१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउनुपर्छ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले कृषकको आर्थिक अवस्था सुधार्न कृषि उत्पादनलाई विश्व बजारसँग प्रतिस्पर्धी बनाउनुपर्ने बताएका छन्। नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडको ११औं वार्षिक साधारण सभाका अवसरमा बिहीबार मन्त्री खतिवडाले यस्तो धारणा राखेका हुन्।

उखु खेतीको क्षेत्रफल बढ्यो, उत्पादन घट्यो

यो वर्ष उखु खेतीको क्षेत्रफल बढे पनि उत्पादन घट्ने भएको छ। जिल्लामा गत वर्षभन्दा उखु खेतीको क्षेत्रफल २५ प्रतिशतले बढेको छ, तर लामो समय चलेको खडेरीले उत्पादन घट्ने अनुमान गरिएको हो।

तामाकोसीको म्याद २ महिना थप

स्वदेशी लगानीमा निर्माणाधीन अहिलेसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत् आयोजना निर्माणको अवधि पछाडि धकेलिँदै गएको छ। पछिल्लोपटक आयोजना निर्माणको अवधि थपेर २०७६ को कात्तिकमा पुर्याइएको छ।

चैतदेखि धसिंगरे तेल उत्पादन गरिने

रसुवाको कालिका गाउँपालिका–२ स्याउबारीमा रहेको धसिंगरे तेल उत्पादन केन्द्रले आगामी चैतदेखि तेल उत्पादन सुरु गर्ने भएको छ। तीन वर्षदेखि बन्द रहेको केन्द्र पुनः सञ्चालनमा ल्याउन लागिएको हो।२०७२ वैसाख १२ गते आएको भूकम्पको कारण केन्द्रमा क्षति पुगेपछि उत्पादन बन्द भएको थियो।

निर्यात सीमा ७५ बाट ६० प्रतिशत

सरकारले विशेष आर्थिक क्षेत्र (सेज ) का उद्योगले उत्पादनको ७५ प्रतिशत निर्यात गर्नुपर्ने प्रावधान घटाउँदै ६० प्रतिशतमा झारेको छ। सेजका उद्योगले तोकिएको नियमअनुसार निर्यात गर्ने आत्मविश्वास देखाउन नसकेपछि निर्यातको सीमा घटाइएको हो।

‘वर्ष दिनमै २० अर्बको आयात रोक्न सकिन्छ’

सरकारले औषधि उद्योगलाई सहयोग पुग्ने नीति ल्याए एक वर्षभित्रै २० अर्ब रुपैयाँ बराबरको औषधि आयात रोक्न सकिने सम्बन्धित व्यवसायीले बताएका छन्। स्वदेशी औषधि उद्योग गुणस्तरीय र आवश्यक औषधि उत्पादन गर्न सक्षम रहेको अवस्थामा सरकारी नीति उद्योगमैत्री भए उत्पादन दोब्बर बनाउन सकिने उनीहरुको भनाइ छ।

सहकारीमार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड

सहकारी क्षेत्रको पुँजीलाई उत्पादमूलक क्षेत्रमा प्रयोग गरेर उत्पादन वृद्धि गरी मुलुकलाई आत्मनिर्भर बनाउनु पर्ने सहकारीका सरोकारवालाले जोड दिएका छन्। राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५औं साधारण सभाका अवसरमा शनिबार आयोजित कार्यक्रममा सहकारीकर्मीदेखि सरकारी अधिकारीले दैनिक जीवनमा प्रयोग हुने वस्तु विदेशी आयातमा निर्भर हुँदा मुलुकको व्यापार घाटा बढेकोमा चिन्ता व्यक्त गरे।

दश करोडको बहुउद्देशीय कृषि फार्म

वीरगन्ज महानगरपालिका–१० बस्ने युवा उद्यमी तारा प्रसादले महानगरकै रामगढवामा सञ्चालनमा ल्याएको पशुपालन व्यवसाय अब १० करोड रुपैयाँ लागतको बहुउद्देशीय कृषि फर्म बनेको छ। फर्मले एउटै हातामा पशुपालनबाट दूध उत्पादन, जैविक मल उत्पादन र तरकारी उत्पादन गर्ने गरेको छ।

उदयपुर सिमेन्टको उत्पादन पूर्ण क्षमताभन्दा १६ प्रतिशत बढी

उत्पादन वृद्धिमा तीव्रता दिँदै आएको उदयपुर सिमेन्ट उद्योग लिमिटेडेले पछिल्लो २४ घण्टामा नयाँ कीर्तिमान राखेको छ। दैनिक(२४ घण्टा) ८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगले शनिबार ९ सय ३० मेट्रिकटन उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो।

‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’

भृकुटीमण्डपमा शुक्रबारदेखि जुत्ता, चप्पल तथा छालाजन्य वस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी सुरु भएको छ। ‘राष्ट्र समृद्धिको आधार, स्वदेशी उत्पादनको प्रयोग’ भन्ने मूलनाराका साथ उक्त राष्ट्रिय औद्योगिक प्रदर्शनी भइरहेको छ।

स्वदेशी उत्पादन प्रयोग गरौंः उपप्रम पोखरेल

उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनमा जोड दिएका छन्। भृकुटीमण्डपमा जारी जुत्ता, चप्पल तथा छालाजन्य बस्तुहरुको १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको अवलोकन गर्दै मन्त्री पोखरेलले स्वदेशी उत्पादनलाई माया र प्रबर्द्धन गर्नुपर्ने बताए।

धान उत्पादनमा वृद्धि

यो वर्ष करिब साढे चार लाख मेट्रिक टन धान उत्पादन बढेको छ। चालु आर्थिक वर्ष ०७५/७६ मा ५६ लाख १० हजार मेट्रिक टन धान फलेको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ। यो वर्षको धान उत्पादन अहिलेसम्मकै धेरै हो। गत आर्थिक वर्ष ०७४/७५ मा ५१ लाख ५१ हजार टन धान फलेको थियो।

धान उत्पादन घट्यो

खोटाङमा यस वर्ष धान उत्पादनमा गिरावट आएको छ। गत आर्थिक वर्षको तुलनामा यस आव ०.२५ का दरले धानको उत्पादकत्व घटेको कृषि ज्ञान केन्द्र खोटाङका निमित्त प्रमुख हरिनारायण राईले बताए।

पर्सामा धान उत्पादन बढ्यो

पर्सामा यो वर्ष धानको उत्पादन गत वर्षको तुलनामा ९.१२ प्रतिशतले वृद्धि भएको छ। यो वर्ष जिल्लामा ४५ हजार हेक्टर क्षेत्रमा गरिएको धान खेतीमा औसत ५.०५ मेट्रिक टन प्रतिहेक्टर दरमा धान उत्पादन भएको कृषि ज्ञान केन्द्र पर्साका प्रमुख डा. रामचन्द्र यादवले बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्