नयाँ पाठ्यक्रम लागु गर्न बाटो खुल्यो
कक्षा ११ मा नयाँ वा पुरानोमध्ये कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने भन्ने अन्योल हटेको छ ।
कक्षा ११ मा नयाँ वा पुरानोमध्ये कुन पाठ्यक्रमका आधारमा पठनपाठन गराउने भन्ने अन्योल हटेको छ ।
कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा खारेज भएपछि नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ।
नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो।
पछिल्लो समयमा कुन तहका विद्यार्थीलाई सबैभन्दा बढी तनाव होला भनेर कसैले सोध्यो भने धेरैको उत्तर आउँछ– कक्षा ११ का विद्यार्थी। विद्यार्थीलाई परीक्षा र पढाइको तनाव त सधैँ हुन्छ तर यस वर्ष भने फरक किसिमको समस्या र अन्योलमा कक्षा ११ का विद्यार्थी परेका छन्। विगतमा यो समयमा कक्षा ११ को आधा पाठ्यक्रम पढाइसकिने समयमा यस वर्ष भने पाठ्यक्रमकै टुङ्गो लागेको छैन।
खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले कक्षा ११ को परीक्षा आफै सञ्चालन सुरु गरेको छ। कोरोना भाइरसका कारण अधिकांश पठन–पाठन एबं परीक्षा ठप्प भएको अवस्थामा दिप्रुङ चुईचुम्मा गाउँपालिकाले पालिकास्तरिय प्रश्नपत्र तयार पारेर आइतबारदेखि कक्षा ११ को परीक्षा सुरु गरेको हो।
कक्षा ११को लब्धांक अबदेखि विद्यालयलेनै दिने निर्णय सरकारले गरेको छ । कोभिड–१९ संक्रमण जोखिमका कारण रोकिएको ०७७ सालको कक्षा ११ को परीक्षाको संचालन तथा ब्यवस्थापनको सम्पूर्ण जिम्मेवारी अबदेखि स्कुललेनै गर्ने भएको छ ।
कोरोना महामारीका कारण स्थगित भएको माध्यामिक शिक्षा परीक्षा कक्षा १०(इसइई) मूल्याँकन गर्न विद्यालयले लिएको आन्तरिक परीक्षालाईनै आधार बनाए नतिजा प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा १० को विद्यार्थी मूल्याँकन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि ,२०७७ जारी गरेको छ।