सञ्चार सेवा अवरुद्ध, टावरको सामान बाटोमै अलपत्र
तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ। दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन्।
तल्लो डोल्पाअन्तर्गत पर्ने मुड्केचुला गाउँपालिका दुई सातादेखि सञ्चारविहीन भएको छ। दुर्गमको पीडा भुलाउने एकमात्र माध्यम फोन सेवा नै अवरुद्ध भएपछि नागरिक उकुसमुकुस भएका छन्।
सङ्खुवासभा जिल्ला अस्पतालमा निक साइमन नामक संस्थाका चिकित्सक बिदामा बसेपछि प्रसूति सेवा बन्द भएको छ। यो संस्थाका सबै चिकित्सक एकैपटक बिदामा बसेको अस्पताल प्रशासनले जनाएको छ। निःशुल्क रूपमा सेवा दिँदै आएको यो संस्थाका चिकित्सक एकै पटक बिदामा बसेपछि सेवा प्रभावित भएको छ। अस्पताल रित्तै पारेर चिकित्सक बिदामा हिँडेका छन्।
आजको दिन सार्वजनिक सवारीसाधन कम चल्ने भएकाले यात्रुहरुलाई सहजता प्रदान गर्न निःशुल्क बससेवा सञ्चालन गरेको प्रहरीले जनाएको हो । प्रहरीले पाँचवटा बस पश्चिम र पूर्वी चितवन क्षेत्रमा सञ्चालन गरेको छ ।
नेपाल वायुसेवा निगमले साउदी अरबमा जहाज उडान गर्ने सम्झौता गरेसँगै जनरल सेल्स एजेन्ट (जिएसए) नियुक्त गर्ने प्रक्रिया सुरु गरेको छ। निगमले साउदीमा उडान गर्ने भएपछि जिएसए लिन धेरै कम्पनीले चासो देखाएका थिए।
नेपालको एकमात्र कैदीबन्दीको उपचार गर्ने कारागार अस्पतालले दन्तसेवा शुरु गरेको छ। मुलुककै सबैभन्दा ठूलो कारागार केन्द्रीय कारागार सुन्धारा परिसरमा रहेको कारागार अस्पतालले असोजदेखि विशेषज्ञद्वारा दन्तसेवा शुरु गरेको हो।
वर्षायाममा बन्द भएको कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना निर्माणका क्रममा बनेको जलाशयमा जलयातायात (स्टिमर सेवा) पुनः शुरु भएको छ ।
राम्रो लगाउने, मिठो खाने र सुखले बस्ने आशामा दैनिक झण्डै १५ सय युवा विदेशिरहेका छन्। विदेशिने युवामध्ये केही आफ्नो गाउँबस्तीको सेवामा पनि सक्रिय छन्। जिल्लाबाट रोजगारीका लागि कोरिया गएका धादिङे युवा भने कामसँगै गाउँको सेवामा जुटेका छन्। उनीहरूले ‘धादिङ समाज कोरिया’ संस्था स्थापना गरेर गाउँको विकासमा जुटेका छन्।
चम्पादेवी गाउँपालिका–१० स्थित रानीवन प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स–रे सेवा सुरु गरिएको छ। स्वास्थ्य केन्द्र स्थापना भएको करिब २४ वर्षपछि एक्स–रे सेवा सुरु भएको हो।
अहिलेको निजामती सेवा निजामती सेवाको गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था २०४९ तथा नेपाल स्वास्थ्य सेवा ऐन २०५३ बमोजिम सञ्चालन भइरहेको छ। नयाँ संविधान बनेर लागु भएको पनि ४ वर्ष बित्न लागेको छ। सम्भवतः नेपाल सरकारले ती पुराना ऐनले नयाँ संविधानको भावना तथा मर्म नसमेट्ने भएकाले ती दुवै ऐनलाई बिस्थापित गर्ने ऐन ल्याउन लागेको देखिन्छ।
सिर्जनात्मक एकता युवा सेवा समाज च्यास्मीटारलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा सुरु होलेसुङ–जनकराज राई मार्ग गोल्डकपमा आयोजक साकेला सिली फुटबल क्लबले विजयी सुरुआत गरेको छ। हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिममा सञ्चालन हुँदै आएको गोल्डकपको उद्घाटन खेलको निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो।
ब्रह्मपुरी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यका छोराछोरीको नेतृत्व विकास तथा क्षमता अभिवृद्धिका लागि लोकसेवाको तयारीलगायत अन्य प्रतिस्पर्धाका लागि कक्षा सञ्चालन गर्ने भएको छ।
लोडसेडिङका बेलामा समेत विद्युत् आपूर्ति अर्थात ट्रंक लाइन सेवा लिएका भनिएका यहाँका चार उद्योगले अदालतमा दायर गरेको रिट निवेदन खारेज भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ का सुरेश श्रेष्ठ उक्त वडाका वडा सदस्य हुन्। जनस्तरमा प्रत्यक्ष रूपमा जोडिँदै आएका सुरेशलाई दुई वर्षसम्म आफू जनप्रतिनिधि भएको भान नै भएन।
जिल्ला अस्पताल डोटीले पछिल्लो समय सेवाग्राहीको विश्वास जित्दै आएको छ। डोटी जिल्लाका मात्र नभएर जिल्लाभन्दा बाहिरका बिरामी पनि उपचारका लागि उक्त अस्पतालमा आउने गरेका छन्।
प्रदेश नं ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन्।