२३ वैशाख २०८१ आइतबार
image/svg+xml

अबदेखि भारतको संसदमा ३३ प्रतिशत महिला

भारत सरकारले बुधवार पहिलोपटक लोकसभामा महिला आरक्षण विधेयक प्रस्तुत गर्दै बहुमतले पारित गरेको हो।

भारत सरकारद्वारा एम्बुलेन्स र स्कुल बस प्रदान

काठमाडौँस्थित भारतीय राजदूतावासले नेपालका विभिन्न जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई ३४ वटा एम्बुलेन्स र ५० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरेको छ।

भारत सरकारको सहयोगमा निर्मित उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण

नेपालको दैलेख जिल्लामा भारत सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका ४ वटा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको हस्तान्तरण गरिएको छ।

उठ्नै सकेन पोल्ट्री व्यवसाय

भरतपुरका टीकाराम पोख्रेलले एक वर्ष अघिसम्म हप्तामा ६० हजारसम्म कुखुराका चल्ला उत्पादन गर्दै आएका थिए।

नेपालसँग आर्थिक सम्बन्ध प्रगाढ होस् भन्ने भारत सरकार चाहन्छः राजदुत श्रीवास्तव

‘नेपालसँग आर्थिक र वाणिज्यको सम्बन्ध झनै प्रगाढ र सुदृढ होस् भन्ने भारतका जनता र सरकार चाहन्छ। यो क्षेत्रमा भारतसँग नेपालको व्यापार धेरै नै छ। हामी चाहन्छौं कि यसलाई अझै बढाउनु पर्छ। यसमा मिरगञ्जको पुल, नयाँ आयात गहुँ र चिनीमा जुन आश छ, यसबारेमा पनि कुराकानी भइरहेको छ।’

लिपुलेक विवादबारे भारतको स्पष्टीकरण

दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा ‘दुई पक्षबीच सुल्झाउन बाँकी रहेका सीमासम्बन्धी विषयलाई सधैँ हाम्रो निकट तथा मैत्री सम्बन्धको मर्मका आधारमा सम्बोधन गर्न सकिन्छ’ भनिएको छ।

भारतको सहयोगमा विद्यालय भवन उद्घाटन

भारत सरकारको आर्थिक सहयोगमा दार्चुलामा निर्मित मोती महिला संघ प्राथमिक विद्यालय र मालिकार्जुन नमुना माध्यमिक विद्यालयका नयाँ विद्यालय भवनको उद्घाटन गरिएको छ।

भारतीय सहयोगमा ५० हजार निजी आवास तयार

भारतीय राजदूतावासका नियोग उपप्रमुख नामग्य सी खम्पाले भारत सरकारले प्रतिबद्धता जनाएअनुसार ५० हजार निजी आवासको पुनर्निर्माण भएको बताइन्।

सीमा आवागमनको अवस्थाबारे प्रधानमन्त्री अनभिज्ञ

पछिल्लो समयमा सीमाको अवस्था के छ भन्नेबारेमा प्रधानमन्त्री शेरबहादुर देउवा अनभिज्ञता जनाएका छन्। वीरगन्जबाट आएको होटेल तथा पर्यटन व्यवसायी टोलीसँगको छलफलमा उनले सीमामा सवारीसाधनको आवागमनको अवस्थाबारे अनभिज्ञता प्रकट गरेका हुन्।

भारत सरकारद्वारा अक्सिजन प्लान्ट हस्तान्तरण

भारत सरकारले वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि उपहारस्वरुप अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।

भारतको सहयोगमा दुई परियोजना बने

नेपालका ५२ जिल्लामा चार सयवटा डाइनोस्टिक स्क्रिनिङ तथा मोतिबिन्दु शल्यक्रिया शिविर र १४ जिल्लामा ग्रामीण भेगका आँखा शिविर सञ्चालनका लागि नेत्र ज्योति संघलाई करिब २१ करोड अनुदान उपलब्ध गराएको छ। भारत सरकारले नेपाल नेत्र ज्योति संघलाई पाँचवटा गाडी उपहारस्वरूप प्रदान गर्नुका साथै विद्यालयहरूमा बालबालिकाका लागि आँखा शिविर सञ्चालन गर्न एउटा आइकेयर भ्यान पनि उपलब्ध गराएको जनाएको छ।

भारतले काभ्रेका दुई स्कुल बनाइदिने

भारत सरकारले काभ्रेका दुईवटा सामुदायिक विद्यालय बनाइदिने भएको छ। भारतले काभ्रेको हरिसिद्धि माध्यमिक विद्यालय र सिद्धेश्वर माध्यमिक विद्यालयको भवन निर्माण गरिदिने भएको हो।

भारतले तीन सम्पदा पुनर्निर्माणमा सघाउने

काठमाडौंस्थित भारतीय राजदूतावासको विकास साझेदारी तथा पुनर्निर्माण प्रभागका प्रमुख र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय परियोजना कार्यान्वयन एकाइ (भवन) का परियोजना निर्देशकले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

भारत सरकारले दिवंगत अभिनेता सुशान्त सिंहको नाममा राष्ट्रिय अवार्ड दिँदै

गत वर्षको जुन १४ मा सुशांत सिंह राजपूतले आत्महत्या गरेका थिए। यद्यपी उनको आत्महत्याको कारण भने अझै पनि खुल्न सकेको छैन। उनको बारेमा बायोपिक फिल्म बनाउने भनिए पनि त्यसले निरन्तरता पाउन समेत नसकेको भारतीय समाचारमा उल्लेख छ।

राहुल गान्धीद्वारा सरकारले सङ्क्रमित स्वास्थ्यकर्मीको बेवास्ता गरेको आरोप

भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले कोभिड १९ का सङ्क्रमित स्वास्थ्यकर्मीहरुको बेवास्ता गरेको आरोप लगाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्