२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

त्रिवि सेवा आयोगका सदस्य पोख्रेललाई पुनर्बहाली गर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं - सर्वोच्च अदालतले त्रिभुवन विश्वविद्याल सेवा आयोगका सदस्य चिन्तामणी पोख्रेललाई पुनर्बहाली गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश दिपककुमार कार्कीको एकल इजलासले सोमवार अन्तरिम आदेश जारी गर्दै पोख्रेलललाई पुनर्बहाली गरेको हो।

अघिल्लो सरकारले गरेका नियुक्तिहरुलाई ओली सरकारले खारेज गरेपछि पोखरेल समेत पदमुक्त भएका थिए । आफु नियम सम्मत रुपमा नियुक्त भएको दावी गर्दै पोख्रेलले सरकारको निर्णय बदरगरी आफ्नो पुनर्वाहालीको माग सहित सर्वोच्चमा रिट दर्ता गराएका थिए।

पोख्रेलको सोमवारै ४ बजे सेवा आयोगको कार्यालयमा पुनर्वाहली गराइने भएको छ। 

 

प्रकाशित: २१ श्रावण २०७५ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App