१२ मंसिर २०८१ बुधबार
image/svg+xml

प्रक्रिया मिचेर कर्मचारी भर्ना

लोकसेवा आयोगले निकालेको विज्ञापनमा मधेसीको आरक्षण कटौती गरेको आन्दोलन चलिरहँदा युएनअन्तर्गतको युएनडिपीले निकालेको विज्ञापनमा प्रक्रिया मिचेर कर्मचारी भर्ना गरेको छ।

आयुर्वेदका सेवालाई अन्य सेवामा नगाभ्न आग्रह

नेपाल आयुर्वेद चिकित्सक सङ्घले सङ्गठन तथा व्यवस्थापन सर्वे कार्य नगरी सङ्गठन संरचना नबनाउन, आयुर्वेदका सेवा कार्यक्रम नहटाउन, आपसमा नगाभ्न(मर्ज) सङ्घीय सरकारसित माग गरेको छ।

मिटर रिडिङ समयमा नहुँदा सेवाग्राहीलाई सास्ती

हरेक महीना सेवाग्राहीहरुको घरमा पुगेर मिटर रिडिङ गर्नुपर्ने नेपाल विद्युत प्राधिकरणको प्रावधान रहे पनि यहाँस्थित विद्युत कार्यालयका कर्मचारीको बेवास्ताका कारण सेवाग्राहीले सास्ती खेप्नु परेको छ।

विदेशी र नेपालीलाई एउटै हवाई भाडा अमान्य : निजी विमान कम्पनी

केही प्रभावशाली विदेशीको चासोका कारण नेपालका वायुसेवा कम्पनीले विदेशीसँग लिने हवाई भाडा नेपाली रुपैयाँ नै कामय गराउने लबिङ भइरहेको छ। अहिले नेपालका वायुसेवा कम्पनीले हवाई भाडा नेपालीसँग नेपाली रुपैयाँमै र विदेशीसँग डलरमा लिन्छन्।

किनेको १४ महिनापछि जापान उड्दै वाइडबडी

नेपाल वायुसेवा निगमले जापानको ओसाका उडानको तयारी पूरा भएको जनाएको छ। वाइडबडी बिमान किनेर ल्याएको करिब १४ महिनापछि अगस्ट २९ बाट जापान उडाउने तयारी भएको निगमको भनाइ छ।

एनसेलको सहकार्यमा ‘स्टार्टअप कोलाबोरेसन वर्कसप’

विश्वभरका मोबाइल सेवा प्रदायक कम्पनीको छाता संगठन जिएसएमएले एनसेलसँगको सहकार्यमा नेपाली स्टार्टअपका लागि एक दिने ‘स्टार्ट अप कोलाबोरेसन वर्कसप’ आयोजना गरको छ।

लोकसेवाको विज्ञापन समावेशी नै छः पण्डित

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगको विज्ञापन तत्कालिन अवस्थामा समावेशी भएको दाबी गरेका छन्।

तीन चिकित्सकको भरमा तीन सय सेवाग्राही

मध्याह्न १२ बजे नागरिककर्मी जिल्ला अस्पताल पुग्दा सेवाग्राहीको भिड थियो। बिहानैदेखि लाममा बसेर पनि उपचार तथा चिकित्सकको परामर्श नपाएको भन्दै सेवाग्राही आक्रोशित देखिन्थे। बिरामीको भिड भए पनि जाँच गर्ने चिकित्सक बस्ने कोठा प्रायः खाली थिए। एकजनामात्रै चिकित्कले बिरामीको जाँच गर्नुपर्ने अवस्था थियो।

कश्मीरमा आंशिक रूपमा सञ्चार सेवा सुरु

भारत–प्रशासित कश्मीरका केही भागमा ल्यान्डलाइन टेलिफोन सेवा सुचारु गरिएको भारतले जनाएको छ। कश्मीरमा लगभग दुई सातादेखि सञ्चार र इन्टरनेटलगायतका सेवा बन्द गरिएको छ। कश्मीर उपत्यकामा रहेका सय फोन एक्सचेन्चमध्ये १७ वटा सुचारु गरिएको भारतीय अधिकारीहरुलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। ल्यान्डलाइन फोन आंशिक रूपमा सुचारु गरिएको भए पनि इन्टरनेट र मोबाइल सेवा भने अझै बन्द नै गरिएको छ।

हजार तीर्थयात्रीले लिए स्वास्थ्य सेवा

गोसाइँकुण्ड मेलामा आएका हजारभन्दा बढी तीर्थयात्रीले स्वास्थ्य सेवा लिएका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समिति रसुवाका अनुसार ६ दिनमा एक हजार आठजनाले सेवा लिएका हुन्। मेलाको समयमा लेक लाग्ने तथा स्वास्थ्यसम्बन्धी विभिन्न समस्या आउनेभएकाले स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो।

लोक सेवा विज्ञापनविरुद्ध विरोध

जनजातिहरुले लोक सेवाले खुलाएको पदपूर्तीको विज्ञापनविरुद्ध विरोध जनाएका छन् । शनिबार स्थानीय तहका लागि खोलिएको विज्ञापन खारेजीको माग राख्दैे नेपाल आदिवासी जनजाति महासंघ र विभिन्न जनजाति संगठनका जनजातिहरुले भृकुटीमण्डपमा विरोध प्रदर्शन गरे ।

लोकसेवा आयोगसम्बन्धी ऐनमा त्रुटी भेटियाे

ऐनको परिच्छेद ५ मा विज्ञापन प्रकाशन गर्नेसम्बन्धी प्रावधानको दफा २० (२) त्रुटीपूर्ण छ। उपदफा २ मा ‘दफा १८ बमोजिम पद सङ्ख्या निर्धारण भएपछि आयोगले खुला प्रतियोगिता तथा बढुवाद्वारा पदपूर्ति गर्न छुट्टाछुट्टै विज्ञापन प्रकाशन गर्नुपर्नेछ’ भनी उल्लेख छ। तर, दफा १८ मा भने पद सङ्ख्या निर्धारणसम्बन्धी व्यवस्था छैन।

हुलाक सेवा : चिठी पनि आउँदैनन्, फुर्सद पनि छैन

समय परीवर्तन हुन कति बेर! घर छोडेर सहर पसेका वा धन कमाउन प्रदेश पुगेका आफन्तको खवर पाउन कुनै समय कि हुलाकी कुर्नु पर्थ्यो कि त आकासवाणी (आवा)। अब न हुलाकीको समय छ न त आवाको।

लोकसेवा विज्ञापनबारे बालुवाटारमा धर्ना

संविधानको मर्म र समानुपातिक समावेशी सिद्धान्तविपरीत लोकसेवा आयोगले प्रकाशन गरेकोे विज्ञापन रद्द गर्नुपर्ने मागसहित आज  प्रधानमन्त्री निवास नजीकै धर्ना दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्