११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सरकारी डोजर : बस्ती–वातावरण ध्वस्त

डोजर, लोडर, स्क्याभेटर खरिद गर्न छापा अखबारमा खुबसँग विज्ञापन प्रकाशित भए । त्यसपछि खबर छापियो– स्थानीय तहका रूपमा रहेका गाउँपालिका, नगरपालिकाका पदाधिकारीहरूले भकाभक डोजरजस्ता महँगा मेसिनरी किनेर मालिक बनेका छन् र आफ्नो गाउँपालिका, नगरपालिकाबाट बन्ने बाटोघाटो, सिँचाइ, कुलो खन्नमा तिनलाई भाडामा लगाएका छन् । त्योभन्दा पनि बढी त स्थानीय तहमा जितेका प्रतिनिधिहरूमध्ये ३०० भन्दा बढी संख्यामा (हेर्नुहोस्, हिमाल २१—२७ माघ, २०७४) पहिले नै ठेक्कापट्टामा लागेकाहरू छन्, जसले स्थानीय तहका विकास निर्माणका काम आफ्ना फर्म र मेसिन प्रयोग गरेर गर्न थालेको अवस्था छ । स्थानीय तहमा डोजर (डोजर, स्क्याभेटर, लोडर जस्ता हेभी इक्विपमेन्टलाई डोजर मात्र भनिएको) को खरिद र प्रयोगको नयाँ प्रवृत्तिका सम्भावित असरबारे विमर्श चलाउनु लेखको उद्देश्य हो।

सहिद स्मृतिमा नमुना बस्ती बनाउने निर्णय

प्रदेश १ मन्त्रिपरिषद्को बिहीबार बसेको पहिलो बैठकले सहिदहरूको सम्मान र स्मृतिमा प्रदेशका विभिन्न ठाउँमा नमुना बस्ती निर्माण गर्ने निर्णय लिएको छ।

बस्ती निर्माणका लागि १० स्थान छनोट

यहाँका तीन ठाउँमा निर्माण गर्न लागिएको एकीकृत बस्तीका लागि प्रारम्भिक चरणमा दश स्थान छनोटमा परेका छन् ।एकीकृत बस्ती निर्माणका लागि सम्भावित बस्तीको छनोट गर्न चयन भएको परामर्शदाता कम्पनीले तयार गरेको प्रतिवेदनको आधारमा जिल्लाका सरोकारवाला सम्मिलित सोमबारको बैठकको सुझावको आधारमा छनोट भएका दश स्थानको विस्तृत स्थलगत अध्ययन शुरु गर्न लागिएको हो ।

हर्षको सीमा छैन विपन्न बस्तीमा

‘सहरतिर घुम्न जाँदा मनको कुनामा यस्तो घर आफ्नो पनि भए हुन्थ्यो भन्ने लाग्थ्यो,’ पुस्तौंदेखि फोहोर छाप्रोमा जीवन गुजार्दै आएकी १०६ वर्षीया रमकलिया देवी भन्छिन्, आफ्नै यस्तो घर होला भन्ने सपना पितापुर्खाले पनि देखेका थिएनन्।’

राष्ट्रपतिले गरिन धुर्मुसको एकीकृत बस्ती उद्घाटन (फोटो फिचर)

माघ २४ गते हस्तान्तरण गर्ने गरी निर्माण भएको एकीकृत नमुना सन्तपुर बस्तीको एक दिन अगावै उद्घाटन गरिएको छ। धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरेको रौतहट सन्तपुरस्थित मुसहर बस्तीको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छिन्।

मुसहर बस्ती हस्तान्तरण आज

धुर्मुस–सुन्तली फाउन्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमुना मुसहर बस्ती मंगलबार हस्तान्तरण गर्न लागिएको छ । कलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) को पहलमा रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नं ८ सन्तपुरमा बाढी प्रभावित मुसहर एवं दलितका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर सहित ५० वटा संरचनाको निर्माण कार्य सम्पन्न भएको हो ।

यसरी ठडियो सन्तपुर बस्ती, धुर्मुसले दिए चुले निम्तो (फोटो फिचर)

धुर्मुस–सुन्तली फाउण्डेसनद्वारा निर्मित सन्तपुर एकीकृत नमूना बस्ती हस्तान्तरण गरिने भएको छ।  बाढीपीडित दलित परिवारका लागि निर्माण गरिएको भूकम्प प्रतिरोधात्मक सुविधा सम्पन्न ४७ वटा घर निर्माण भइसकेकाले मंगलबार आयोजित कार्यक्रममा हस्तान्तरण गर्न लागिएको हो।

माझी बस्तीलाई कान्छी म्युजिकल नाइट

सिन्धुपाल्चोकको भ्याडी टोलमा निर्माणाधीन माझी बस्तीलाई आर्थिक सहयोग गर्न आगामी माघ २३ गते राजधानीमा ‘कान्छी म्युजिकल नाइट २०१८’ हुने भएको छ ।

सय दिनमै ठडियो एकीकृत नमुना सन्तपुर बस्ती

धुर्मुस–सुन्तली फाउण्डेशनद्वारा रौतहटको चन्द्रपुर नगरपालिकामा निर्माधिन ‘एकीकृत नमूना सन्तपुर मुसहर बस्ती’ को निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

राहतको प्रतीक्षामा दलित बस्ती

शीतलहर र बाक्लोे हुस्सुको समयमा तराई मधेश कठ्यांग्रिदै गएको समयमा नेपाल भारत सीमासँगै जोडिएको महोत्तरीको सोनमा गाउँपालिका खैरवनीका सर्वसाधारण राहतको प्रतिक्षामा रहेका छन्।

पुनर्निर्माण महाअभियान थालिएकै बस्तीको बिजोग

ललितपुरको ऐतिहासिक बस्ती बुङमतीस्थित ‘टोखा पिनी’ टोल प्रवेशद्वारको माथिपट्टि एउटा ठूलो ब्यानर टाँगिएको छ । ब्यानरमा ठूला अक्षरमा लेखिएको छ, ‘राष्ट्रिय पुनर्निर्माण महाअभियान शुभारम्भ ।’ दुई वर्षअघिको माघ २ गते भूकम्प दिवसको अवसर पारेर भूकम्पपछिको पुनर्निर्माण कार्य सुरु गर्दा टाँगिएको ब्यानर हो, यो । त्यति बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीले यहींबाट पुनर्निर्माण महाअभियान थालनी गरेका थिए ।

धुर्मुसको एकीकृत बस्ती निर्माणमा आर्थिक अभाव

धुर्मुस सुन्तली फाउण्डेसनले बनाइरहेको रौतहटको एकीकृत नमुना सन्तपुर बस्ती सम्पन्न हुन केही बाँकी रहँदा निर्माणका लागि रकम अपुग भएको छ।

चिसोले हिमाली बस्तीमा गतिविधि शून्य

अचानक बढेको चिसोले हिमालपारिका जिल्ला भनेर चिनिने मनाङ र मुस्ताङको जनजीवन प्रभावित भएको छ । अधिक चिसोका कारण सर्वसाधारण घरबाहिर निस्कन सकेका छैनन् । पर्यटकीय गतिविधि पनि घटेका छन् । सदरमुकाममा समेत स्थानीयको चहलपहल कम भएको स्थानीय प्रशासनले जनाएको छ । कास्की पोखरामा पनि बुधबारदेखि चिसो बढेको छ ।

नारायणगढ–मुग्लिन सडकखण्डमा बस्ती नभएको ठाउँमा सवारी रोकिने

नारायणगढ–मुग्लिन सडकखण्डको भित्तो काट्नका लागि सवारी रोक्दा बस्ती नभएको ठाउँमा रोकिने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्