६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

जलमग्न वीरगन्ज (भिडियो)

असारको पहिलो झरीले नै वीरगन्जवासीलाई चिन्ता थपेको छ। रातिदेखि आएको अविरल वर्षाले वीरगन्जलाई जलमग्न बनाएको छ। वर्षाले ब्यपारिक नगरिका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगञ्जको रानीघाट, श्रीपुर, पानीट्यांकी, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।

पहिलो झरीमैं वीरगन्ज जलमग्न (तस्बिर सहित)

गर्मीले आजित वीरगन्जवासीले पर्खेको झरी भएपछि अर्को समस्याले घेरेको छ। पहिलो झरीले वीरगन्जलाई जलमग्न बनाएको छ। रातिदेखि भइरहेको अविरल वर्षाले ब्यपारिक नगरिका विभिन्न क्षेत्र डुबानमा परेका छन्। वीरगञ्जको रानीघाट, श्रीपुर, पानीट्यांकी, नगवा, भिषुवा, रामगढवा, वीर्ता, छप्कैया आदर्शनगर लगायतका क्षेत्रहरु डुबानमा परेका हुन्।

निकास थुनिएर जलमग्न मिर्चैया बजार

वर्षाको पानी निकासका लागि मिर्चैया नगरपालिकाले निर्माण गरेको नालाबाट वर्षाको पानी छताछुल्ल हुँदा बजार जलमग्न भएको छ।

जलमग्न सुर्खेत

अविरल वर्षाका कारण वीरेन्द्रनगरका विभिन्न क्षेत्र डुवानमा परेका छन् । बिहीबार दिउँसो परेको पानीले वीरेन्द्रनगरका जुम्लारोड, खजुरालगायतका क्षेत्र डुवानमा परेका छन् ।

रौतहट सदरमुकाम गौर जलमग्न

लगातारको वर्षातले रौतहट अस्तव्यस्त बनेको छ। तीन दिनदेखि जिल्लामा देखिएको बाढीले जिल्लाको अवस्था अत्यन्तै गम्भीर बनेको छ। वर्षा र बाढीले जिल्लाको विभिन्न गाउँको सम्पर्क टुटेको छ। चन्द्रपुर, गरुडा र गौरमा रहेको नेपाल टेलिकमको कार्यालयको टाबरले काम गर्न छोडेपछि धेरै गाउँसँगको सम्पर्क टुटेको हो।

खहरे खोला उर्लंदा चितवनमा डुवान, पर्यटकीय क्षेत्र सौराहा जलमग्न (फोटोहरु)

लगातार वर्षा हुँदा चितवनका विभिन्न ठाउँहरु जलमग्न भएका छन्। शुक्रबारदेखि परेको वर्षा आइतबारसम्म जारी नै छ। शनिबार साँझदेखि निरन्तर पानी परेका कारण खोलाहरु उर्लेर आएका छन्।

पोखराको रामघाट जलमग्न, २४ घण्टामा २२३ मिलिमिटर वर्षा

पोखरा– लगातारको वर्षाले सेती नदीको रामघाट क्षेत्र डुवानमा परेको छ। रातभरीको वर्षाले नदीमा वहाव बढेको र निकास साँघुरो हुँदा रामघाट क्षेत्र जलमग्न भएको हो। पोखरामा पछिल्लो २४ घण्टामा करिब २२३ मिलिमिटर वर्षा भएको हावापानी कार्यालयले जनाएको छ।

लगातारको वर्षापछि वीरगन्ज जलमग्न, लाखौंको क्षति

वीरगन्ज– पछिल्लो समय लगातार भएको वर्षाका कारण वीरगन्जका अघिकांश भूभाग जलमग्न बनेका छन्। करिब ३ दर्जनका हाराहारीमा ट्रान्सपोर्ट कम्पनीहरु सञ्चालनमा रहेको आर्दशनगरका धेरै भूभाग डुबानमा परेका छन् भने शहरका अन्य भूभाग पनि डुबानमा परेका हुन्।

इटहरी जलमग्न, दर्जनौं घर डुबानमा

गए रातिदेखि अविरल रुपमा परेको पानीले टेङ्ग्रा खोलामा आएको बाढीले तटबन्ध कटान गरेर इटहरीका चारवटा वडाका मानव वस्तीमा प्रवेश गर्दा दर्जनौं घर डुबानमा परेका छन्। इटहरी–७ मा खोलाले बाँध कटान गरि मानव वस्तीमा प्रवेश गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्