम व्यवस्थापन ‘लापरबाही’ गरी बोइङ भन्दै एयरबसको ‘वाइड बडी’ जहाज भारतको नयाँदिल्ली पठाएका कारण उक्त जहाज ६ घन्टासम्म उतै अड्किएको खुलासा भएको छ।

त्रिवि सेवा आयोगका सदस्य पोख्रेललाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्याल सेवा आयोगका सदस्य चिन्तामणी पोख्रेललाई पुनर्बहाली गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दिपककुमार कार्कीको एकल इजलासले सोमवार अन्तरिम आदेश जारी गर्दै पोख्रेलललाई पुनर्वाहली गरेको हो।

एफटिटिएचमा भ्वाइस सेवा पनि सुरु

नेपाल टेलिकमले वितरण गरिरहेको ‘फाइबर टू दी होम’ (एफटिटिएच) सेवा अन्तर्गत इन्टरनेट सेवाको साथै आइपी प्रविधिमार्फत चल्ने भ्वाइस टेलिफोन सेवा पनि प्रदान गर्न सुरु गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्