६ सय सहसचिव र उपसचिव माग
लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ। ती पदका लागि ६ सय संख्याको विज्ञापन बुधबार प्रकाशन गरिएको हो।
लोकसेवा आयोगले ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा विज्ञापन खुलाएको छ। ती पदका लागि ६ सय संख्याको विज्ञापन बुधबार प्रकाशन गरिएको हो।
जनशक्ति निकै कम छ भने बिरामीको चाप बढ्दो। भौतिक पूर्वाधार अभावमा भएका उपकरण थन्किएका छन्। सहयोग तथा अनुदानका उपकरण राख्ने स्थान अभाव हुँदा सञ्चालनमै समस्या छ। वर्षात्मा पानी भरिएर तलाउ बन्छ। मध्यपश्चिम क्षेत्रीय प्रहरी अस्पताल नेपालगञ्ज यस्तै नियतिबाट अघि बढिरहेको छ।
भारत प्रशासित जम्मु कश्मीरमा सोमबार दिउँसोदेखि पोस्टपेड मोबाइल सेवा सुरु गरिएको छ। अवरूद्ध गरिएको ७२ दिनपछि पोस्टपेड मोबाइल सेवा पुनः सुरु भएको हो। जम्मु कश्मीरका मुख्यसचिव रोहित कन्सालले सोमबार दिउँसो १२ बजेदेखि कश्मीरका सबै १० वटै जिल्लामा पोस्टपेड मोबाइल सेवा सञ्चालन भएको जानकारी दिएका छन्। सुरक्षा स्थितिको मूल्यांकनपछि जम्मु कश्मीरका सबै भागमा मोबाइल सेवा सुचारु गर्ने निर्णय भएको पनि उनले जानकारी दिएका छन्।
ल्यान्डलाइन सेवा चरणबद्ध रुपमा खुला गरिए पनि काश्मिर उपत्यकाका विभिन्न क्षेत्रमा मोबाइल उपकरणको प्रयोगमा प्रतिबन्धहरु लगाइएको थियो।
प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार भट्टराईले राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालमा रेल सेवा विस्तारका लागि महत्वपूर्ण समझदारी हुने पनि बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले अन्तरप्रदेश हवाई सेवा सञ्चालन गर्ने तयारी भइरहेको बताएका छन्। त्यस किसिमको सेवा सुरु गर्न पूर्वसचिव सूर्यमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी अध्ययन थालिसकेको मन्त्री भट्टराईले जानकारी दिए।
रसुवादेखि पोखरासम्म जानका लागि सवारी परिवर्तन गर्नुपर्ने समस्या हटेको छ। मंगलबारदेखि धुन्चेदेखि पोखरासम्म जाने बस सेवाको सुरुवात गरिएसँगै समस्याको समाधान भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास, निर्माणको काममा अलमल नगर्न सबै निकायलाई सचेत गराएका छन्।
सरकारले हुलाक सेवा विभागको आफ्नै भवन निर्माण गर्ने तयारी गरेको छ। १ सय ४१ वर्षदेखि भाडामा संचालन हुँदै आएको हुलाक सेवाको मुख्य प्रशासकीय कार्यालय हुलाक सेवा विभागको भवन सरकारले यस वर्ष काठमाडौंको बबरमहलमा बनाउने तयारी गरेको हो।
विमानस्थलभरि ध्वजावाहक जहाज लाम लागेर बसेको देखेपछि एकपटक प्रधानमन्त्रीले सहयात्री साथीसँग भन्नुभएछ– नेपाल वायु सेवासँग निकै धेरै जहाज पो रहेछन् ! साथीले जवाफ दिएछ– तपाईंले भन्नुभएको कुरा ठीक हो प्रधानमन्त्रीज्यू, नेपालमा जहाज थुप्रै छन्, तर प्राय उड्दैनन् । त्यसैले जमिनमा देखिएका हुन् । विमानहरू त आकाशमा देखिनुपर्ने हो । यहाँ ‘वाइडबडी’ जहाज पनि छन्, तर जमिनमा छन्, आकाशमा छैनन् ।
रसुवादेखि पोखरासम्म जानका लागि सवारी परिवर्तन गर्नुपर्ने समस्या हटेको छ। मंगलबारदेखि धुन्चेदेखि पोखरासम्म जाने बस सेवाको सुरुवात गरिसँगै समस्याको समाधान भएको हो। जिल्लामा आउने विदेशी पर्यटकसमेत पोखरा घुम्न जाने गरेकाले यसले सहयोग पुग्ने विश्वास गरिएको छ।
नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन्। योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०औं मुलुक अष्ट्रेलिया भएको छ।
संख्यात्मकभन्दा पनि गुणात्मक रुपमा वित्तीय सेवालाई बढावा दिने योजनाका कारण नयाँ बैंक तथा वित्तीय संस्था खोल्न कडाइ गर्ने अर्थमन्त्रीको संकेत
नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) का बीचमा हवाई सेवा सम्झौतामा हस्ताक्षर भएको छ। क्यानाडाको शहर मन्ट्रियलमा जारी अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को ४०औँ महासभाका दौरानमा उक्त हवाई सम्झौता भएको हो।
शनिबार आयोजित कार्यक्रममा पूर्व सभामुख सुवासचन्द्र नेवाङले पत्रकार रौनियारलाई सम्मान प्रदान गरे। कार्यक्रममा पत्रकार रौनियारसहित आ-आफ्नो पेशा व्यवसायद्वारा समाजमा योगदान पु-याएका विभिन्न क्षेत्रका २३ जनालाई सम्मान गरिएको थियो।