coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

कोप–२८:विश्व समुदायमाझ पुग्यो हिमाल र हिमनदीका मुद्दा

यस पटकको सम्मेलनमा विश्वसमुदाय माझ नेपालले आफ्नो विषय प्रष्ट रुपमा राखेको छ। त्यसमा पनि हिमाल र हिमाली क्षेत्रको मुद्दा यसपटक मुखर रुपमा उठेको छ। यो आफैँमा महत्वपूर्ण छ।

आम्दानीको स्रोत गुमाउँदै हिमाली क्षेत्रका सामुदायिक वन

तराईका सामुदायिक वनहरूले लोभलाग्दो आम्दानी गर्दै आए पनि पूर्वाधारको राम्रो प्रबन्ध नहुँदा पहाडी तथा हिमाली क्षेत्रका समुदायिक वनहरूले सोचे जस्तो आम्दानी गर्न सकेका छैनन्।

मुस्ताङबाट आठ हजार च्यांग्रा पोखरा ल्याइँदै

डोल्पा र चीनको स्वशासितक्षेत्र तिब्बतबाट नआएपछि यो पटक हिमाली जिल्ला मुस्ताङबाट करिब आठहजार च्यांग्रा मात्र पोखरा झर्ने भएका छन्।

हिमालमा पदमचाल फुल्दा...

यतिखेर उच्च हिमाली क्षेत्रमा विभिन्न प्रजातिका फूल ढकमक्कहुँदा वातावरणलाई आकर्षित पारेको छ। गहनाले दुलही सजिएजस्तै हिमाली क्षेत्रमा फूलका गुच्छाले ढकमक्क हुँदाघुमघाम गर्नेलाई मोहित बनाएको छ।उच्च हिमाली क्षेत्रमा फूलहरूको रानी पदमचाल (केन्जो) फूललाई लिन सकिन्छ।

सभ्यता जोगाउने उपाय

सिधै सभ्यतामाथि प्रहार गर्नेहरूलाई सहज बनाउन राष्ट्रलाई नै ‘धर्म निरपेक्ष’ घोषणा गरिएको रहेछ भन्ने कुरा नेपालीहरूले बिस्तारै बुझ्न थालेका छन्।

भेडा व्यवसायी चिसो छल्न बेंसी झर्दै

व्यावसायिकरुपमा भेडापालन गरिरहेका भेडा व्यवसायी चिसो मौसम सुरु हुन लागेदेखि छिमेकी जिल्लाका विभिन्न फाँटमा बसाइ सर्ने गरेका हुन्।

हिमाली जिल्लाका उम्मेदवार भन्छन्: मतदाता भेट्नै गाह्रो, भोट दिन त फर्केलान्

चिसो मौसम सुरु भएको छ। हिमाली भेगमा अहिलेसम्म खासै हिमपात नभएपनि चिसो भने बढेको छ। चिसो बढ्न थालेपछि हिमाली जिल्लाका माथिल्लो भेगका बासिन्दा जाडो छल्न तल (पोखरा, काठमाडौं) झरेपछि गाउँ रित्तिदै गएको छ। घरमुलिले घरमा ताला ठोकेर चिसो छल्न बसाई सरिसकेका छन्। मतदाता नै बसाई सरेपछि चुनावी दौडामा रहेका उम्मेदवारलाई मतदाता भेट्न निकै नै सकस भएको छ।

हिमाली क्षेत्रः जोखिम बढ्दै, हेर्ने निकाय छैन

हत्तपत्ति प्राकृतिक विपद् नभोगेका हिमाली जिल्लाका बासिन्दाले पछिल्लो समय विपद् निम्तिनुको कारण पहिल्याइदिन बारम्बार आग्रह गर्दै आएका छन्। तर, उनीहरुको आग्रह कतै सुनुवाई हुने गरेको छैन। घटनापछि केही समय सबैतिर चर्चा पाउने यस्ता विपद्का घटना केही महिनापछि सेलाउने गरेका छन्।

सवारीसाधनसँग तर्सिएर दर्जन बढी भेडाबाख्रा मरे

हिमाली क्षेत्रमा चिसो बढेसँगै भेडिगोठबाट बेँसी झर्ने क्रममा नासों गाउँपालिका–३ खोत्रोमा सवारीसाधनसँग तर्सिएर भाग्दा भीरबाट मस्र्याङ्दी नदीमा खसेर भेडाबाख्रा मरेका हुन्।

हिमाली क्षेत्र हेलम्बुमा गाउँ नै कोरोना संक्रमित, स्थानीयमा त्रास

विश्वमहामारी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट हिमाली क्षेत्र पनि अछुतो रहन सकेन। कोरोनाको दोस्रो लहर सुरुभएदेखि यसको चपेटामा हिमाली भेग पनि परेको छ।

कर्णालीको हिमाली क्षेत्र सेताम्मे

कर्णालीका हिमाली जिल्लामा बिहीबारदेखि हिमपात भएको छ । पश्चिमी वायुको प्रभावका कारण भएको हिमपातले यहाँको जनजीवन प्रभावित बनाएको छ । कर्णालीका डोल्पा, हुम्ला, जुम्ला, मुगुलगायत हिमाली जिल्लामा हिमपात भएको हो । हिमाली क्षेत्रबाहेक अन्यत्र भने वर्षा भएको छ । चिसोले यहाँको जनजीवन कष्टकर बनेको छ ।

हिमाली क्षेत्रमा उक्लियो सलह किरा

जिल्लाको पश्चिम क्षेत्रमा समेत सहल किराको बथान देखिएको छ । छिमेकी जिल्ला पर्वतका विभिन्न स्थानमा देखिएको सलह मंगलबार विहान सदरमुकाम बेनी आसपासमा फाटफुट देखिएपनि मंगला गाउँपालिका–२ रनवाङ आसपासका क्षेत्रको धानखेतमा देखिएको स्थानीय श्रीराम पौडेलले बताए ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्