coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

चार वर्षमा दुई हजार महिलाका पाठेघरको शल्यक्रिया

कैलालीको टीकापुर अस्पतालमा चार वर्षमा दुई हजार बढी महिलाले शल्यक्रिया सेवा लिएका छन्।

शव ढुवानी वापतको रकम व्यवसायी परशुराम चपाँईले तिरिदिने

यस बारेमा प्रालि र अस्पताल व्यवस्थापन समितिबीच आज सम्झौता भएको छ। प्रालिका तर्फबाट प्रबन्ध निर्देशक चपाँई र समितिका तर्फबाट अध्यक्ष झपट सोडारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार चपाँईले अस्पताललाई एकमुष्ठ वार्षिक ३ लाख रुपैयाँ तिर्ने छन्।

सर्पकाे टाेकाइबाट कम्युनिष्ट नेता कडायतको निधन

आज बिहान एकाएक अस्वस्थ भएपछि उनलाई आफन्तले उपचारका लागि टीकापुर अस्पताल पुर्‍याएका थिए। उनलाई चिकित्सकले थप उपचारका लागि रिफर गरेको थियो। उनलाई थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बर्दियाको राजापुरमा निधन भएको आफन्त चेतबहादुर बोहराले जानकारी दिए।

टीकापुर अस्पतालको सारथि ‘पहल परियोजना’

परियोजनाले मातृ शिशु स्वास्थ्यलाई ध्यानमा राखेर अस्पतालमा आफ्नै खर्चमा एक स्त्रीरोग विशेषज्ञ र दुई स्टाफ नर्स राखेको छ। परियोजनाको सहयोगमा स्त्रीरोग विशेषज्ञसहितको सेवा पाएपछि यस क्षेत्रका बासिन्दाले राहत महसुस गरिरहेका छन्।

टीकापुर अस्पतालमा संक्रमितको संख्या ह्वात्तै घट्यो

कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमितको संख्या ह्वात्तै घटेको छ। अस्पतालका अनुसार विगत दश दिन यता एकजना कोरोना संक्रमित मात्रै उपचारका लागि भर्ना भएका छन्।

कोरोनामा टीकापुर अस्पतालः डाक्टरको टिम, जसले स्थिति सम्हाल्यो

उनको टिममा थिए डा. संवाद खरेल र डा. सन्दिप यादव। स्टाफ नर्सको कमाण्ड सम्हालिन नर्सिङ अधिकृत कमला बिष्टले। कोभिड जनरल वार्डमा चारजना स्टाफ नर्स खटिए। उनीहरुलाई महामारीको खासै अनुभव थिएन। आँखैअघि मान्छे मर्न थालेपछि स्टाफ नर्स आत्तिए।

टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा, पछिल्लो २४ घण्टामा मृत्युदर शून्य

कैलालीको टीकापुर अस्पतालमा कोरोना संक्रमण नियन्त्रणमा आउन थालेको छ । चिकित्सकका अनुसार मृत्युदर र निको भएर जानेको संख्या हेर्दा कोरोना संक्रमण नियन्त्रणमा आउने दिशातर्फ अघि बढेको छ ।

टीकापुर अस्पतालमा दुई दिनमा १४ जना संक्रमितकाे मृत्यु

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा आज थप आठ जनाको ज्यान गएको छ। हिजो मात्रै अस्पतालमा छ जनाको ज्यान गएको थियो।

टीकापुर अस्पतालमा मृत्यु हुनेको संख्या ६ पुग्यो, अस्पतालले भन्योः स्थिति नियन्त्रण बाहिर

कैलालीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या छ पुगेको छ। टीकापुर नगरपालिका–१ का ४५ वर्षका एक पुरुषको आज मृत्यु भएको हो। उनलाई थप उपचारका लागि अन्यत्र लैजाने क्रममा एम्बुलेन्समा राख्दै गर्दा मृत्यु भएको अस्पतालले जनाएको छ।

टीकापुर अस्पतालमा पाँच जनाको मृत्यु, स्थिति भयावह

अस्पतालका अनुसार टीकापुर नगरपालिका १ का ६०, ५० र ६२ वर्षका पुरुष र जानकी गाउँपालिका २ का ५४ र १ का ५१ वर्षका पुरुषको ज्यान गएको छ। उनीहरु मध्ये कतिपयको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको छ भने कतिपयको परीक्षण गर्न नपाएरै ज्यान गएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्