१४ माघ २०८२ बुधबार
image/svg+xml

तीन अर्ब खर्च गरेर बनाएको मन्त्री आवास पुननिर्माण गर्न ११ करोड

सरकारले तीन अर्ब रुपैयाँ खर्च गरेर भैंसेपाटीमा बनाएको नयाँ मन्त्री आवास पुननिर्माण गर्न करिब ११ करोड रुपैयाँ खर्च लाग्ने भएको छ।

एउटै गाउँबाट दैनिक १७ सय लिटर दूध उत्पादन

मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन्।

होलोकास्ट स्मृति दिवसः साठी लाख यहुदीप्रति श्रद्धाञ्जली

संयुक्त राष्ट्रसङ्घको आह्वानमा प्रत्येक वर्ष जनवरी २७ मा होलोकास्ट पीडितहरूको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो।

अमेरिकामा ३१ हजार स्वास्थ्यकर्मीको अनिश्चितकालीन हडताल

युनियन नेताहरूका अनुसार तलब वृद्धि, दीर्घकालीन कर्मचारी अभाव, कार्यस्थलको सुरक्षा र बढ्दो थकानजस्ता विषयमा सहमति नजुटेकाले हडतालको निर्णय गरिएको हो। युनियनले चार वर्षमा कुल २५ प्रतिशत तलब वृद्धि माग गरेको छ भने काइजर पर्मानेन्टेले २१ दशमलव ५ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ, जसलाई संस्थाले हालसम्मकै सबैभन्दा बलियो प्रस्ताव भनेको छ।

उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने

हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपाल मुक्तक प्रतिष्ठानले सम्झियाे ‘मुक्तक साम्रज्ञी’ शेरचन र रूपक श्रेष्ठलाई

नेपाल मुक्तक प्रतिष्ठानले मुक्तककारहरू ‘मुक्तक साम्रज्ञी’ उषा शेरचनलाई ‘भीमदर्शन मुक्तक पुरस्कार’ र डा. रूपक श्रेष्ठलाई ‘कृष्ण-रत्न-चेतन मुक्तक पुरस्कार’ अर्पिने निर्णय गरेको छ।

देशभर १६ आगलागीका घटना, २५ लाख बढी क्षति

त्यसमध्ये कूल १६ वटा आगलागीका घटना भएका छन्। यस्तै, चार वटा जनावर आक्रमणका घटना भए। प्राधिकरणका अनुसार, विपद्मा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भए। यस्तै, विपदका कारण रु २५ लाख ६४ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ।

१२ फर्म अनुगमन : एकमाथि ५१ हजार जरिवाना

विभागले काठमाडौं, भक्तपुर, कीर्तिपुर, नागार्जुन, मध्यपुर ठिमीलगायतका स्थानका १२ वटा फर्ममा अनुगमन गरेको थियो। अनुगमनको क्रममा ११ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको छ।

निर्वाचन ३६ दिन बाँकी : आचारसंहिता अनुगमनका लागि अधिकृत तोकिए

प्रमुख कोष नियन्त्रक, कोष नियन्त्रकहरूलाई आर्थिक विषयसँग सम्बन्धित विषयमा फरक-फरक कार्य गर्ने जिम्मेवारीसहित निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकिएको आयोगले जनाएको छ।

विदेशी मुद्राको विनिमयदर निर्धारण

अस्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, सिंगापुर डलर एकको खरिददर ११५ रुपैयाँ ६५ पैसा र बिक्रीदर ११६ रुपैयाँ १२ पैसा तोकिएको छ।

प्लानिङ ब्वाइजको दोस्रो जित

चोटबाट गुज्रिरहेका फागुराम चौधरीको दुई गोलमा प्लानिङ ब्वाइज युनाइटेडले राष्ट्रिय लिगमा उत्कृष्ट पुनरागमन गर्दै दोस्रो जित निकालेको छ।

विश्वविद्यालयमा विरोध

मुलुकको अग्रणी शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालयले गरेका अध्ययन/अनुसन्धान र शैक्षिक उन्नयनका विषयमा भन्दा बढी चर्चा त्यहाँ हुने गरेको तालाबन्दी र आन्दोलनबारे सुन्न पाइन्छ।

सर्वोच्चले भन्यो- संसद् पुनः स्थापनको मागमा २० गते पेसी तोकिएको होइन, हल्ला फैलाइयो

सर्वोच्च अदालतले संसद् पुनः स्थापना माग गर्दै दायर भएका रिट निवेदनमा २० गते पेसी तोकिएको भन्ने हल्ला सही नभएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्