१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
शिक्षा

कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुल्यो

फाइल तस्वीर

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दा खारेज भएपछि नयाँ पाठ्यक्रम लागू गर्ने बाटो खुलेको छ। मंगलबार न्यायधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले पाठ्यक्रम सम्बन्धी मुद्दा खारेज गर्दै नयाँ पाठ्यक्रम लागू गर्न आदेश दिएका हो।  

नयाँ पाठ्यक्रमका सम्बन्धमा सर्वोच्चमा मुद्दा परेपछि विद्यार्थी, शिक्षक र शिक्षा मन्त्रालयका अधिकारीहरु नै अन्योलमा थिए।  

गत असोज २८ मा संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय सरकारको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार गरेको दाबी गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो।

प्रकाशित: २८ पुस २०७७ ११:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App