१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

मुख्य उत्पादन करारमा दिन नपाइने

लगानीकर्ताले आफ्नो मुख्य उत्पादन आफैं नगरेर अर्को कम्पनीलाई उत्पादन लगायतबजारीकरण र वितरण गर्न अनुमति दिँदै आएकोमा नयाँ कानुनले उत्पादनको काम अरुलाई दिन रोक्ने भएको छ।

आयात रोक्न पहिलो पटक कानुन बन्दै

उच्च आयातले मुलुकको अर्थतन्त्रमा समस्या आएका बेला सरकारले स्वदेशी उत्पादनलाई संरक्षण गर्न चाहेको वस्तुको आयात रोक्न सक्नेगरी कानुन बनाउन लागेको छ। सरकारले तयार पारेको सेफगाड्र्स, एन्टी–डम्पिङ तथा काउन्टरभेलिङ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा विदेशी सामान आयातमा पूर्ण वा आंशिक रुपमा रोक लगाउन सक्ने प्रावधान समेटिएको छ।

घरेलु उद्योग महोत्सवमा साढे १५ करोडको कारोबार

१५ करोड चालिस लाख रुपैयाँको कारोबार गर्दै १५ औं अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला सम्पन्न भएको छ। आइतबार दुई करोड ९० लाखको कारोबार भएको थियो भने एक लाख ३५ हजारले अवलोकन गरेका थिए। यसैगरी सोमबार दुई करोड २५ लाखको कारोबार तथा एक लाख ५३ हजारले अवलोकन गरेका छन्।

सरकारले सामुहिक खेती उत्पादनलाई जोड दिने

राजधानीमा आज देखि सुरु भएको किसान सम्मेलनमा कृषि मन्त्री चक्रपाणी खनालले कृषि क्षेत्रको विकासका लागि सामुहिक खेती उत्पादनमा जोड दिएको वताउनुभएको हो । किसानहरुको हक अधिकारलाई सरकारले महत्व दिएको उल्लेख गर्दै मन्त्री खनालले सामुहिक खेती उत्पादनले मात्र कृषि क्षेत्रको रुपान्तरण गर्न सकिने उल्लेख गर्नुभयो ।

कुचो उत्पादन आधा घट्यो

भरपर्दाे आम्दानी दिइरहेको कुचो उत्पादन आधाले घटेपछि हजारौं किसान समस्यामा परेका छन्। गत वर्षहरूमा भाउ नआएकाले खेती विस्तारमा किसानलाई उत्साह नजागेपछि यो वर्ष कुचो उत्पादन आधा भएको हो।

मदिरामाथि रोक लगाउँदै प्रहरी

त्रिपुरासुन्दरी नगरपालिका भित्र घरेलु मदिरा उत्पादन तथा बिक्रीवितरणमा प्रहरीले कडाई गरेको छ ।

बिउ तथा कृषि सामग्री वितरण

कृषि उत्पादन बढाउनका लागि रसुवाको नौकुण्ड गाउँपालिकाले बिउ तथा सामग्री वितरण गरेको छ। गाउँपालिकालाई कृषिमा आत्मनिर्भर बनाउनका लागि गाउँपालिकाको कृषि शाखाले मकैको बिउ, आलुको बिउ र चार किसिमका सामग्री वितरण गरिएको हो।

हावाबाट बिजुली, उज्यालिँदे गाउँबस्ती

जिल्लाको निस्दी गाउँपालिका–४, मित्यालमा हावा र सौर्य शक्तिबाट विद्युत् उत्पादन गरिएको छ। गाउँपालिका केन्द्र रुक्सेभन्ज्याङमा १ हजार २ सय वाट विद्युत् उत्पादन गरिएको हो। वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अध्ययनले निस्दीमा वायु ऊर्जाको प्रशस्त सम्भावना देखाएपछि थप २५ हजार वाट (२५ किलोवाट) क्षमतामा विद्युत् उत्पादन कार्यलाई तीव्रता दिइएको छ।

कृषि उत्पादन ३३ लाख मेट्रिक टन बढाउने

माछा उत्पादन ९० हजारबाट एक लाख ३५ हजार मेट्रिक टन पुर्‍याउने तयारी छ। दूध उत्पादन २० लाख ८५ हजारबाट २७ लाख ११ हजार, मासु तीन लाख ४७ बाट चार लाख ५१ हजार मेट्रिक टन पुर्‍याउने मन्त्रालयले जनाएको छ।

रसुवामा ७ सय ४५ मेगावाट विद्युत् उत्पादन हुने

रसुवामा जलविद्युत् आयोजना निर्माण हुने क्रम बढेको छ। जलविद्युत्का लागि प्रचूर सम्भावना रहेको जिल्लामा पछिल्लो समय आयोजना निर्माण गर्ने क्रम बढेको हो। २०७० सम्ममा २७ मेगावाट विद्युत् उत्पादन भएको थियो।

बेरोजगार उत्पादन गर्ने विज्ञान नीति

दुई दशक अघिसम्म नेपालमा विज्ञान तथा प्रविधिका अनुसन्धानमा अति दक्ष जनशक्तिको निकै ठूलो अभाव थियो। सन् २००० पश्चात् विदेशमा पिएचडी गर्न जाने नेपालीमा लहर नै आयो। फलस्वरूप हाल नेपालमा विज्ञान तथा प्रविधिका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अनुसन्धान गर्न सक्ने जनशक्तिको कमी छ जस्तो लाग्दैन। तर कमी छ त केवल राष्ट्रिय नीति, लगानी, कार्य योजना र साधन स्रोतको।

असारभित्र विद्युत् उत्पादन

माथिल्लो त्रिशुली थ्री ‘ए’ ले आगामी असारभित्र विद्युत् उत्पादन सुरु गर्ने भएको छ। रसुवामा बाँध र नुवाकोेटमा विद्युत्गृह रहेको आयोजनाको ८५ प्रतिशत काम सकिएको छ।

सधैंभरि मागेर हाम्रो देश सवल बन्न सक्दैन : गाेकर्ण विष्ट

नेपालको अर्थतन्त्रमा रेमिट्यान्स एउटा महत्वपूर्ण हिस्साको रुपमा भूमिका निर्वाह गरिरहेकाे छ। कुल ग्राहस्थ उत्पादनको झन्डै २५ प्रतिशत भन्दाबढी हिस्सा रेमिट्यान्सले ओगटेको छ। यस्तो अवस्थामा रेमिट्यान्सलाई कसरी वैधानिक माध्यमबाट भित्र्याउने, कसरी उत्पादन तथा रोजगार मुलक क्षेत्रमा लगानीको वातावरण निर्माण गर्ने सन्दर्भमा सरकारले गम्भीर रूपमा सोच्न जरुरी छ।

विषादी पूर्ण निषेध गर्न सकिँदैनः मन्त्री खनाल

कृषि मन्त्री बलदेव खनालले बजारमा रहेका कृषि उत्पादन खान नहुने अवस्थामा नरहेको बताएका छन्। सरकारले थालेको विषादी नियन्त्रण अभियानका कारण यस्तो अवस्था आएको उनले दावी गरे। प्रतिनिधिसभाको बुधवारको बैठकमा सांसदले सोधेको प्रश्नको जवाफमा उनले भने, ‘अहिले विषादी पूर्ण रुपले नियन्त्रण गर्न सक्ने अवस्था छैन्। यसको प्रयोगलाई घटाउँदै लैजानुपर्छ। हामी अहिले त्यहीँ अभियानमा लागेका छौं।’

सहकारीमार्फत कृषिजन्य वस्तुको बजारीकरण

किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको उत्पादनले बजार नपाएर नष्ट भएका खबर सार्वजनिक भइरहँदा सरकारले कृषिजन्य वस्तुको बजारीकरणमा सघाउने तयारी गरेको छ। किसान कृषि पेसाबाट विमुख नहुन भनेर सहकारीमार्फत कृषिको व्यवसायिक उत्पादन, प्रशोधन, भण्डारण, बजारीकरणमा सघाउन लागेको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्