१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

तीन करोड बढि राजस्व संकलन

करदाता सेवा कार्यालय खोटाङले आर्थिक वर्ष २०७५/०७६ मा तीन करोडभन्दा बढि राजस्व संकलन गरेको छ। २०७५ साल चैत २८ गतेदेखि सेवा सुरु गरेको करदाता सेवा कार्यालयले ३ करोड ३६ लाख ४२ हजार राजस्व संकलन गरेको हो।

नेपाल टेलिकमको रोमिङ शुल्कमा भारी छुट

नेपाल टेलिकमले विश्वभरका ८७ मुलुकका एक सय ९२ दूरसञ्चार सेवा प्रदायक कम्पनीसँग सहकार्य गरी ती देशमा जाँदा रोमिङ सेवा प्रयोग गर्न सकिने सुविधा उपलब्ध गराइरहेको जनाएको छ।

टेलिकमको रोमिङ शुल्कमा भारी छुट

नेपाल टेलिकमले रोमिङ सेवा शुल्कमा भारी छुट प्रदान गरेको छ। टेलिकमले सन् २००१ बाट जिएसएम पोस्टपेड सेवाका ग्राहकहरुका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवाको शुरुवात गरेको थियो। त्यतिबेला छिमेकी मुलुक भारतबाट प्रारम्भ गरिएको रोमिङ सेवा अहिले विश्वका धेरै मुलुकमा सञ्चालनमा आएको छ।

पठाओको ट्याक्सी सेवा सुरु

राइडिङ सेयरिङ एप्स पठाओले दुईपांग्रे सेवा लोकप्रियतासँगै व्यवसाय विस्तार गरी ट्याक्सीबाट पनि सेवा दिन थालेको छ। तर, यसका ग्राहकले साधारण ट्याक्सीको भन्दा सय रुपैयाँ बढी तिर्नुपर्छ।

अझै गठन हुन सकेन प्रदेश लोकसेवा

प्रदेश र स्थानीय तहका लागि आफैंले कर्मचारी भर्ना गर्न पाउनुपर्ने जिकिर गर्दै आएका प्रदेश सरकारले आफूले पूरा गर्नुपर्ने काममा ध्यान दिएनन्, त्यसैले गर्दा प्रदेश लोकसेवा आयोग गठनको तयारी सुस्त छ।

आरक्षण, सामाजिकन्याय र प्रतिनिधित्व

लोकसेवाआयोगले गत जेठ १५ गते प्रकाशन गरेको विज्ञापनका पक्ष÷विपक्षमा बहस जारी छ। सीमान्तको दृष्टिकोणमा उक्त विज्ञापन असंवैधानिकतथा समानुपातिक समावेशीभावनाविपरीत छ। आयोगले करिब ८ हजार ९ सय ४४ सिटको विज्ञापन निकाल्दा ४५ प्रतिशतआरक्षित सिटको लागि ४,०२५ सिट प्रचलित ऐनअनुसार समानुपातिक समावेशिताका लागि छुट्याउनुपर्ने थियो। तरआयोगले २,२६२ सिट मात्र छुट्याएको छ। जसका कारण १,७६३ सिट अपहरणमा परेको छ।

प्रदेश २ मा लोकसेवासम्बन्धी ऐन पारित

करिब छ महिना अघि प्रदेशसभामा टेबुल भएको लोकसेवा आयोग गठनसम्बन्धी विधेयक आवश्यक छलफलपछि विषयगत समितिले मंगलबार पारितको लागि सभामा पेस गरेको थियो।

वायुसेवा निगममा सुधारको लागि सुझाव दिन कार्यदल गठन

सरकारले नेपाल वायु सेवा निगममा सुधार ल्याउने गरी सुझाव दिन पाँच सदस्यीय कार्य दल गठन गरेको छ। नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले नेपाल वायु सेवा निगममा समग्र सुधार ल्याउने गरी आवश्यक सुझाव दिन पूर्व पर्यटन सचिव सुशील घिमिरेको संयोजकत्वमा ५ सदस्यीय 'नेपाल वायु सेवा निगम सुधार सुझाव कार्यदल’ गठन गरेका हुन्।

लोकसेवाको प्रश्न–पत्रप्रति किरात समुदाय असन्तुष्ट

लिच्छवीहरु नेपाल आएपछि उनीहरु नेपालको पुर्वी भेगतिर बसोबास गर्न लागेका हुन्। मंगोलहरु नेपालमा आएर किरात भएका हुन् भन्ने पनि कतिपयको मत छ।

लोकसेवा तयारी, विषयगत प्रश्नोत्तर

स्थानीय तहको एकल प्रयास पूरा हुन नसक्ने ठूला प्रकृतिका आयोजनाको लागि समपुरक अनुदान प्रदान गरिन्छ।

समावेशीकरणमा लोकसेवा विज्ञापन

लोकसेवा आयोगको सूचना नं. ५३०/०७५–७६ मा प्रकाशित स्थानीय तहका विभिन्न सेवा समूहका तर्फबाट खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाका लागि गरिएको विज्ञापनविरुद्ध मुलुकका विभिन्न स्थानमा नागरिक आन्दोलित छन्। लोकसेवाकोविज्ञापनले संविधानको भावना र मूलमर्ममै प्रहारगरी मुलुकमा ऐतिहासिक रूपमा विभेदमा पारिएका समुदायको समानुपातिक सहभागिताको अधिकार अस्वीकार गरेकोदाबीआन्दोलनकारीहरूलेगरेका छन्।अतः यो लेख समावेशी र आरक्षणका सन्दर्भमा संवैधानिक आयोगका रूपमा रहेको लोकसेवा आयोगको कार्यले संविधानको मूल मर्मसित कतिको तादात्म्य राख्छ भन्ने विषयमा केन्द्रित छ।

आम्दानीको १० प्रतिशत बाबुआमाको खातामा हाल्नुपर्नेबारे सुझाव लिने

संसदीय समितिले सन्तानले जेष्ठ नागरिक बाबु आमालाई दिने सेवा सुविधाको बारेमा विज्ञहरुको सुझाव लिने भएको छ।

३६ हजारमै जापान उड्न पाइने

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी जहाजबाट रु ३६ हजारमै जापान यात्रा तय गर्न सकिने भएको छ। आगामी भदौ १२ देखि जापानको ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले ओसाका रुटका लागि एकतर्फी काठमाडौँ–ओसाकाको मूल्य अभिवृद्धि करसहित रु ३६ हजार ९९९ नयाँ भाडादर निर्धारण गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्